Thu01182018

Last update01:57:25 AM

Back You are here: Home स्थानीय समाचार स्थानीय समाचार

स्थानीय समाचार

स्थानीय समाचार

बाल दिवसमा निबन्ध र हाजिरीजवाफ
चैनपुर २७ भदौ । अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा शुक्रबार चैनपुर गाविस भवनमा विद्यालय स्तरीय निबन्ध तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
चैनपुर गाविसले आयोजना गरेको निबन्ध प्रतियोगितामा जनजीवन उच्च माविका विद्यार्थीको टिम पहिलो तथा हजिरीजवाफ प्रतियोगितामा मेरीगोल्ड आवासीय माविका विद्यार्थीको टिम पहिलो भएको छ । विजयी टिमलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको उक्त कार्यक्रम गाविस सचिव विष्णुप्रसाद पोखरेलको अध्यक्षतामा भएको थियो ।

श्रद्धाञ्जली सभा सम्पन्न
रत्ननगर, २७ भदौ । नेकपा एमालेका संगठित सदस्य शक्तिखोर–९ न्यूरेनी निवासी गुणनिधि अर्यालयको असामयिक निधन भएको १३ औं दिनको पुण्यतिथिमा शुक्रबार श्रद्धाञ्जली सभा सम्पन्न गरिएको छ ।
नेकपा एमाले शक्तिखोर गाँउ कमिटीको आयोजनामा भएको कार्यक्रममा नेकपा एमालेका राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य कृष्णप्रसाद खनाल, जिल्ला सचिवालय सदस्य गोपी श्रेष्ठ, गाँउ कमिटी सचिव जीतबहादुर भट्टराईलगायतले दिवंगत अर्यालको व्यक्तित्वका बारेमा चर्चा गरेका थिए । कार्यक्रम नेकपा एमाले शक्तिखोर गाँउ कमिटी अध्यक्ष लेखबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

मूल्यवृद्धिबारे आपत्ति
नारायणगढ, २७ भदौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको अनेरास्ववियु चितवनले आपत्ति जनाएको छ ।
बिहीबार एक विज्ञप्ति जारी गरी वृद्धि भएको मुल्य तत्काल खारेज गर्न माग गरिएको छ । अनेरास्ववियु जिल्ला अध्यक्ष केशव कँडेलद्वारा जारी विज्ञप्तिमा मूल्यवृद्धि फिर्ता नभए कडा आन्दोलन गर्ने चेतावनी दिइएको छ ।