Thu01182018

Last update01:57:25 AM

Back You are here: Home सम्पादकीय

सम्पादकीय

सडक बनाउन यातायात बन्द

नेपाल सरकारले सडक सुधार परियोजना लागु गरेसँगै चितवनको नारायणगढमुग्लिन सडकखण्ड फराकिलो पार्ने काम भइरहेको छ । नेपालभारत क्षेत्रीय व्यापार तथा यातायात आयोजना अन्तर्गत उक्त सडकलाई चौडा पारेर स्तरोन्नति गर्न लागिएको हो । उक्त सडकमा अहिले पाँच मिटर कालोपत्रे छ । त्यसलाई कम्तीमा पनि सात मिटर कालोपत्रे र दायाँबायाँ एकएक मिटर सोल्डर बनाइने छ । नारायणगढमुग्लिन सडकखण्डमा मुलुककै व्यस्त सडकमध्ये एक हो । यो सडक भएर राजधानी काठमाण्डौंबाट नेपालको पूर्वी र पश्चिम तराई जाने दैनिक हजारौँ सवारी साधन गुड्ने गर्दछन् । साँघुरो र ठाउँठाउँमा खाल्डाखुल्डी परेकाले उक्त सडकमा अधिकांश समय जाम पर्ने गरेको थियो ।

Read more...

माघे संक्रान्ति मेला र देवघाट

निरन्तर गतिमा घुम्ने समयको चक्रले यसपाली पनि माघे संक्रान्ति ल्याएको छ । मकर संक्रान्तिको नामले परिचित यस दिनदेखि सूर्य मेष राशीबाट मकरमा प्रवेश गर्ने र यसै दिनदेखि मकररेखा सूर्यको नजिक पर्नेहुँदा मौसम परिवर्तन हुने मानिन्छ । चाकु, सख्खर तरुल, घिउ, सखरखण्ड र अन्य मिठाईका परिकार खाएर मनाइने यो पर्व हिन्दुहरुका लागि धार्मिक उत्सव र चाड हो । माघे संक्रान्तिको अवसरमा देशका विभिन्न तीर्थ स्थानहरुमा विशाल मेला लाग्ने गरेको छ । नेपालकै मध्य भाग चितवन, नवलपरासी र तनहुँ तीन जिल्लाको संगममा रहेको देवघाटमा पनि विशाल धार्मिक मेला लाग्दछ । यस तीर्थस्थल नेपालमा मात्रै होइन छिमेकी मुलुक भारतमा पनि प्रसिद्ध छ ।

Read more...

संविधान घोषणा अलमलमा

संविधान निर्माणसम्बन्धी प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले जेठ २५ गते गरेको १६ बुँदे सहमति अलपत्र पर्ने संकेत देखिएको छ । सोही सहमतिमा टेकेर संविधानसभाले संविधानको मस्यौदा सार्वजनिक गर्नुका साथै जनताको सुझाव संकलन कार्य समाप्त गरेको छ । संविधानसभाका विभिन्न उपसमिति चाहार्दै जनताको सुझाबसहित मस्यौदा परिमार्जन गर्न राजनैतिक सम्बाद तथा सहमति समितिमा पठाइएकोमा दलहरुको नयाँ विवादले मस्यौदा परिमार्जन हुन सकेको छैन । नेपाली काँग्रेसले सिमाङ्कन टुङ्ग्याएर संविधान जारी गर्नुपर्ने र एमाओवादीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख राख्नुपर्ने अडान राखेका छन् । १६ बुँदे सहमति बाहिरका यस्ता अडानले समितिको बैठक अवरुद्ध बनेको छ भने समयमै संविधान जारी हुने सम्भावना पनि टर्दै गएको छ ।

Read more...

खेलाडीको हौसला बढाउनै पर्छ

नेपालले बंगलादेशमा भइरहेको बंगबन्धु गोल्डकप २०१६ मा श्रीलंकामाथि १० को विजय हासिल गरेको छ । यो जितपछि नेपालको सेमिफाइनल प्रवेशको सम्भावना पनि बलियो बनेको छ । नेपाल प्रतियोगिताको समूह ए मा छ र दुई खेलपछि चार अंक भएको छ । यसअघि नेपालले मलेसियाका प्रिमियर लिग क्लब फेल्डासँग गोलरहित बराबरी खेलेको थियो । अन्तर्राष्ट्रिय फुटबलमा नेपालले लामो समययता जीत निकाल्न सकेको थिएन । नेपालले अन्तिम पटक सन् २०१३ को सेप्टेम्बरमा भारतलाई २१ ले हराएको थियो । त्यसयता नेपालले १२ खेल खेलिसकेको छ । त्यसमध्ये दस खेलमा नेपालले कुनै गोल गर्न सकेको थिएन । यसअघि साफ च्याम्पिनसप २०१६ मा नेपाल श्रीलंकाको हातबाट १० ले पराजित भएको थियो ।

Read more...

