Sun01212018

Last update01:57:25 AM

Back You are here: Home विचार नेपाली मन र मष्तिष्कले बुझ्नुपर्ने कुरा

विचार

नेपाली मन र मष्तिष्कले बुझ्नुपर्ने कुरा

जगत श्रेष्ठ

नेपालीले बुझ्नुपर्ने कुरा हो भने अब हामी नेपाली भएर बाँच्ने कि देशबिनाका प्राणी भएर खाने माटोघाटो बन्ने विदेशीको दास बन्ने अनि मर्ने ? सिक्किमेली जनता त्यहाँ जाने नेपालीले कस्तो छ ? हिजोको सिक्किम र आजको तपाईहरुको अवस्था भन्दा भन्छन् अरे, ‘खान, लाउन त भारतले चहिँदो दिन्छ नै तर हामी देशबिनाका मान्छे भएर बाँचेका छौं । हाम्रो देश कहाँ छ र ? भारतले खाइदियो, सम्झेर ल्याउँदा हामी टाउकाबिनाका मान्छेजस्तै लाग्छ । हामी मुर्कुट्टाकै गतिमा छौँ ।’ सिक्किमेलीहरु लेण्डुपको चिहान नजिक पुग्दा थुकेरमात्र बाटो काट्छन् अरे । 

नेपाल अब नेपालै रहन्छ कि भारतको हुन्छ ? भन्ने अवस्थामा पुगेको छ, यो राजनीतिक मामिला हो भन्छन् । जनतालाई राजनीतिप्रति त्यति चाख हँुदैन । राजनीति फोहोरी खेल हो भन्छन् त्यहाँका मान्छे । तर यही फोहोरी खेलको सञ्चालकहरु असल खेल खेल्ने हो भने राज्य असल बन्छ । फोहोरी खेल नै रुचाउनेको नेतृत्व भयो भने राष्ट्र फोहोरको आहालमा डुब्न सक्छ । त्यसैले राजनीतिमा नरमाउने पनि फोहोर र सफा केही जानी राख्न सके राष्ट्रको दुर्गति नहुन सक्छ । फोहोरमा डुबाउने फोहोरीबाट बचाउन सकिन्छ । यो अत्यन्त महत्वपूर्ण अथवा गहन विषय हो । हामीहरु जो जस्तो भएपनि राज्य राजनीति अन्तर्गत नै चल्छ । त्यसैले असल वा खराब जुन नाइके छ, यसैको हैकम चल्छ राज्यमा ।

एकपटक वीरेन्द्र ज्यूँदै हुँदा उनले आजको नेपालको अवस्थालाई मध्यनजर गरेर यौटा कल्पना गरे । कल्पना के गरे भने, नेपाललाई कसैले पनि हानी नोक्सानी नपु¥याओस् भनी नेपाललाई शान्ति क्षेत्रको मान्यतामा हस्ताक्षर गरी पाउन माग राखे शान्ति क्षेत्रको प्रस्ताव राखे विशुद्ध मन हुने देशहरु सबैले यो प्रस्तावमा हस्ताक्षर गरे । चीन, अमेरिका लगायत १ सय १६ राष्ट्रले नेपाल शान्ति क्षेत्र बनोस् भन्ने प्रस्तावमा हस्ताक्षर गरे । नेपाललाई गोहीले ठूलो जनावर निल्न मुखभित्र गएर पस्दा बीचैमा अड्केर त्यो शिकार निक्लेर ज्यूँदै निस्केर भागेकोजस्तो पनि देखिन्छ कहिलेकाहीँ । यस्तै निल्ने चाहना राख्ने यौटा राष्ट्र दक्षिण छिमेकी भारतले सहीछाप गरेन । किन गरेन त भारतले भन्ने कुरा राजनीतिमा थोरै पनि चाख राख्नेले बुझ्न सक्छ । जस्तो कि भारत दक्षिणको छिमेकी, भारतजस्तै उत्तरको छिमेकी चीन हो । भारत गोराको पैतालाको धुलो चाट्दै थियो तर सत्ता आफ्नो कब्जामा आउने पक्का भैसकेर मोहनशमशेर प्रधानमन्त्री पदमा नै छँदा नेपाल राष्ट्रलाई नै यौटा पासोमा पा¥यो । त्यो पासो थियो १९५० को असमान सन्धि । त्यो सन्धिजस्तै सन्धि संसारमा चलेको छैन । चीन पनि भारतजस्तै छिमेकीले नै आजसम्म त्यस्तो पापी मनसाय राखेको संकेतसम्म थाहा छैन । व्यवहार समुद्रको जस्तै निर्मल छ । 

