Mon12112017

Last update01:57:25 AM

Back You are here: Home स्थानीय समाचार

स्थानीय समाचार

स्थानीय समाचारहरु

एमालेको प्रशिक्षण कार्यक्रम

नारायणगढ, २८ चैत । नेकपा एमाले भरतपुर १२ ले शनिबार एक कार्यक्रमबीच पार्टी सिद्धान्तका बारेमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि एमाले केन्द्रीय वैकल्पिक सदस्य कृष्णप्रसाद खनालले पार्टीको नवौं महाधिवेशनले तय गरेका नीति र सिद्धान्त एवम् पार्टी विधानका बारेमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा जिल्ला अध्यक्ष जेएन थपलिया, उपाध्यक्ष तथा चितवन क्षेत्र नंं. ३ का सभासद् कृष्णभक्त पोखरेल, सचिव तेजेन्द्रबहादुर खड्काले पार्टी राजनीति, संविधानसभामा पार्टीले खेलेको भूमिका तथा पार्टीको आन्तरिक जीवनको बारेमा प्रशिक्षण दिएका थिए ।
वडा अध्यक्ष गोपाल शाहीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य विजय सुवेदी, जिल्ला सचिवालय सदस्य अरुण पीडित भण्डारी, वडाका उपाध्यक्ष इन्द्रादेवी रिमाललगायतले मन्तव्य राखेका थिए ।

Read more...

ब्रोइलर कुखुरापालकको भेला

नारायणगढ, २८ चैत । नेपाल कुखुरापालक किसान संघ चितवनको आयोजनामा ब्रोइलर कुखुरापालक किसानहरूको भेला शनिबार गैँडाकोटमा सम्पन्न भएको छ ।
कुखुरा व्यवसायी शालिकराम आचार्यको अध्यक्षता र नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष एवं नेपाल कुखुरा व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष चन्द्रमान श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल कुखुरापालक किसान संघका संयोजक प्रकाशबाबु खनाल, नेपाल कुखुरा बजार व्यवस्थापन संघका उपाध्यक्ष भिमसेन राउत, चितवन नवलपुर दाना वितरक संघका निवर्तमान अध्यक्ष बलराम राउत, नेपाल ह्याचरी उद्योग संघ चितवन शाखाका सचिव परशुराम अधिकारी, नेपाल दाना उद्योग संघ चितवन शाखाका उपाध्यक्ष प्रेम गिरी, कुखुरापालक किसानहरू तोयनाथ अर्याल, बिष्णुप्रसाद अधिकारी, उमापति कँडेलले पोल्ट्री व्यवसायको वर्तमान अवस्थाबारे मन्तव्य व्यक्त गरेका थिए ।

Read more...

स्थानीय समाचार

अटोमोवाईल्सको नेतृत्वमा कँडेल
नारायणगढ, २९ भदौ । चितवन अटो मोवाईल्स एसोसिएसनको अध्यक्षमा बालकृष्ण कँडेल सर्वसम्मत निर्वाचित भएका छन् । एसोसिएसनको शनिबार भएको १२ औं बार्षिक साधारणसभा एवं सातौ अधिवेशनले कँडेलको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।

Read more...

स्थानीय समाचार

वार्षिकोत्सवका कार्यक्रम सार्वजनिक
चितवन, १४ भदौ । भरतपुरस्थित कालिका एफएमले आफ्नो बार्षिकोत्सवका अवसरमा गर्ने कार्यक्रमबारे शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।
असोज एक गतेबाट सुरु हुने कार्यक्रम असोज २६ गतेसम्म चल्ने एफएमका अध्यक्ष तथा प्रबन्ध निर्देशक बिक्रम पाण्डेले जानकारी दिए । असोज एक गते देवघाटमा रहेका वृद्ध, वृद्धालाई सम्मान, असोज दुई गते अन्तरमहिला स्लो मोटरसाइकल रेस, तीन गते राष्ट्रिय पञ्चेबाजा तथा सारङ्गी बाजा प्रतियोगिता, चार गते राष्ट्रिय मुक्तक सम्मेलन, कालिका लघुकथा संग्रह प्रकाशन गरिने अध्यक्ष पाण्डेले जानकारी दिए ।

Read more...