आशावादी बन्न सकिन्छ

प्रमुख राजनीतिक दलहरुले संविधानका विवादित विषयमा गरेको १६ बुँदे सहमति कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि नेपाली राजनीतिक आकाशमा पुनः आशंकाका बादलहरु मडारिन थालेको छ । दलहरुबीच संविधानका विवादित विषयमा सहमति भएको समाचारपछि उत्साहित सर्वसाधारणहरु सर्वोच्चको फैसलाले दुःखित भएका छन् । गएको जेठ २५ गते मध्यरातमा दलका शीर्ष नेताहरुले संविधान निर्माण सम्बन्धी १६ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । नामांकन र सीमांकन बाँकी राखेर आठ प्रदेश प्रस्ताव गरिएको चार दलीय सहमतिबाट असार महिनाभित्र संविधान निर्माण हुने संभावना बढेको थियो । यसअघि संविधानका विवादित विषयमा दलहरु सहमत नहुँदा संविधान निर्माणमा ढिलाई हुँदै गएको थियो ।

Read more...

चेपाङलाई खाना, छाना र नाना

चितवन जिल्ला तुलनात्मक रुपमा मुलुककै विकसित सुगम जिल्ला मध्येमा पर्दछ चितवनको नौ पाहाडी गाविसको अवस्था हेर्ने हो भने यसले औषतबाट माथि उठ्न सकेका छैन यहाँका अधिकाँश चेपाङ परिवारसँग अहिले नै खाने अन्नको गेडो छैन ज्याला मजदुरी गर्न सक्नेले बेसाएको अन्नबाट गुजारा गर्छन् त्यसो गर्न नसक्नेले जङ्गली कन्दमूलको भर पर्नु पर्दछ हुनतः यहाँका अधिकाँश चेपाङ परिवारसँग धेरथोर खोरिया जग्गा रहेको , तर त्यसको उब्जनीले वर्षभरि खान पुग्दैन अधिकांशको चेपाङको घरमा गएको मंसिरयता अन्न सकिएको ज्याला मजदुरी सँधै पाइदैन सँधै गर्न पनि सकिँदैन त्यसैले उनीहरु ज्याला पाएको दिन अन्नको खोले खान्छन्, नभए जंगलमा गिठाभ्याकुरकै भर

Read more...

