Mon09032018

Last update01:57:25 AM

Back You are here: Home समाचार खिचरा महोत्सवमा पाँच हजार दर्शक

समाचार

खिचरा महोत्सवमा पाँच हजार दर्शक

खैरहनी, १ माघ । चौथो खिचरा महोत्सव २०७३ अवलोकनका लागि दोस्रो दिन शुक्रबार महोत्सवमा पाँच हजार दर्शकको उपस्थिति रहेको खिचरा मूल समारोह समितिका संयोजक नारायणप्रसाद महतोले बताएका छन् ।
महोत्सवमा ६ लाखभन्दा बढीको कारोबार भएको पनि संयोजक महतोले बताए । थारु कल्याणकारिणी सभा क्षेत्र नम्बर सातले महोत्सव आयोजना गरेको हो । महोत्सवमा एक सय २० वटा स्टल रहेका छन् । थारु संस्कृति संरक्षणमा जनचेतना जगाउने उद्देश्यले महोत्सव परिसरभित्र मिनी संग्रहालय तथा थारु परम्परागत घर राखिएको छ ।