स्थानीय समाचार

बाल दिवसमा निबन्ध र हाजिरीजवाफ
चैनपुर २७ भदौ । अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा शुक्रबार चैनपुर गाविस भवनमा विद्यालय स्तरीय निबन्ध तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
चैनपुर गाविसले आयोजना गरेको निबन्ध प्रतियोगितामा जनजीवन उच्च माविका विद्यार्थीको टिम पहिलो तथा हजिरीजवाफ प्रतियोगितामा मेरीगोल्ड आवासीय माविका विद्यार्थीको टिम पहिलो भएको छ । विजयी टिमलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको उक्त कार्यक्रम गाविस सचिव विष्णुप्रसाद पोखरेलको अध्यक्षतामा भएको थियो ।

श्रद्धाञ्जली सभा सम्पन्न
रत्ननगर, २७ भदौ । नेकपा एमालेका संगठित सदस्य शक्तिखोर–९ न्यूरेनी निवासी गुणनिधि अर्यालयको असामयिक निधन भएको १३ औं दिनको पुण्यतिथिमा शुक्रबार श्रद्धाञ्जली सभा सम्पन्न गरिएको छ ।
नेकपा एमाले शक्तिखोर गाँउ कमिटीको आयोजनामा भएको कार्यक्रममा नेकपा एमालेका राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य कृष्णप्रसाद खनाल, जिल्ला सचिवालय सदस्य गोपी श्रेष्ठ, गाँउ कमिटी सचिव जीतबहादुर भट्टराईलगायतले दिवंगत अर्यालको व्यक्तित्वका बारेमा चर्चा गरेका थिए । कार्यक्रम नेकपा एमाले शक्तिखोर गाँउ कमिटी अध्यक्ष लेखबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

मूल्यवृद्धिबारे आपत्ति
नारायणगढ, २७ भदौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको अनेरास्ववियु चितवनले आपत्ति जनाएको छ ।
बिहीबार एक विज्ञप्ति जारी गरी वृद्धि भएको मुल्य तत्काल खारेज गर्न माग गरिएको छ । अनेरास्ववियु जिल्ला अध्यक्ष केशव कँडेलद्वारा जारी विज्ञप्तिमा मूल्यवृद्धि फिर्ता नभए कडा आन्दोलन गर्ने चेतावनी दिइएको छ ।

स्थानीय समाचार

सम्मान, पुरस्कार र विमोचन
नारायणगढ, १९ फागुन । हाम्रो मझेरी राष्ट्रिय उत्सव २०७० अन्तर्गत स्रष्टा सम्मान, पुरस्कार वितरण एवम् कृति विमोचन कार्यक्रम नारायणगढमा सम्पन्न भएको छ ।
हाम्रो मझेरी साहित्य प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा साहित्यकार एलबी क्षेत्री, सदानन्द जैसी, अरुणबहादुर नदी, महानन्द ढकाल र किरण मरहठ्ठा सम्मानित भएका हुन् । कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ बुँद रानाले मनोहरबाबु श्रेष्ठको जीवनका रंगहरु गजल संग्रह, अनिता भण्डारी पौडेलको साश्वत जिन्दगी गजल संग्रह र धड्कनका आभा हाइकु संग्रह, पुष्प अधिकारी अञ्जलीद्वारा सम्पादित हाम्रो मझेरीको ५१ औँ अंक र इ प्रतिनिधि नेपाली गजल २०७० को विमोचन गरेका थिए ।
कार्यक्रममा साहित्यकार केशव आचार्य, केशवराज आमोदी, धनराज गिरी, विमला कार्की कुसुुम, जीवनपानी लगायतले आफ्ना रचना वाचन गरेका थिए । धनकुमारी कुमाल (प्रशिक्षार्थी)

