Sat09012018

Last update01:57:25 AM

Back You are here: Home सम्पादकीय

सम्पादकीय

सदा स्मरणीय रामनाथ !

स्वाईनफ्लु संक्रमणको कारण नेकपा एमालेका युवा नेता रामनाथ ढकालको अल्पायुमै निधन भएको छ । रुघाखोकी र ज्वरोको कारण बिरामी परेका उनको काठमाण्डौंको ग्राण्डी अस्पतालमा उपचार भैरहेका थियो । अनेरास्ववियुका पूर्व अध्यक्ष, व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिका पूर्व सभापति, नेकपा एमालेको पोलिटब्युरो सदस्य ढकाल नेपालका प्रभावशाली र लोकप्रीय युवा नेताहरुमध्ये गनिन्थे । उनी २०५१ सालको आम निर्वाचनमा गुल्मी क्षेत्र नं.–१ र २०६४ सालको संविधानसभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नं. ५ बाट निर्वाचित भएका थिए । २०३६ सालको विद्यार्थी आन्दोलन र जनमत संग्रह २०४६ सालको जनआन्दोलन र २०६२÷०६३ सालको लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका गरेका थिए उनले ।

Read more...

उपेक्षामा स्थानीय निकाय

स्थानीय तहमा विकास योजना बनाउने, विकासका गतिविधी गर्ने, स्थानीय बासिन्दालाई आपदविपद् पर्दा साथ दिने र राज्यको प्रतिनिधी भएर काम गर्ने संस्था भनेको स्थानीय निकायहरु हुन् । नेपालको राजनैतिक विभाजनमा सिंगो मुलुकलाई वडा, गाउँ÷नगर, इलाका, जिल्ला, अञ्चल र क्षेत्र छ तहमा वर्गीकरण गरिएको छ । तीमध्ये गाउँ, नगर र जिल्लामा प्रत्यक्ष निर्वाचनमार्फत जनप्रतिनिधी चुन्ने ब्यवस्था गरिएको छ । तिनैले गाउँ र नगरको माग तथा समस्यालाई जिल्ला एवम् राज्यस्तरसम्म पु¥याउने साँघुको काम पनि गर्दछन् । यसरी हेर्दा तिनै स्थानीय निकाय सर्वसाधारण जनताको लागि सरकार हुन् र महत्वपूर्ण छन् । तर, त्यहि स्थानीय निकायलाई सबल बनाउने कुरा राज्यको प्राथमिकतामा पर्न सकेका छैन । बरु उनीहरु राज्यको उपेक्षामा परिरहेका भान हुन्छ ।

Read more...

अपराधीलाई कार्वाही गर !

नेपाल प्रेस युनियन चितवनका अध्यक्ष नारायण अधिकारीलाई बिहीबारसाँझ भरतपुरबाट घर फर्कदैं गर्दा अज्ञात ब्यक्तिहरुले आक्रमण गरेका छन् । भरतपुर ११ मुक्तिनगरस्थित आफ्नै घरनजिक अल्फाबेट नखुलेको ८५५४ नम्बरको रातो पल्सरमा आएका दुई जना अपरिचित व्यक्तिले उनीमाथि सांघातिक आक्रमण गरेका थिए । आफ्नै मोटरसाईकलमा सवार भैरहेको बेला अधिकारीमाथि आक्रमणकारीहरुले धारिलो हतियारले अन्धाधुन्ध आक्रमण गरेका थिए । उनको शरीरका विभिन्न भागमा चोट लागे पनि दाहिने हातमा गम्भिर असर परेको छ । उनको कलेज अफ मेडिकल साईन्सेज भरतपुरमा प्राथमिक उपचारपछि भरतपुर अस्पतालमा लगेर उपचार भैरहेको छ । उक्त घटनाको नेपाल पत्रकार महासंघसहित चितवनका विभिन्न पत्रकार सम्बद्ध संगठनहरुले विज्ञप्ती निकालेर बिरोध गर्नुका साथै घटनाका दोषी पत्ता लगाएर कडा कारवाहीको माग गरेका छन् ।

Read more...

मुलुकको लागि शुभ समाचार

गतवर्षको तुलनामा यसवर्ष चितवनमा चैतेधान उत्पादनमा वृद्धि हुने जिल्ला कृषि विकास कार्यालय चितवनले आँकलन गरेको छ । बर्षे धानको तुलनामा चैते धानबाट उत्पादन बढी लिन सकिने हुनाले चितवनका कृषकहरु यसतर्फ आकर्षित छन् । रोग तथा किराहरु कम लाग्ने, धेरै उत्पादन हुने र छिटो पाक्ने हुनाले यस खेतीतर्फ किसानहरु आकर्षित भएका हुन् । त्यसैले हरेकबर्ष चितवनमा चैते धान खेती गरिने क्षेत्रफल बढ्ने गरेको अवस्था छ । गतवर्ष चितवनमा चार हजार दुई सय हेक्टर क्षेत्रफलमा चैतेधान खेती गरिएको थियो भने यसवर्ष चार हजार पाँच सय हेक्टर क्षेत्रफलमा रोपाई हुने अनुमान जिल्ला कृषि कार्यालयको छ ।

Read more...

