चितवन, ५ असार । कालिका नगरपालिका–८, गडुवामा शनिबार निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
जिल्ला पशु सेवा कार्यालय भरतपुर र कालिका नगरपालिकाको सहयोगमा भएको कार्यक्रम पशु सेवा केन्द्र खोलेसिमल र चतुर्मुखी सामुदायिक वनले समन्वय गरेका थिए । शिविरमा कुकुरलाई रेबिजको भ्याक्सिन, पशुको खोरेत रोगको भ्याक्सिन, बाख्राको पीपीए भ्याक्सिन र परजीवि नियन्त्रणको उपचार गरिएको थियो ।
चतुर्मुखी सामुदायिक वनका अध्यक्ष सरोज गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. रामकुमार कार्की, पशु चिकित्सक अर्जुन थपलिया, पशु विकास अधिकृत शालिग्राम पौडेल, पशु सेवा केन्द्र खोलेसिमलका प्राविधिक हरिप्रसाद सुवेदी लगायतको टोलीले पशुहरुको स्वास्थ्य परीक्षण गराएका थिए ।