फर्निचरमा शुक्रकुमार
नारायणगढ, १९ फागुन । फर्निचर उद्योग तथा फर्निसिङ ब्यवसायी संघ चितवनको सोमबार सम्पन्न अधिवेशनले शुक्रकुमार श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिको प्रथम उपाध्यक्षमा सुमनकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा भगवानकुमार जोशी, तृतीय उपाध्यक्षमा अरुणकुमार खनाल, सचिवमा रविन्द्र बराल, कोषाध्यक्षमा गंगाबहादुर गुरुङ र सहसचिवमा कृष्णमणि सिग्देल चयन गरेको छ । सदस्यहरुमा कृष्णप्रसाद अधिकारी, रुदल महतो, लिलाबहादुर क्षेत्री, कृष्णबहादुर अधिकारी, कृष्णप्रसाद लामिछाने र राशी लामा चयन भएका छन् ।
अधिवेशनको उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि रहेका फर्निचर उद्योग तथा फर्निसिङ ब्यवसायी महासंघका केन्द्रीय अध्यक्ष सुरेन्द्रकुमार शारदाले राज्यले ब्यवसायीहरुको दर्ता प्रक्रियालाई कडाईसाथ लागु गराउनु पर्ने बताए । दक्ष कामदारको अभावका कारण आफूहरु समस्यामा परेको उनको भनाई थियो ।
महासंघका वरिष्ठ उपाध्यक्ष भुपेन्द्र गिरीले उद्योगलाई चाहिने कच्चापदार्थ समयमा उपलब्ध नहुँदा झन् समस्या थपिएको बताए । सरकारले उचित बजारीकरणको ब्यवस्था गर्ने समेत महासंघले माग गरेको छ । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष कल्याण जोशीले फर्निचर व्यवसायीलाई लोडसेडिङको समस्या रहेकोले औद्योगिक करिडोरमा उद्योग संचालन गर्न सुझाव दिए ।
संघका अध्यक्ष शुक्रकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न अधिवेशनमा सचिव रविन्द्र बरालले संस्थाको सांगठानिक प्रतिवेदन तथा कोषाध्यक्ष अरुणकुमार खनालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

लेखा शाखामा ताला
नारायणगढ, १९ फागुन । विद्यार्थी संगठनसँग भएको सहमति विपरीत क्याम्पस प्रशसनले शुल्क लिएको भन्दै विद्यार्थी संगठनहरुले सप्तगण्डकी बहमुखी क्याम्पसको लेखा शाखामा तालाबन्दी गरेका छन् ।
नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अनेरास्ववियु क्रन्तिकारीद्वारा जारी संयुक्त विज्ञप्तिमा ५ सुत्रीय माग गर्दै लेखा शाखामा तालबन्दी गरिएको जनाईएको छ । बृद्धि गरिएको शुल्क समायोजन हुनुपर्ने, शिक्षाको गुणस्तर बृद्धि गर्न गरिएका सहमति कार्यान्वयन हुनुपर्ने, आचारसंहिता पालना गर्नका लागि अनुगमन टोली बनाईनुपर्ने लगायतका माग गर्दै तालाबन्दी गरिएको अनेरास्ववियुका इकाई अध्यक्ष प्रकास आचार्यले जानकारी दिए । क्याम्पस प्रशासनसँग १९ प्रतिशत शुल्क बृद्धि गर्ने सहमति भएपनि ४३ प्रतिशतसम्म बढी शुल्क लिएपछि आन्दोलनमा उत्रिनु परेको नेपाल विद्यार्थी संघका ईकाई अध्यक्ष कृष्ण बगालेले जानकारी दिए ।
प्रशासनले विद्यार्थी संगठनसँग गरेको सहमति कार्यान्वयन नगर्दा लामो समयदेखि शुल्क विवाद मिल्न सकेको छैन । क्याम्पसले विद्यार्थीसँग लिने शुल्कका विषयमा छ महिना अगिाडिदेखि विवाद हँुदै आएको छ । विद्यार्थी संगठनले शुल्क वृद्धिको विरोध र क्याम्पसले वृद्धिको अडानका कारण पटक पटक क्याम्पसको पठनपाठनमा असर परेको छ ।

