Sat09012018

Last update01:57:25 AM

Back You are here: Home सम्पादकीय

सम्पादकीय

प्रहरीकै भूमिका बढि हुनुपर्दछ

दुर्घटना न्यूनकरण र आपराधिक गतिविधिमाथि निगरानी गर्ने उद्देश्यले चितवनका विभिन्न ठाउँमा जडान गरिएका अधिकांश सीसी क्यामेराले काम गर्न छाडेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न संघसंस्थासँग सहकार्यमा जिल्लाका मुख्यमुख्य बजार क्षेत्रहरुमा जडान गरेका २९ सीसी क्यामेराहरुमध्ये समयमा मर्मतसम्भार हुन नसक्दा १८ क्यामरा बिग्रिसकेका छन् । हाल पूर्वी चितवनको टाँडीबजार, भरतपुरको गोन्द्राङ, नेपाल टेलिकम, विद्युत कार्यालय, मालपोतचोक, जिल्ला प्रहरी कार्यालय अगाडि, नारायणगढको लायन्सचोक तथा मेनरोडमा एक–एक वटा र शहीदचोकमा दुई वटा गरी १० ठाउँका सीसी क्यामेरामात्र सञ्चालनमा रहेका छन् । नारायणगढको पुलचोक, लिलाचोक, बसपार्क, लायन्सचोक, भरतपुरको हाकिमचोक, चौबीसकोठी रत्ननगरको सौराहाचोकलगायत ठाउँका क्यामरा भने बिग्रिएर काम नगरेको बताइन्छ । ति क्यामेराहरुमध्ये दुई महिना अगाडि १५ वटा क्यामेरा बनाउन काठमाण्डौं पठाएकोमा हालसम्म आएका छैनन् ।

Read more...

अमर छिन् नेतृ साहाना

नेपाली बाम तथा प्रजातान्त्रिक आन्दोलनकी अग्रणी नेतृ सहाना प्रधानको निधन भएको छ । उनको भौतिक शरीरको नरहे पनि उनले नेपालको वाम, प्रजातान्त्रिक र महिला मुक्तिको आन्दोलनमा पु¥याएको अतुलनीय योगदानको सदा स्मरण भैरहने छ । निरङ्कुश जहानियाँ राणा शासन काल, जतिबेला मुलुकमा वाक तथा राजनीतिक स्वतन्त्रता थिएन, त्यस्तो बेला उनले महिला मुक्ति आन्दोलनको झण्डा उठाएर राणा शासकलाई झुक्न बाध्य बनाएकी थिइन् । नेपालको महिला आन्दोलनमा औलामा गन्न सकिने अग्रणी नेतृमध्ये उनी एक हुन् । उनले २००७, २०४६ र २०६३ सालमा भएका तीन वटै परिवर्तनकारी आन्दोलनमा अग्रपङ्तीमा रहेर भूमिका निर्वाह गरेकी छिन् । २०४६ सालमा भएको जनआन्दोलनमा त उनले संयुक्त बाममोर्चाको नेतृत्व गरेर भूमिका निर्वाह गरेकी थिइन् ।

Read more...

दण्ड र पुरस्कारको व्यवस्था जरुरी

होटल व्यवसायी संघ चितवनले संघमा आवद्ध राजमार्गका होटलहरुमा लागु हुने गरी मूल्यसूची जारी गरेको छ । आगामी असोज एक गतेदेखि लागु हुने मूल्यसूचीमा सादा खानाको एक सय २० र खसीको मासु भातको दुई सय ३० रुपैयाँ तोकिएको छ । यस्तै कुखुराको मासु वा माछा खानाको एक सय ८० रुपैयाँ मूल्य संघले तोकेको छ । होटल संघले सादा खाना सेटमा जीरा मसिनो चामलको भात, दाल, तरकारी दुईथरी अचार र सलाद हुनुपर्ने भनेको छ । राजमार्गका यात्रुलाई गाडी रोकाएर खाना खुवाउने ठाउँमा मनपरी रकम लिने गरेको र खानाको गुणस्तर पनि राम्रो नहुने गुनासो आइरहेका बेला होटल व्यवसायी संघले एकरुपताका लागि खानाको मूल्य तोकेको हो ।

Read more...