हिउँदभरी मेला र महोत्सव

हरेक हिउँदमा जस्तै यसबर्ष पनि मुलुकका विभिन्न भूभागहरुमा विभिन्न खाले मेला र महोत्सवहरुको आयोजना गरिएका छन् । भरतपुरको केन्द्रीय बस टर्मिनलमा भरतपुर महोत्सव गरेको महिना दिन बित्न नपाउँदै छिमेकी नवलपरासी जिल्लाको गैंडाकोटमा ‘गैंडाकोट महोत्सव’ शुरु भएको छ । चितवनको पर्यटकीय नगरी सौराहामा हरेक बर्ष आयोजना हुने ‘हात्ती महोत्सव’, दुई बर्षको अन्तरालमा आयोजना गरिने ‘चितवन महोत्सव’ को नयाँ संस्करणको लागि तयारी शुरु भैसकेको छ । यससँगै चितवनको छिमेकी जिल्लाहरु तनहुँको दमौलीमा ‘तनहुँ महोत्सव’, गोरखामा ‘गोरखा महोत्सव’, मकवानपुरको हेटौंडामा ‘हेटौंडा

Read more...

स्तर सुधारे ब्यवसायीलाई नै फाइदा

होटलको गुणस्तरमा प्रश्न उब्जिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चितवनको राजमार्गका होटलहरुको स्तर बर्गीकरण गरेको विभागले चितवनको मुग्लिन नारायणगढ क्षेत्रमा दुई चरणमा अनुगमन गरी त्यहाँका होटलको स्तर वर्गीकरण गरिएको बताइएको करिब ७० भन्दा बढी होटलहरुको दुई चरणमा अनुगमन गर्दा १६ वटा होटलमात्र उत्तम भेटिएका छन् विभागले पहिलो चरणमा मुग्लिन क्षेत्रका १० वटा होटल दोश्रो चरणमा नारायणगढका वटा होटललाई उत्तम ठह¥याइएको हो उत्तम ठह¥याएका होटलमा विभागले हरियो स्टिकर लगाउँछ मध्यमस्तरका होटलमा पहेलोभित्र एउटा रातो धर्सा भएको स्टिकर टाँसिने न्यूनस्तरका होटलमा पहेँलोभित्र दुईवटा राता धर्सा भएको स्टिकर टाँसिने गरिन्छ

Read more...

चाडपर्वहरुलाई मर्यादित बनाऔं

नेपालीहरुको दोश्रो ठूलो चाड तिहार घरदैलोमा आइसक्यो । शास्त्रीय परम्परा अनुसार यमपञ्चक शुरु भएपछि तिहार शुरु भएको मानिन्छ । तिहारका पाँच दिनमध्ये पहिलो दिन काग तिहार, दोश्रो दिन कुकुर तिहार, तेश्रो दिन लक्ष्मी पूजा अर्थात् गाई तिहार, चौथो दिन गोर्वधन पूजा अर्थात गोरु तिहार र अन्तिम दिन भाइटीका लगाएपछि विधिवत् रुपमा तिहार सकिन्छ । तिहारमा द्यौसीभैली खेलेर रमाईलो पनि गरिन्छ । मधेशी समुदायले लक्ष्मीपूजाका दिन दीपावली गरेर धुमधामसँग मनाउँछन् । नेवार समुदायले तिहारका सबै दिन पूजाआजा गरेपनि उनीहरुले तिहारको चौथो दिन विशेष रुपमा ‘म्ह’ पूजा गर्छन् । त्यस दिन नेपाल सम्बत् अनुसार नयाँ बर्ष पनि हो । त्यसैले नेवार समूदायले तिहारलाई विषेश पर्वको रुपमा मनाउँछन् ।

Read more...

ट्राफिक नियम बुझाउँ !

नेपाल सरकारले ट्राफिक प्रहरीलाई उसले संकलन गरेको जरिबाना रकमबाट कमिसन दिने नियम बनाएपछि कस्ले बढी जरिबाना संकलन गर्ने प्रतिस्पर्धा चल्न थालेको छ । कमिसनको लोभमा ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणभन्दा पनि जरिबाना संकलनमै ध्यान केन्द्रीत गर्न थालेका छन् । धेरै जरिबाना संकलन गर्ने होडबाजीमा कानुनमै व्यवस्था नभएको शीर्षकमा समेत जरिबाना असुल्न थालिएको पाइएको छ । यसरी जरिवाना असुल्ने प्रतिष्पर्धाले ट्राफिक कार्यालयको राजश्व सङ्कलनमा बृद्धिसमेत भएको छ । चार बर्षअघिसम्म २० लाखभन्दा कम राजश्व उठाउने चितवन ट्राफिकले गएको आर्थिक वर्षमा एक करोडबढि जरिवाना असुली गरायो । चालु आर्थिक बर्ष राजश्व संकलन अझै बढ्ने अपेक्षा गरिएको छ ।

Read more...

माडीबासीलाई सुरक्षित पार्नुपर्छ

हुदहुद आँधीको कारण चितवनमा सोमबार र मंगलबार अविरल वर्षा भएपछि खोलामा आएको बाढीले माडीमा दुई जनाको ज्यान लिएको छ । यसरी मृत्यु हुनेमा अयोध्यापुरी–६ का मिनराज गिरी र बघौडा–८ का मनबहादुर बराइली रहेका छन् । यसअघि असारको अन्तिम साता बाँदरमुढे खोलामा आएको बाढीले इसारा विकको ज्यान लिएको थियो । अधिकाँश खहरे खोलाले घेरिएको माडीमा हरेक बर्ष बर्षायाममा आएको बाढीले मानिसहरुको ज्यान लिने गरेको छ । माडीमा रिउ खोला र यसका सहायक खहरे मगुई, बाँदरमुढे, चितई, घाँघर, बगई, पतरे, रत्यौली, चन्द्रे लगायतले वर्षामा दुःख दिने गरेको छ । तिनले दुःख दिने र ज्यान लिनेहरुमा अधिकाँश गरीवहरु पर्ने गरेका छन् ।

Read more...