Sun01212018

Last update01:57:25 AM

Back You are here: Home स्थानीय समाचार स्थानीय समाचार

स्थानीय समाचार

स्थानीय समाचार

पुराना बस हटाइँदै
नारायणगढ, २५ भदौ । चितवको माडी क्षेत्रमा सञ्चालन हँुदै आएका दस वर्षभन्दा बढी पुराना यात्रुबाहक बसलाई विस्थापित गर्दै नयाँ बस सञ्चालनमा ल्याइने भएको छ ।
नारायणी यातायात व्यवसायी उपसमिति माडी ठोरीले असोज पहिलो सातादेखि माडीमा नयाँ बस सञ्चालन गर्ने तयारी गरेको छ । पुराना भएर थन्किएका सवारी साधन ग्रामीण क्षेत्रमा चल्न रोक लगाउँदै समितिले ३२ सिट भएका १४ वटा नयाँ यूरो थ्री गाडी सञ्चलन गर्न लागेको माडी ठोरी रुट यातायात उपसमितिका अध्यक्ष हितमान गुरुङले जानकारी दिए ।

सामूहिक पञ्चमी
नारायणगढ, २५ भदौ । नारी अभ्युदय केन्द्र नारायणगढले मंगलबार सामूहिक रुपमा अभ्युदय केन्द्रको भवनमा पञ्चमी पूजा गरेको छ ।
पञ्चमी पूजामा केन्द्रका ६५ जना महिलाहरुको सहभागिता रहेको थियो । परम्परा अनुसार प्रत्येक बर्ष पञ्चमी पूजा लगाउँदै आएको नारी अभ्युदय केन्द्र नारायणगढकी अध्यक्ष मधु शाहले बताइन् । केन्द्रकी संस्थापक अध्यक्ष कस्तुरी श्रेष्ठले मन्दिरमा पूजा गर्न जाँदा भीड धेरै हुने र महिलाहरुले एकै ठाउँमा पूजा लगाउँदा सहज हुने भएकोले पञ्चमी पूजा प्रत्येक वर्ष केन्द्रले गर्दै आएको बताइन् ।

नेविसंघको शोकसभा
नारायणगढ, २५ भदौ । नेपाली काँग्रेसका नेताद्वय भरत खनाल  र ऋषिप्रसाद खनालकी आमा दुर्गाकुमारीको ८४ वर्षको उमेर निधन भएको मंगलबार १३ औं दिनको पुण्यतिथिमा नेविसंघ चितवनले शोकसभा कार्यक्रम सम्पन्न गरेको छ ।
उत्तम जोशीको अध्यक्षतामा भएको शोकसभामा नेपाली काँग्रेस रत्ननगरका सभापति रुपनराज घिमिरे, नेविसंघ क्षेत्र नं २ का सभापति चन्द्र श्रेष्ठ, बालकुमारी कलेजका सभापति गणेश पौडेल, क्षेत्र नं ५  सचिव कपिल अधिकारी, सहिद स्मृति कलेजका सभापति अनुप थापा, प्रेस युनियन चितवनका पूर्वसभापति दिनेशकुमार थपलियालगायतले शोक मन्तव्य राखेका थिए । यस्तै प्रजातन्त्रका सेनानी मेघनाथ अर्यालको दिवंगत भएको पाँचौ दिनको अवसरमा पनि नेविसंघले शोकसभा कार्यक्रम सम्पन्न गरेको छ ।
यसैबीच, एकसयौंं वीपी जयन्तीका अवसरमा नेविसंघ चितवन क्षेत्र नं ३ ले मंगलबार चियापान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा अरुणेश्वर खनाल, परमेश्वर खनाल, जिल्ला उपाध्यक्ष मित्रनिधि तिवारी, विनोद पाण्डे, हरिबाबु गौतम, अमृत अधिकारी, बालकुमारी कलेजका ईकाई अध्यक्ष सुमन सिग्देल, सप्तगण्डकी क्याम्पसका कृष्ण बगाले, क्षेत्र नं ५ का भिम न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।

अग्रगामी विद्यार्थी युनियन
नारायणगढ, २५ भदौ । संघीय समाजवादी पार्टीनिकट अग्रगामी विद्यार्थी युनियन नेपाल चितवनले मंगलबार पूर्का तामाङको अध्यक्षतामा २३ सदस्यीय तदर्थ  समिति गठन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा सिद्धान्त नेपाली, सचिवमा सुकबहादुर तामाङ, सहसचिवमा भिमा परियार, कोषाध्यक्षमा मिना परियार रहेका छन् ।

भरतपुरमा युवा भेला
नारायणगढ, २५ भदौ । युवा संघ नेपालको राष्ट्रिय कार्यकर्ता भेला यही भदौ ३० र ३१ गते भरतपुरमा हुन लागेको छ ।
पूर्वीचितवनमा मंगलबार बसेको नेकपा एमाले क्षेत्र नं. १ को बैठकले उक्त भेलामा हजारौँ कार्यकर्ता उतार्ने निर्णय गरेको छ । नेकपा एमाले पोलिटव्युरो सदस्य सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यमा बसेको बैठकले भरतपुरको गेष्ट हाउस चौरमा भेला हुने जनाएको छ ।

श्राद्धमा वृद्धवृद्धालाई फलफूल
नारायणगढ, २५ भदौ । भरतपुर ९ शरदपुरका किशोर सापकोटाले आफ्ना दिवंगत हजुरबुबा नन्दप्रसाद सापकोटाको वािर्षक पुण्यतिथिमा रोटरी वृद्धाश्रम देवघाटका वृद्धवृद्धालाई खाना तथा फलफुल वितरण गरेका छन् । उनले श्राद्धको तिथिमा वृद्धवृद्धालाइ फलफुल वितरण गरेका हुन् ।