दाना संघमा अधिकारी
सौराहा, १९ फागुन । नेपाल दाना उद्योग संघ चितवनको सौराहामा सम्पन्न १३ औं साधारणसभाले दुर्गाप्रसाद अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा प्रेम गिरी, सचिवमा बालचन्द्र खनाल, कोषाध्यक्षमा नारायणप्रसाद आचार्य चयन भएका छन् । सदस्यहरुमा सूर्यमान श्रेष्ठ, जनकमान श्रेष्ठ, विरबहादुर गुरुङ, विनोद पोखरेल, राजकुमार बस्नेत, रामकुमार श्रेष्ठ, सोमनाथ तिमल्सिना, रामचन्द्र अधिकारी, भिमकुमार श्रेष्ठ र युवराज पाठक रहेका छन् ।
कार्यक्रमको प्रमुख अतिथि नेपाल दाना उद्योग संघका केन्द्रीय अध्यक्ष डा. तिलचन्द्र भट्टराई रहेका थिए । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्ट, उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष सहनलाल प्रधान, नेपाल ह्याचरी संघका वरिष्ठ उपाध्यक्ष टिकाराम पोखरेल, रत्ननगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर विसुराल, नेपाली काँग्रेस चितवनका सचिव जितनारायण श्रेष्ठ, नेकपा एमालेका जिल्ला अध्यक्ष जेएन थपलिया लगायतले बोलेका थिए ।
कार्यक्रममा चितवनका पहिलो दाना व्यवसायी कृष्णबन्धु पिया, दाना उद्योग संघ चितवनका पूर्वअध्यक्ष भुवानीप्रसाद सापकोटालाई सम्मान गरिएको थियो । कार्यक्रम संघका निवर्तमान अध्यक्ष शंकरप्रसाद कँडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

घरेलु विषादी र बोकासी मल बनाउँदै किसान
मंगलपुर, १९ फागुन । बढ्दो रासायनिक मल तथा विषादीको दुष्प्रभाव सम्बन्धी जनचेतनापश्चात चितवनका किसान सचेत बन्दै गएका छन् । यसैक्रममा, सगरमाथा आमा समूह, राधाकृष्ण टोल मंगलपुर–७ का किसानहरु रासायनिक सामग्री त्यागेर घरेलु जैविक विषादी र बोकासी मलतर्फ आकर्षित भएका छन् ।
नेपाल जनस्वास्थ्य प्रतिष्ठानको पहलमा भएको तालिम कार्यक्रममा सगरमाथा आमा समूहका किसानहरुले व्यापक सकृयताका साथ घरेलु विषादी र बोकासी मल बनाउने तालिम लिइ आ–आफ्नो घरमा विषादी र मल प्रयोग गर्ने बताए । समूहमा प्रयोगात्मक तरिकाले जैविक विषादी तथा बोकासी मल बनाउने प्रविधि सिकाउँदै कृषिविज्ञ सुन्दर तिवारीले यो विषादी र मल १५ दिनमा तयार हुने बताए । कार्यक्रमबाट उत्साहित भएकी स्थानीय कृषक प्रभा दवाडीले विषादी बनाउने तरिका आफूले राम्रोसँग सिकेको र त्यसलाई व्यवहारमा उतार्ने बताए ।

समाजवादीको नयाँ कार्यसमिति
चितवन, १९ फागुन । संघीय समाजवादी चितवनले नयाँ जिल्ला कार्यसमिति चयन गरिएको छ ।
पार्टीका केन्द्रीय सदस्य गणेश गिरीको विशेष उपस्थितिमा भएको भेलाले राधिकाकुमारी माझीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । ३१ सदस्यीय समितिको उपाध्यक्षमा यमबहादुर थामी, सचिवमा रुपेश राना मगर, सहसचिवमा आईतलाल तामाङ, कोषाध्यक्षमा सुष्मा राई र सदस्यमा विजय गुप्ता, लक्ष्मणराज पाण्डे, सुरेन्द्रप्रसाद गहतराज, हेमन्त परियार, गोविन्द सुनार लगायत रहेका छन् ।