गोराको पैतालाको धुलो चाट्नबाट मुक्त भएपछिको अपराधी साङ्गलाहरु त कति हो कति अनगिन्ती छन् । गोराले नै थमाएर गएको जंगबहादुरसंगको जंगेपिलरै लुकाउने, सार्ने, भाँच्ने अनेक जालझेल भएका छन् । एक पटकको गौरवमय सन्धिका पिलर र सिमाना छँदाछँदै अब अर्को अर्को (मिसन) वैदिक युगको आवश्यकता किन प¥यो ? प्रत्येक नेपालीले जान्नु र बुझ्नु पर्ने कुरा हो क्षुद्र संगत लोभीपापीको अपराधी मनोवृत्तिको कारणले हजारौं हजार घटना र काण्डहरुको कारण दुई पक्षबीच वैदिक समिति बनाएर मिलापत्रको सम्बन्ध कायम गर्ने भनिएको छ । तर देखाउनेजस्तो व्यवहारमा प्रतिवद्ध हुने कुरै होइन । किनभने उनीहरु धुर्त छन् । सबै कुरा उनीहरुकै कायम गर्ने हो । त्यसको मतलब हो सबै व्यवहार उस्तै हँुदै आएको छ । यसको ज्वलन्त उदाहरण शान्ति प्रस्तावै छ । १ सय १६ राष्ट्रले समर्थन गरी सक्दा यौटा भारतको सही नहुनुको जवाफ उसंग के छ ? के जवाफ दिन्छ भारतले ? नेपाल र भारत भिन्नभिन्नै राष्ट्र हो । नेपालसंग भारतको के लेनादेना छ ? उसंग शुद्ध प्रमाण दिन सक्ने ठाँउ छ र ? नेपालले भारतको यतिउति खाएको छ भन्न सक्नु प¥यो । पहिलो जुनीमा नेपाले भारत खाएको थियो भन्नु प¥यो । नेपालले भारतलाई उसको देश दिन्छु भनेको थियो त्यसैले भारत ने पनि अरुलेजस्तै सहीछाप गरेमा भारतले नेपालसंग लिन वा मनचाहे गर्न पाउने नै भएन । त्यसैले शान्ति क्षेत्र प्रस्तावमा हस्ताक्षर नगरेको भन्नुप¥यो । खोई के होला कारण शान्ति क्षेत्र प्रस्तावमा सही नगर्नुको ? जहाँसम्म पंक्तिकारको मन्तव्य छ, नेपाली नेता भनिनेहरुको भारतको दास मनोवृत्ति नै मूल कारण हो । हामी समाचारहरु सुन्छौं, हटिया मुक्तिको घोषणा भएको ११ वर्ष भयो तर ती हलिया शोषक र सामन्तकै हली हुनबाट छुटकारा पाएका छैनन् भन्नेजस्तै हो । यौटा व्यक्तिले साहुको बँधुवा भै काम गर्ने गर्दै जान्छ । त्यो मान्छे वा बँधुवाले परिवार पाल्न साहुबाट खर्च लिन्छ । साहुले टिप्पन बनाई राख्छ । हली भै काम गर्दा चुरोट, तमाखु, जाँडरक्सी खान नगद दिन्छ, बही खातामा नै चढ्छ । वर्षमा त्यो हलीको नाउँमा दुईचार सयको खाता बन्छ । त्यो खाताको क्रृण तिर्न अर्को वर्ष बस्छ । आठ सय, हजार पुग्छ । यसरी हलियाको ऋण तीन, चार पुस्ता पनि घट्नुको साटो बढ्दै जान्छ र पुस्तौं पुस्ता वा कमलरी प्रथा चल्दै आयो । १०÷१५ वर्ष मुक्तिको घाषणा भइसक्दा पनि हलिया वा कमलरी बन्धन टुटेको हुँदैन । नेपाल भारत सम्बन्धको विशेषता अथवा भारतले नेपाललाई विशेष सम्बन्धको कुरा गर्नु हलिया वा कमलरी प्रथाजस्तै हो ।

