Sun01212018

Last update01:57:25 AM

Back You are here: Home स्थानीय समाचार स्थानीय समाचार

स्थानीय समाचार

स्थानीय समाचार

अटोमोवाईल्सको नेतृत्वमा कँडेल
नारायणगढ, २९ भदौ । चितवन अटो मोवाईल्स एसोसिएसनको अध्यक्षमा बालकृष्ण कँडेल सर्वसम्मत निर्वाचित भएका छन् । एसोसिएसनको शनिबार भएको १२ औं बार्षिक साधारणसभा एवं सातौ अधिवेशनले कँडेलको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । समितिको प्रथम उपाध्यक्षमा ज्ञानुप्रसाद न्यौपाने, द्वितीय उपाध्यक्षमा कृष्णकुमार तिवारी, सचिवमा कृष्णप्रसाद काफ््ले, सहसचिवमा राजेन्द्र भट्टराई, कोषाध्यक्षमा राजु सुवेदी सहकोषाध्यक्षमा कृष्णप्रसाद भण्डारी चयन भएका हुन् । अधिवेशनको उद्घाटन समारोह निवर्तमान अध्यक्ष महसुर पियाको अध्यक्षता एवम् नेपाल अटो मोवाईल डिलर एसोसिएसनका केन्द्रीय अध्यक्ष मनोज सेठियाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका बरिष्ठ उपाध्यक्ष कल्याण जोशी, उपाध्यक्ष राजु श्रेष्ठ, अटो मेकानिक्स ब्यवसायी संघका केन्द्रीय कोषाध्यक्ष गोपाल भट्टराई लगायतले मन्तव्य राखेका थिए ।

महिला शिक्षक भेला
नारायणगढ, २९ भदौ । नेपाल शिक्षक संगठन चितवनको आयोजनामा महिला शिक्षक भेला शनिबार भरतपुरमा सम्पन्न भएको छ ।
संगठनका केन्द्रीय कोषाध्यक्ष कमला थापाको प्रमुख आतिथ्यमा भएको भेला ज्ञानुदेवी पाण्डेको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा संगठनका जिल्ला अध्यक्ष पूर्ण पुरी, पूर्वमहासचिव रमाकान्त सापकोटा, सुर्यराज वराल, भिमकुमारी पौडेललगायतले मन्तव्य राखेका थिए ।
यसैगरी, शिक्षक संगठनले शनिबार श्रद्धाञ्जली सभा गरेको छ । नेकपा एमालेको पूर्व केन्द्रीय सदस्य नरबहादुर खाँडको सातौँ पुण्यतिथीको दिन सभा आयोजना गरेको हो । सभामा सूर्यराज बराल, सोमबहादुर दाहाल, हरिराज आचार्य, कृष्णप्रसाद सापकोटालगायतले मन्तव्य राखेका थिए ।

शिक्षक अभिभावक अन्तरक्रिया
नारायणगढ, २९ भदौ । रत्ननगर १० मा रहेको पञ्चकन्या माध्यमिक विद्यालय जिरौनामा शिक्षक र अभिभावकबीच शनिबार अन्तरक्रिया गरिएको छ ।
शिक्षक अभिभावक संघका अध्यक्ष राजनप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कक्षा ८ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीका अभिभावक र शिक्षकहरुको सहभागिता रहेको थियो । सोही विद्यालयका प्रधानाध्यापक भैरवबहादुर खड्काले कार्यक्रमको औचित्यका बारेका प्रकाश पारेका थिए ।

शारदानगरमा साहित्य संगम
नारायणगढ, २९ भदौ । चित्रवन साहित्य संगमले शनिबार शारदानगरमा प्रथम साहित्यिक सम्मेलन गरेको छ ।
पश्चिम चितवन आफ्नो कार्यथलो बनाउँदै साहित्यिक बिधामा कलम चलाउने सष्टाहरुले पश्चिम चितवनमा चित्रवन साहित्य संगमको गठन गरी सम्मेलन गरेका हुन् । साहित्यकार गोविन्दराज विनोदीले साहित्यको उर्भरभूमि चितवनमा गठित साहित्य संगमले थप उर्जा प्रदान गर्ने बताए ।