तीनदोभानमा तीनदिने तालिम
चितवन, १९ फागुन । युथ क्लब नारायणगढको आयोजनामा सिद्धि गाविसको तीनदोभानमा तीनदिने तालिम सम्पन्न भएको छ ।
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयमार्फत जिल्ला विकास समिति चितवनको युवा सूचना केन्द्र भरतपुरको सहयोगमा युवा जागरण, नेतृत्व तथा क्षमता विकास र परामर्श सम्बन्धी तालिम सञ्चालन गरिएको हो । क्लबका अध्यक्ष सुरेश श्रेष्ठको अध्यक्षता तथा गाविस सचिव रमा आचार्यको प्रमुख आतिथ्यमा भएको तालिममा नेपाली कांग्रेसका ज्ञानबहादुर सिंह प्रजा, निवर्तमान गाविस अध्यक्ष कृष्णबहादुर प्रजा, क्लबका उपाध्यक्ष दयाराम कँडेल, महासचिव रामचन्द्र आचार्य, सिद्धि उपस्वास्थ्यचौकीका प्रमुख ईन्द्रलाल न्यौपाने लगायतले बोलेका थिए ।

स्थानीय समाचार

 

ब्राम्हण समाज चितवनको बैठक
भरतपुर, २६ भदौ । ब्राम्हण समाज चितवनको पूर्ण बैठक बुधबार सम्पन्न भयो । समाजका जिल्ला अध्यक्ष काशिराम पौडेलको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो ।
बैठकले ब्राम्हणहरुका हकहित र अधिकारका अलावा आगामी संविधानसभामा ब्राम्हण र समग्र आर्य–खस जातिको हितको लागि आर्य–खसलाई नेपालको मूल आदिवासीमा सूचिकृत गराउनु पर्ने, नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्ने र जातीय राज्य र जातीय आरक्षणको खारेजी गर्नुपर्ने माग गरिएको थियो ।
बैठकमा १००८ स्वामी भागवताचार्य माहाराज, ब्राम्हण समाजका सहअध्यक्ष एवम्
राष्ट्रिय स्वाभिमान पार्टीका केन्द्रीय अध्यक्ष लक्ष्मीप्रसाद संग्रौला, समाजका केन्द्रीय सदस्य रमानन्द न्यौपाने, राष्ट्रिय स्वाभिमान पार्टीका केन्द्रीय सचिव ध्रुबराज मिश्र, ब्राम्हण समाजका केन्द्रीय सदस्य ध्रुबराज अर्याललगायतले मन्तव्य राखेका थिए ।

Read more...

स्थानीय समाचार

खेलाडीलाई सम्मान
जुटपानी, ४ पुस । पूर्वी चितवनको जुटपानी–६ खोलेसिमल बजारमा रहेको सिद्धि विनायक आवासीय माविले सितेरियो कराते खेलका राष्ट्रिय खेलाडी एवम् प्रशिक्षकहरुलाई बिहीबार सम्मान गरेको छ ।
विद्यालयले राष्ट्रिय प्रशिक्षणमा सहभागी हुन चितवन आएका आठौं र नवौं साफका स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, आठौं साफका स्वर्ण पदक विजेता गंगाराम महर्जन, राष्ट्रिय प्रशिक्षक छोरी महर्जन लगायत २० जना खेलाडीहरुलाई सम्मान गरेको थियो । कार्यक्रममा विद्यालयका निर्देशक लिलाबहादुर गुरुङ र प्राचार्य विष्णुमणि लामिछानेले खेलाडीहरुलाई खादा र मायाको चिनोले सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयका सहायक प्राचार्य साजन थापामगर, स्वर्ण पदक विजेता खेलाडी दिपक श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

Read more...

स्थानीय समाचार

पुराना बस हटाइँदै
नारायणगढ, २५ भदौ । चितवको माडी क्षेत्रमा सञ्चालन हँुदै आएका दस वर्षभन्दा बढी पुराना यात्रुबाहक बसलाई विस्थापित गर्दै नयाँ बस सञ्चालनमा ल्याइने भएको छ ।
नारायणी यातायात व्यवसायी उपसमिति माडी ठोरीले असोज पहिलो सातादेखि माडीमा नयाँ बस सञ्चालन गर्ने तयारी गरेको छ । पुराना भएर थन्किएका सवारी साधन ग्रामीण क्षेत्रमा चल्न रोक लगाउँदै समितिले ३२ सिट भएका १४ वटा नयाँ यूरो थ्री गाडी सञ्चलन गर्न लागेको माडी ठोरी रुट यातायात उपसमितिका अध्यक्ष हितमान गुरुङले जानकारी दिए ।

Read more...