Thu01182018

Last update01:57:25 AM

Back You are here: Home स्थानीय समाचार स्थानीय समाचार

स्थानीय समाचार

स्थानीय समाचार

सम्मान, पुरस्कार र विमोचन
नारायणगढ, १९ फागुन । हाम्रो मझेरी राष्ट्रिय उत्सव २०७० अन्तर्गत स्रष्टा सम्मान, पुरस्कार वितरण एवम् कृति विमोचन कार्यक्रम नारायणगढमा सम्पन्न भएको छ ।
हाम्रो मझेरी साहित्य प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा साहित्यकार एलबी क्षेत्री, सदानन्द जैसी, अरुणबहादुर नदी, महानन्द ढकाल र किरण मरहठ्ठा सम्मानित भएका हुन् । कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ बुँद रानाले मनोहरबाबु श्रेष्ठको जीवनका रंगहरु गजल संग्रह, अनिता भण्डारी पौडेलको साश्वत जिन्दगी गजल संग्रह र धड्कनका आभा हाइकु संग्रह, पुष्प अधिकारी अञ्जलीद्वारा सम्पादित हाम्रो मझेरीको ५१ औँ अंक र इ प्रतिनिधि नेपाली गजल २०७० को विमोचन गरेका थिए ।
कार्यक्रममा साहित्यकार केशव आचार्य, केशवराज आमोदी, धनराज गिरी, विमला कार्की कुसुुम, जीवनपानी लगायतले आफ्ना रचना वाचन गरेका थिए । धनकुमारी कुमाल (प्रशिक्षार्थी)

फर्निचरमा शुक्रकुमार
नारायणगढ, १९ फागुन । फर्निचर उद्योग तथा फर्निसिङ ब्यवसायी संघ चितवनको सोमबार सम्पन्न अधिवेशनले शुक्रकुमार श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिको प्रथम उपाध्यक्षमा सुमनकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा भगवानकुमार जोशी, तृतीय उपाध्यक्षमा अरुणकुमार खनाल, सचिवमा रविन्द्र बराल, कोषाध्यक्षमा गंगाबहादुर गुरुङ र सहसचिवमा कृष्णमणि सिग्देल चयन गरेको छ । सदस्यहरुमा कृष्णप्रसाद अधिकारी, रुदल महतो, लिलाबहादुर क्षेत्री, कृष्णबहादुर अधिकारी, कृष्णप्रसाद लामिछाने र राशी लामा चयन भएका छन् ।
अधिवेशनको उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि रहेका फर्निचर उद्योग तथा फर्निसिङ ब्यवसायी महासंघका केन्द्रीय अध्यक्ष सुरेन्द्रकुमार शारदाले राज्यले ब्यवसायीहरुको दर्ता प्रक्रियालाई कडाईसाथ लागु गराउनु पर्ने बताए । दक्ष कामदारको अभावका कारण आफूहरु समस्यामा परेको उनको भनाई थियो ।
महासंघका वरिष्ठ उपाध्यक्ष भुपेन्द्र गिरीले उद्योगलाई चाहिने कच्चापदार्थ समयमा उपलब्ध नहुँदा झन् समस्या थपिएको बताए । सरकारले उचित बजारीकरणको ब्यवस्था गर्ने समेत महासंघले माग गरेको छ । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष कल्याण जोशीले फर्निचर व्यवसायीलाई लोडसेडिङको समस्या रहेकोले औद्योगिक करिडोरमा उद्योग संचालन गर्न सुझाव दिए ।
संघका अध्यक्ष शुक्रकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न अधिवेशनमा सचिव रविन्द्र बरालले संस्थाको सांगठानिक प्रतिवेदन तथा कोषाध्यक्ष अरुणकुमार खनालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

लेखा शाखामा ताला
नारायणगढ, १९ फागुन । विद्यार्थी संगठनसँग भएको सहमति विपरीत क्याम्पस प्रशसनले शुल्क लिएको भन्दै विद्यार्थी संगठनहरुले सप्तगण्डकी बहमुखी क्याम्पसको लेखा शाखामा तालाबन्दी गरेका छन् ।
नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अनेरास्ववियु क्रन्तिकारीद्वारा जारी संयुक्त विज्ञप्तिमा ५ सुत्रीय माग गर्दै लेखा शाखामा तालबन्दी गरिएको जनाईएको छ । बृद्धि गरिएको शुल्क समायोजन हुनुपर्ने, शिक्षाको गुणस्तर बृद्धि गर्न गरिएका सहमति कार्यान्वयन हुनुपर्ने, आचारसंहिता पालना गर्नका लागि अनुगमन टोली बनाईनुपर्ने लगायतका माग गर्दै तालाबन्दी गरिएको अनेरास्ववियुका इकाई अध्यक्ष प्रकास आचार्यले जानकारी दिए । क्याम्पस प्रशासनसँग १९ प्रतिशत शुल्क बृद्धि गर्ने सहमति भएपनि ४३ प्रतिशतसम्म बढी शुल्क लिएपछि आन्दोलनमा उत्रिनु परेको नेपाल विद्यार्थी संघका ईकाई अध्यक्ष कृष्ण बगालेले जानकारी दिए ।
प्रशासनले विद्यार्थी संगठनसँग गरेको सहमति कार्यान्वयन नगर्दा लामो समयदेखि शुल्क विवाद मिल्न सकेको छैन । क्याम्पसले विद्यार्थीसँग लिने शुल्कका विषयमा छ महिना अगिाडिदेखि विवाद हँुदै आएको छ । विद्यार्थी संगठनले शुल्क वृद्धिको विरोध र क्याम्पसले वृद्धिको अडानका कारण पटक पटक क्याम्पसको पठनपाठनमा असर परेको छ ।