सूचनाको नाममा भ्रम नछरौं

शनिबार मध्याह्न गोरखा जिल्लाको बारपाकमा केन्द्रविन्दु भई गएको ७.६ रेक्टर स्केलको भूकम्पले मुलुकमा ठूलो जनधनको क्षति गराएको छ । शनिबारको भूकम्पपछि पनि काठमाण्डौं उपत्यका वरिपरी केन्द्रविन्दु भएको पटक–पटक साना ठूला भूकम्पहरु गैरहेका छन्, जसले मानिसमा त्रास उत्पन्न गराउनुका साथै भत्केका संरचनालाई थप क्षतिग्रस्त बनाएको छ । पटकपटक साना–ठूला कम्पनहरु भैरहँदा स्थिति झनै अन्यौलपूर्ण बनेको र विभिन्न अड्कलबाजी गर्नेहरुलाई बल पुगेको छ । यस्तोमा विभिन्न संस्था र व्यक्तिको हवाला दिएका अपुष्ट समाचारहरु राख्ने, भविष्यवाणी गर्ने मानिसहरु पनि देखिएका छन् । यस्तोमा कतिपय सञ्चारमाध्यमहरु पनि प्रयोग भएको अवस्था छ । भूकम्पको कारण राजधानी काठमाण्डौं उपत्यका क्षतविक्षत भएको छ । काठमाण्डौंको सुन्धारामा रहेको भिमसेन स्तम्भ अर्थात् धरहरा ढलेको छ । यसैगरी हनुमान ढोका, बसन्तपुर, भक्तपुर र पाटन दरबार क्षेत्रमा ठूलो क्षति पुगेको छ । उपत्यकाका तीन जिल्लाहरु काठमाण्डौं, ललितपुर, भक्तपुरमा मात्रै हजारौं घरहरु भत्केका छन्, सयौं मानिसहरु मरेका र बेपत्ता भएको अवस्था छ । भत्केका संरचनाहरुको उत्खनन् हुन सकिरहेको छैन । यसबाट मृतकको संख्या अझै बढ्न सक्ने अवस्था छ । भूकम्पको प्रभावबाट उपत्यका बाहिरको सिन्धुपाल्चोक, गोरखा, धादिङ, नुवाकोट, रसुवा, काभ्रेपलान्चोक, दोलखा र रामेछाप जिल्लामा ठूलो जनधनको क्षति भएको छ । ती जिल्लाहरुको अलावा लमजुङ, कास्की, चितवन, मकवानपुर, सिन्धुली, भोजपुर, सुनसरी, मोरङमा उल्लेख्य क्षति भएको बताइन्छ । सरकारले भूकम्प प्रभावित क्षेत्रमा उद्दार टोली पठाउन, क्षति विवरण संकलन र राहत वितरण गर्नसमेत नभ्याएको अवस्था छ । घाइतेको उपचार, मृतकको सनाखत र दाहसंस्कार गर्न पनि उत्तिकै समस्या छ । त्यसको अलावा फेरि पनि भूकम्प आउनसक्ने त्रास सर्वसाधारणमा बाँकी नै छ । एक्काइसौं शताब्दी सञ्चार र प्रविधिको युग हो । यसबाट नेपाल पनि अछुतो रहेन । नेपालका गाउँगाउँमा सञ्चार सूविधा पुगेका छन् । हातहातमा मोबाईल फोन, गाउँगाउँमा सञ्चार माध्यम पुगेका छन् । त्यसले सूचना प्राप्त गर्न, संकलन र संप्रेसणका लागि सहज पनि भएको छ । पुष्टि गरेरमात्र सूचना बाहिर ल्याउने अवस्था झनै बढेको छ । ताजा समाचार दिने प्रतिष्पर्धाले गर्दा सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा समेत बग्रेल्ती अपुष्ट समाचारले स्थान पाउने अवस्था भएको छ । यस पटकको भूकम्पमा पनि आफूखुसी मृतकको संख्या उल्लेख गर्ने, क्षति विवरण प्रस्तुत गर्ने, भूकम्पको भविष्यवाणी गर्ने र विभत्स तस्बिरहरु प्रदर्शन गर्ने कार्य भए । समयमै सही सूचना दिनु सञ्चारकर्मी र माध्यमको धर्म हो तर आफूले दिएका समाचारले समाजमा कस्तो प्रभाव पार्छ ? त्यसको पनि हेक्का राख्नुपर्दछ । समयमै सही सूचना दिउँ, तर भ्रम नछरौं ।

कृषकलाई मल देऊ

नेपालकृषिप्रधानमुलुकहोनेपालकादुईतिहाईभन्दाबढीजनसंख्याकृषिपेशामानिर्भररहेकोमुलुककोकूलग्राहस्थउत्पादनकोएकचौथाईभन्दाबढीआम्दानीपनित्यहीकृषिक्षेत्रबाटहुनेगरेको, तरकृषिक्षेत्रउपेक्षितसरकारकोप्राथमिकतामापर्नसकिरहेकोछैनसरकारलेएकातिरकिसानहरुलाईआवश्यकपर्नेसिँचाई, मल, बीउ, उपकरणप्रविधिदिनसकेकोछैनभनेअर्कोतिरधनकमाउनेनाउमाजोसुकैलेपनिखेतीयोग्यजग्गालाईटुक्रापारेरजहाँतहीँआवासक्षेत्रबनाउँदाटुलुटुलुहेरेरबसेकोसरकारीबेवास्ताकोकारणकेहीबर्षअघिसम्मखाद्यबस्तुनिर्यातगर्नेराष्ट्रनेपालयतिखेरखाद्यसामग्रीआयातनगरेभोकमरीमापर्नेअवस्थामापुगेको

Read more...

हामी गौरवमय बीस वर्षमा

आज २०७२ साल बैशाख १ गते अर्थात् नयाँ वर्षको पहिलो दिन । नयाँ वर्षको अवसरमा हामी समस्त नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं । आजकै दिनदेखि यस पारदर्शी राष्ट्रिय दैनिकले पनि १९ वर्ष पूरा गरी गौरवमय २० औं वर्षमा प्रवेश गरेको छ । आजको ठीक १९ बर्षअघि २०५३ साल बैशाख १ गते पारदर्शीको प्रकाशन शुरु भएको थियो । २० औं वर्ष प्रवेशको अवसरमा हामी हाम्रा पाठक, विज्ञापनदाता, सहयोगी तथा शुभेच्छुकहरुमा बधाई तथा शुभकामना प्रकट गर्दछौं । यहाँहरुको सहयोग र शुभेच्छाले नै हामी निरन्तर १९ बर्ष पार गर्न सफल भयौं ।

Read more...