Sun01212018

Last update01:57:25 AM

Back You are here: Home समाचार

समाचार

बार्षिकोत्सवमा सप्ताहव्यापी कार्यक्रम गर्ने

नारायणगढ, २४ साउन । सामुदायिक विकास तथा सञ्चार अभियान नेपाल ‘बेसो च्यानल’ले आफनो १२ औं बार्षिक उत्सव सप्ताहव्यापी कार्यक्रम गरी मनाउने भएको छ ।
देवघाटका बृद्ध–बृद्धाहरुलाई फलफूल वितरण गरी च्यानलले सप्ताहव्यापी कार्यक्रमको बुधबार उद्घाटन गरेको हो । च्यानलले नारायणगढमा रहेको ‘हाम्रो घर’का बालकहरुलाई पनि फलफूल वितरण गरेको थियो ।

Read more...

जैविक विविधता जोगाउन वनजंगल संरक्षण आवश्यक

नारायणगढ, २४ साउन । जैविक विविधता जोगाउन वन–जंगलको संरक्षण गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
भूसंरक्षण दिवसको अवसर पारेर युवा समाज नेपाल चितवनले शक्तिखोरमा आयोजना अन्तरक्रिया कार्यक्रममा अधिकाँश वक्ताहरुले वनस्पति संरक्षणको लागि अहिलेदेखि नै पहल गर्नुपर्नेमा जोड दिए ।
वन–जंगल विनासको कारण बाढी–पैरोलगायतका समस्या भोग्नु परेकाले बृक्षरोपणसँगै भएको रुख–विरुवा जोगाउनु पर्नेमा उनीहरुले जोड दिए । कार्यक्रममा युवा समाज नेपालका कार्यकारी निर्देशक केशवप्रसाद रेग्मीले जिल्लाको पहाडी नौ गाविसमा वन जंगल फडानी हुने क्रम नरोकिए जिल्लाका २७ गाविसको अस्तित्व खतरामा पर्ने बताए ।

Read more...

देशैभरिको बाढीको अवस्था अव इन्टरनेटमा

नारायणगढ, २३ साउन । नेपालका प्रमुख नदीमा आएको बाढीको मापन र विभिन्न स्थानमा भएको बर्षाको सूचना लिन अव सहज हुने भएको छ ।
ईन्टरनेटको सुविधा भएको जुनसुकै स्थानमा बसेर पनि नेपालका ठूला नदीमा आएको बाढीको सूचना पाउने व्यवस्था नेपाल सरकारले गरेको छ ।

Read more...

लागुपदार्थ दुव्र्यसन नियन्त्रण समन्वय समिति

नारायणगढ, २४ साउन । लागुपदार्थ दुव्र्यसन रोक्न जिल्ला प्रहरी कार्यालय चितवनको अगुवाईमा जिल्लास्तरमा समन्वय समिति गठन गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक भुपाल भण्डारीको संयोजकत्वमा १७ सदस्यीय जिल्ला समन्वय समिति गठन भएको हो । समितिको संरक्षकमा प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडी, सल्लाहकारमा स्थानीय विकास अधिकारी बन्धुराज बास्तोला र सदस्य सचिवमा प्रहरी नायव उपरीक्षक रवि पौडेल रहेका छन् ।

Read more...

सहमति पालनाको माग गर्दै विद्यार्थीहरु आन्दोलनमा

नारायणगढ, २३ साउन । चितवनका विद्यार्थी संगठनले विगतमा भएको सहमति कार्यान्वयन नभएको भन्दै मंगलबारदेखि आन्दोलन शुरु गरेका छन् । विद्यार्थी संगठनले गरेको शैक्षिक आन्दोलनको क्रममा भएका सहमति पालना नभएको भन्दै संयुक्त विद्यार्थी संघर्ष समितिले आन्दोलनको थालेका हुन् ।

Read more...

सालघारीले आफै माछाका भुरा उत्पादन गर्ने

नारायणगढ, २३ साउन । पश्चिम चितवनको गीतानगरमा रहेको सालघारी मत्स्यपालन कृषक समूहले माछाको भुरासमेत उत्पादन गर्ने भएको छ ।
नेपाल सरकार कृषि तथा सहकारी मन्त्रालय अन्र्तगतको कृषि तथा ब्यापार आयोजनाको सहयोगमा स्वच्छ माछा उत्पादन तथा बिक्री वितरण आयोजना सञ्चालन भएपछि समूहले माछाको भुरा पनि उत्पादन गर्ने भएको हो ।

Read more...