दाना संघमा अधिकारी
सौराहा, १९ फागुन । नेपाल दाना उद्योग संघ चितवनको सौराहामा सम्पन्न १३ औं साधारणसभाले दुर्गाप्रसाद अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा प्रेम गिरी, सचिवमा बालचन्द्र खनाल, कोषाध्यक्षमा नारायणप्रसाद आचार्य चयन भएका छन् । सदस्यहरुमा सूर्यमान श्रेष्ठ, जनकमान श्रेष्ठ, विरबहादुर गुरुङ, विनोद पोखरेल, राजकुमार बस्नेत, रामकुमार श्रेष्ठ, सोमनाथ तिमल्सिना, रामचन्द्र अधिकारी, भिमकुमार श्रेष्ठ र युवराज पाठक रहेका छन् ।
कार्यक्रमको प्रमुख अतिथि नेपाल दाना उद्योग संघका केन्द्रीय अध्यक्ष डा. तिलचन्द्र भट्टराई रहेका थिए । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्ट, उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष सहनलाल प्रधान, नेपाल ह्याचरी संघका वरिष्ठ उपाध्यक्ष टिकाराम पोखरेल, रत्ननगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर विसुराल, नेपाली काँग्रेस चितवनका सचिव जितनारायण श्रेष्ठ, नेकपा एमालेका जिल्ला अध्यक्ष जेएन थपलिया लगायतले बोलेका थिए ।
कार्यक्रममा चितवनका पहिलो दाना व्यवसायी कृष्णबन्धु पिया, दाना उद्योग संघ चितवनका पूर्वअध्यक्ष भुवानीप्रसाद सापकोटालाई सम्मान गरिएको थियो । कार्यक्रम संघका निवर्तमान अध्यक्ष शंकरप्रसाद कँडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

घरेलु विषादी र बोकासी मल बनाउँदै किसान
मंगलपुर, १९ फागुन । बढ्दो रासायनिक मल तथा विषादीको दुष्प्रभाव सम्बन्धी जनचेतनापश्चात चितवनका किसान सचेत बन्दै गएका छन् । यसैक्रममा, सगरमाथा आमा समूह, राधाकृष्ण टोल मंगलपुर–७ का किसानहरु रासायनिक सामग्री त्यागेर घरेलु जैविक विषादी र बोकासी मलतर्फ आकर्षित भएका छन् ।
नेपाल जनस्वास्थ्य प्रतिष्ठानको पहलमा भएको तालिम कार्यक्रममा सगरमाथा आमा समूहका किसानहरुले व्यापक सकृयताका साथ घरेलु विषादी र बोकासी मल बनाउने तालिम लिइ आ–आफ्नो घरमा विषादी र मल प्रयोग गर्ने बताए । समूहमा प्रयोगात्मक तरिकाले जैविक विषादी तथा बोकासी मल बनाउने प्रविधि सिकाउँदै कृषिविज्ञ सुन्दर तिवारीले यो विषादी र मल १५ दिनमा तयार हुने बताए । कार्यक्रमबाट उत्साहित भएकी स्थानीय कृषक प्रभा दवाडीले विषादी बनाउने तरिका आफूले राम्रोसँग सिकेको र त्यसलाई व्यवहारमा उतार्ने बताए ।

समाजवादीको नयाँ कार्यसमिति
चितवन, १९ फागुन । संघीय समाजवादी चितवनले नयाँ जिल्ला कार्यसमिति चयन गरिएको छ ।
पार्टीका केन्द्रीय सदस्य गणेश गिरीको विशेष उपस्थितिमा भएको भेलाले राधिकाकुमारी माझीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । ३१ सदस्यीय समितिको उपाध्यक्षमा यमबहादुर थामी, सचिवमा रुपेश राना मगर, सहसचिवमा आईतलाल तामाङ, कोषाध्यक्षमा सुष्मा राई र सदस्यमा विजय गुप्ता, लक्ष्मणराज पाण्डे, सुरेन्द्रप्रसाद गहतराज, हेमन्त परियार, गोविन्द सुनार लगायत रहेका छन् ।

तीनदोभानमा तीनदिने तालिम
चितवन, १९ फागुन । युथ क्लब नारायणगढको आयोजनामा सिद्धि गाविसको तीनदोभानमा तीनदिने तालिम सम्पन्न भएको छ ।
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयमार्फत जिल्ला विकास समिति चितवनको युवा सूचना केन्द्र भरतपुरको सहयोगमा युवा जागरण, नेतृत्व तथा क्षमता विकास र परामर्श सम्बन्धी तालिम सञ्चालन गरिएको हो । क्लबका अध्यक्ष सुरेश श्रेष्ठको अध्यक्षता तथा गाविस सचिव रमा आचार्यको प्रमुख आतिथ्यमा भएको तालिममा नेपाली कांग्रेसका ज्ञानबहादुर सिंह प्रजा, निवर्तमान गाविस अध्यक्ष कृष्णबहादुर प्रजा, क्लबका उपाध्यक्ष दयाराम कँडेल, महासचिव रामचन्द्र आचार्य, सिद्धि उपस्वास्थ्यचौकीका प्रमुख ईन्द्रलाल न्यौपाने लगायतले बोलेका थिए ।