अस्पतालमा राजनीतिक क्यान्सर

चितवनबासीले गौरव मान्नुपर्दछ वि.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा रहेको छ । नेपालको मात्र नभएर एसियामै सुविधा सम्पन्न क्यान्सर अस्पताल मानिन्छ यसलाई । क्यान्सर रोगको उपचार गर्ने अस्पतालहरु संसारमै पनि धेरै छैनन् नेपालमा त यत्तिको सुविधा र भौतिक पूर्वाधारहरु भएको अस्पताल अन्यत्र छँदैछैन भन्दा हुन्छ । छिमेकी मुलुक चीन सरकारले बनाईदिएको यो अस्पतालले चितवन जिल्लाको गौरव बढाएको छ, यसले चितवनको गरिमालाई माथि उठाएको छ । तर, पछिल्ला दिनहरु अस्पतालभित्रका गतिविधीहरु गौरव र गरिमा बढाउने खालका छैनन् । अस्पतालमा हुने गरेका राजनीतिक तिक्डम र फोहोरी खेलको कारण अस्पतालले आफ्नो पगरी धान्न नसक्ने अवस्थामा पुगेको छ । अस्पतालभित्र राजनीति हाबी हँुदा प्रभावकारी रुपमा काम गर्न नसकिएको कुरा अस्पतालका जिम्मेवार पदाधिकारीहरुले पनि स्वीकारेका छन् ।

Read more...

आँखाको समस्यामा हेलचेक्र्याई नगरौं

मौसममा आएको परिवर्तनसँगै यतिखेर बालबालिकामा आँखा पाक्ने रोगले सताउन थालेको छ । भदौ र आसोजको महिना आँखा पाक्ने रोगको लागि उपयुक्त समय भएको सम्बन्धित रोगका विशेषज्ञहरु बताउँछन् । असारदेखि बिस्तारै आँखा पाक्ने रोग शुरु हरने र भदौ–अशोजमा बढ्ने उनीहरुको भनाई छ । एकैदिनमा घाम लाग्दा गर्मी हुने र पानी पर्दा चिसो हुने भएपछि भाईसरहरु फैलने मौका पाउँछन् । खासगरी विद्यालय जाने बालबालिकाहरुमा यो समस्या धेरै देखिने उनीहरुको भनाई छ । विद्यालयका बालबालिकाहरु बीच हुने सम्सर्गबाट भाइरस एकअर्कोमा सर्ने गर्दछ । अधिकाँश बालबालिकामा पहिला आँखा चिलाउने, दुख्ने, रातो हुने र पछि पाक्ने गर्दछ । समयमै उपचार नगरे आँखाको ज्योतिसमेत गुम्न सक्ने चिकित्सकहरुको भनाई छ ।

Read more...

दलहरुकै सहमतिमा संविधान

दलहरुबीचमा सहमति जुट्न नसक्दा विगतमा संविधानसभाले चार बर्ष मेहनत गरेर पनि संविधान दिन सकेन । राजनीतिक दलका नेताहरुले पटकपटक सहमति गर्दै संविधानसभाको आयु त लम्ब्याई रहे तर उनीहरुले विवादस्पद विषयमा सहमति भने जुटाउन सकेनन् । अन्तरिम संविधान २०६३ ले परिकल्पना गरेको संविधानसभाको म्याद दुई बर्षे तन्काएर त्यसलाई चार बर्ष पु¥याइयो । त्यो चार बर्षमा संविधानसभाले अधिकांश विवादित विषयमा सहमति गराएकै हो । तर, राज्यको पुनःसंरचना र शासकीय स्वरुपका बारेमा दलहरुबीच कुरा नमिल्दा संविधान जारी हुन सकेन । संविधानका मुख्य विषयमा विवादै बाँकी राखेर संविधान जारी गर्ने कुरा पनि भएन । जम्माजम्मी दुईवटा प्रश्नको हल नहुँदा संविधानसभाका सबै माननीयहरुले काम गर्न नसकेको ठहरियो ।

Read more...