१० वर्ष अघि नेपालले भारतसंग मित्रताको गाँठो कस्न वा मालिकको आशीर्वादले नेपालको आफ्नै बस्तुबाट दुबैको भलो ठानी जलश्रोत नेपालको धन परिपञ्च गरी पाउन बिन्ती चढाएछन् । ४ वर्षपछि त्यसको जवाफमा भनिएछ, नेपालको सिंगो जलश्रोतको धनी अथवा जिम्मा आफूले (भारतले) पाउनु पर्छ । तजबिज भारतकै हुनुपर्छ । ४ वर्षपछि आएको भारतको दाबेदारी लिखित (के गर्ने, कसो गर्ने) भै उर्जामन्त्री राधा ज्ञवालीले ४ महिना रहस्यभित्रै गुम्स्याई राखिछन् । उपाय अरु ननिस्केपछि सार्वजनिक गरिछिन् । जसरी नांगै भएर नेपाल भित्र्याउने आँट गरे भारतले नेपाली जनताको आँखामा पट्टी बाँधी भारतलाई उसैको हुमाहु गरी त जवाफ दिने आँट त गरेनन् । तर कुरो यौटा हो घुमाइफिराई नेपालको पानी भारतले गुटमुट्याई सकेको छ । जस्तो अपर कर्णालीमा ४१ सय मेघावाटलाई ९ सयको मूल्यमा मोठ तयार पारी हाले । अब त्यसको कार्यान्वयन (उर्जा व्यापारको नाउँ दिएको) गर्नु पर्ने कुरो सुनाइदिएको हो । त्यति भए पुगीहाल्यो । अरुण तेस्रो पनि पोको पारिसकेको छ । त्रिशुली तेस्रोको पनि भारतैले पोको कस्ने बाहेका अरुले पाउने होइन । किनकि भारतले त कब्जा गर्ने नै त हो नि, अरुले त कार्यान्वयनै गर्नको निम्ति बोल्ने हो । बोलाएर नेपालमा विद्युतको निर्माण होस । आफूले बोलेपछि जमान पुगोस् भन्ने हुन्छ । भारतले त नेपालको पानी आफ्नो बनाउनु छ । पाँच हजार मेघावाट त पहिल्यै हात लागी भैसकेको कुरो छ । कोशी, गण्डकी र महाकाली आफ्नो पकड भैसकेको कुरो बोल्ने कसले ? यसरी के देखिन्छ भने भारतले पहिलो पानी आफ्नो बनाइसक्छ । लिपुलेक, कालापानी, सुस्ताजस्तै नेपालको अंगहरुमा होडे र खोडे पार्दै जाने क्रम जारी नै रहन्छ । मधेशी ठुलाबडाहरुको जोडजुलुमबाट तराई र पहाडसंग सम्बन्ध बिच्छेद गरेर नेपालको यौटा हिस्सालाई बंगलादेशजस्तै बल प्रयोगबाट छुट्याउन नेपालकै अशोक राई, राजेन्द्र श्रेष्ठहरु जस्ता जनजातिहरु पनि लागिपरेकै छ । नेपाल का मिडियाहरु नै च्वास्स प्रकाशनसम्म गरीटोपल्छन् । लागी पर्ने मिडिया नै छैन भने हुन्छ । नेपाली बुद्धिजीवी हुँ भन्ने सबै रमिते नै छन् । ठुला दलका नेता भिनिनेहरु राष्ट्रलाई खोक्रो राष्टवाद भन्दै मजाक गर्दछन् । भनौं त नेपालको अस्तित्व अड्ने पहरो कुन हो ? यहाँ भन्ने गरिन्छ सिके राउत खुल्ला राष्ट्रिय अखबारहरुले जनसंख्या, भूगोल, जंगल र नदीनालाजस्ता चार अंग भएपछि राज्यको मान्यता पुग्छ । त्यसैको लागि हाम्रो लडाई हो भनी महन्त ठाकुरको भनाई र सिके राउतमा के भिन्नता छ ? ‘तराईसंग मधेस जोड्नु हुन्न’को मधेसी परिभाषाभित्रको के अर्थ लुकेको छ ? यदि कोही नेपाली छन् भने नेपालीको निम्ति तराई र पहाडको विभेद किन ? सबैलाई मिलाएर संशोधन गर भन्ने विदेशीको स्वार्थ के हो ? यस्तो चलन धर्तीको अन्त पनि चल्छ होला ?

यहाँ सम्पूर्ण नेपाली भूमि अतिक्रमण गरेको बयानै कति गर्नु ? यौटा ताजा घटना छ अतिक्रमणको । परापूर्वकालदेखि नेपालीहरुले भोग्दै आएको दुई देशको सन्धि दशगजा महोत्तरीको नाका मटीहानीसँग जोडिएको मधुवापुरमा पक्की सडक र पुलसमेत निर्धक्कसंग तयार पारिसके । दशगजाको माझमा मिचेर एकलौटी पक्की पुल र पीच सडक बनाएकोमा स्थानीय प्रशासन र जनताले त्यस्तो हेपाहा काम नगर्न अनेक अनुरोध र इन्कारलाई भारतीयले टेरपुच्छर नलाएपछि केन्द्रलाई रिपोर्ट गरे । केन्द्रले बोल्नुपर्छ भन्ने त्रासको कारण नै हुनुपर्छ, कुनै सुनुवाइ र्न भएन । ५ महिना अन्नपानी बन्द गर्दा त मालिकको हजुरमा रिसानी वा कष्ट पर्ला कि झैं ठान्ने निरीह यो सरकारबाट नेपालीको सुरक्षार्थ अरु आशाको के अर्थ खोई ? नेपाली जनाता स्वयम्मा राष्ट्रको दायित्वबोध नभएर राष्ट्र अन्धकारबाट मुक्ति मिल्न गाह्रो छ । नेपाली जनता आफ्नो राष्ट्र बचाउन नजुर्मुराए राष्ट्र रहन्न, सिकिम बन्छ भन्ने कुरामा शंका गर्ने ठाँउ छैन ।