Sun01212018

Last update01:57:25 AM

Back You are here: Home स्थानीय समाचार स्थानीय समाचार

स्थानीय समाचार

स्थानीय समाचार

खेलाडीलाई सम्मान
जुटपानी, ४ पुस । पूर्वी चितवनको जुटपानी–६ खोलेसिमल बजारमा रहेको सिद्धि विनायक आवासीय माविले सितेरियो कराते खेलका राष्ट्रिय खेलाडी एवम् प्रशिक्षकहरुलाई बिहीबार सम्मान गरेको छ ।
विद्यालयले राष्ट्रिय प्रशिक्षणमा सहभागी हुन चितवन आएका आठौं र नवौं साफका स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, आठौं साफका स्वर्ण पदक विजेता गंगाराम महर्जन, राष्ट्रिय प्रशिक्षक छोरी महर्जन लगायत २० जना खेलाडीहरुलाई सम्मान गरेको थियो । कार्यक्रममा विद्यालयका निर्देशक लिलाबहादुर गुरुङ र प्राचार्य विष्णुमणि लामिछानेले खेलाडीहरुलाई खादा र मायाको चिनोले सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयका सहायक प्राचार्य साजन थापामगर, स्वर्ण पदक विजेता खेलाडी दिपक श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

मापसे कारवाहीबाट तीस हजार संकलन

नारायणगढ, ४ पुस । चितवनमा मंसिर महिनामा मापसे चेकिङबाट ३० हजार रुपैयाँ राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक रविन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।
मंसिर महिनाभर गरिएको चेकङबाट ३० जनालाई कारबाही गरिएको श्रेष्ठले बताए । कारबाहीमा पर्नेमा २५ वटा मोटरसाईकल, ३ वटा ट्रक, एउटा कार र एउटा ट्याक्टर रहेका छन् । पछिल्लो समय मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई कारवाही प्रकृयाले तिब्रता पाएसँगै मापसे गरेर चलाउने चालकको संख्या पनि घटेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पर्यटन मार्गको निर्माण प्रक्रिया सुरु
नारायणगढ, ४ पुस । चितवन, नवलपरासी र तनहुँलाई जोड्ने गरी देवघाट–रामनगर धार्मिक पर्यटन मार्गको निर्माण प्रक्रिया सुरु भएको छ ।
पवित्र तीर्थस्थल देवघाटबाट सुरु भई ठिमुरा, रामनगर हुँदै राजमार्ग निस्किने र त्यसपछि नवलपरासीको गैँडाकोटबाट मौलाकालिका हुँदै पुनः देवघाटमा जोड्ने धार्मिक पर्यटन मार्गको निर्माण प्रक्रिया सुरु गरिएको हो । भौतिक योजना तथा निर्माण मन्त्रालयले सो मार्गका लागि २० लाख रकम उपलब्ध गराएपछि निर्माणको प्रक्रिया थालिएको देवघाट सप्तगण्डकी विकास तथा वातावरणीय संरक्षण समितिका अध्यक्ष टंकनाथ पौडेलले जानकारी दिए ।
करिब ३० किलोमिटर मार्गका लागि आधामात्रै नयाँ मार्ग निर्माण गर्नुपर्ने देखिएको छ । बाँकी मार्ग चालु अवस्थामै रहेको छ । करिब दुई करोड लागत रहेको योजनामा एक करोड भौतिक योजना मन्त्रालयले र बाँकी एक करोड अर्थ मन्त्रालयले दिने आश्वासन दिएकाले निर्माण प्रक्रिया थालिएको पौडेलले बताए । पवित्र तीर्थस्थल देवघाटलाई केन्द्रबिन्दु पारेर सडक निर्माण गरिनेछ ।
देवघाट क्षेत्र विकास समितिको २० वर्षे गुरुयोजनामा रहेको उक्त मार्ग निर्माणका लागि आवश्यक तयारीपछि बोलपत्र आह्वान गरेर तत्कालै फिल्डको काम थाल्ने समेत पौडेलले बताए ।

उपचारको लागि सहयोग गर्न अपिल
नारायणगढ, ४ पुस । चितवन अयोध्यापुरी गाविस ७ बस्ने रन्जाबहादुर गुरुङले आफ्नो उपचारका लागि आर्थिक सहयोग गरिदिन सबैमा आग्रह गरेका छन् ।
एक हप्तादेखि आन्द्रामा प्वाल परी पिसाब समेत बन्द भएपपछि चितवन मेडिकल कलेजमा उपचार गराइरहनु भएका गुरुङले आफ्नो उपचारका लागि सबैसँग आर्थिक सहयोग गरिदिन आग्रह गरे ।
अप्रेसनका लागि २ लाख भन्दा बढी रकम आवश्यक पर्ने डाक्टरको भनाइपछि गुरुङले आफ्नो जिवन रक्षाका लागि सबैसँग आर्थिक सहयोगका लागि आग्राह गरेका छन् । “रकम अभावका कारण उपचार गराउन सकेको छैन” उनकी पत्नीले भनिन्, “आर्थिक सहयोगका लागि सबै व्यक्ति, संघसंस्थासँग आग्रह गर्दछु ।” सहयोगका लागि फोन नम्बर ९८४५५१८८५५ मा सम्पर्क गर्न सकिनेछ ।