पर्यटकीय विकास गर्न सवा करोड

चितवन, २६ भदौ । नेपालकै तेस्रो पर्यटकीय गन्तब्यका रुपमा चिनिने चितवनमा पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि यसवर्ष सवा करोड रकम विनियोजन भएको छ ।
जिल्ला विकास समितिले सौराहा पर्यटकीय गन्तब्य बनिसकेको भन्दै जिल्लाका अन्य क्षेत्रमा पर्यटकीय गतिविधि बढाउने कार्यक्रममा जोड दिएको छ । जिल्ला विकास समितिले छट्याउने बजेट थोरै हुने र पर्यटन मन्त्रालयबाट आउने बजेट पनि पहुँचका आधारमा तानिने भएकाले समग्र जिल्लाको पर्यटकीय विकासका लागि एकमुष्ठ लगानी हुन सकेको छैन ।

Read more...

राज्यले नै सघाउनु पर्छ

भरतपुर कारागारका अधिकाँश कैदीबन्दीहरु हस्तकलाका सामग्री उत्पादन गर्छन् । उनीहरुले उत्पादन गरेका सामानहरु उच्च गुणस्तर पनि छन् तर तिनले बजार पाएका छैन । हुनत कारागारका उत्पादनहरु विभिन्न शहरहरुमा हुने मेला तथा महोत्सवको प्रदर्शनीमा पहिलो हुने गरेका छन् तर बजारका व्यवसायीहरुसँग सम्पर्क नहुदा उनीहरुको उत्पादनलाई बिक्री वितरणमा समस्या रहेको छ । कैदीबन्दीहरुका व्यक्तिगत सम्पर्क र केहि संघसंस्थाले उनीहरुको सामान किनिदिए पनि बजारमा उनीहरुको पहुँच छैन । बजारमा पहुँच नहुँदा उनीहरुले आफ्नो क्षमता अनुसार सामग्री उत्पादन गर्न सकेका छैनन् । कहिले काँही उत्पादन गरेका सामानहरु पनि अधिकाँश कारागारकै गोदाममै थन्काएर राखिएका छन् ।

Read more...

राज्यको विभेदकारी काम

मुलुकले १० बर्ष लामो सशस्त्र द्वन्द्व ब्यहो-यो । यस क्रममा मुलुकभरि हजारौंले ज्यान गुमाए, घाईते, बेपत्ता र विस्थापितको संख्या त्योभन्दा बढि छ । तिनका नाममा सरकारले दिएको राहत र क्षतिपूर्ति पनि दिएको छ । तर त्यो सबै पहुँच हुनेलेमात्र पाउने गरेका छन् । भरतपुरमा आयोजित शान्ति निर्माण अनुभव आदानप्रदान कार्यक्रममा सहभागी भएका द्वन्द्वपीडित तथा बेपत्ताका परिवारले सरकारले वितरण गरेको राहत राजनीतिक तथा अन्य पहुँच भएकाहरुले मात्र पाएको गुनासो गरे । वास्तविक पीडितले चाँहि राहतका लागि सरकारी अड्डा धाउँदा राहतभन्दा बढी आहत पाउने गरेको उनीहरुको भनाई थियो । स्थानीय शान्ति समितिको तथ्याङ्कमा चितवन जिल्लाबाट द्वन्द्वकालमा तीन सय ३७ मारिएको र दुई सय सात जनाको परिवारले राहत पाएका छन् ।

Read more...