Sun01212018

Last update01:57:25 AM

Back You are here: Home स्थानीय समाचार स्थानीय समाचार

स्थानीय समाचार

स्थानीय समाचार

वार्षिकोत्सवका कार्यक्रम सार्वजनिक
चितवन, १४ भदौ । भरतपुरस्थित कालिका एफएमले आफ्नो बार्षिकोत्सवका अवसरमा गर्ने कार्यक्रमबारे शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।
असोज एक गतेबाट सुरु हुने कार्यक्रम असोज २६ गतेसम्म चल्ने एफएमका अध्यक्ष तथा प्रबन्ध निर्देशक बिक्रम पाण्डेले जानकारी दिए । असोज एक गते देवघाटमा रहेका वृद्ध, वृद्धालाई सम्मान, असोज दुई गते अन्तरमहिला स्लो मोटरसाइकल रेस, तीन गते राष्ट्रिय पञ्चेबाजा तथा सारङ्गी बाजा प्रतियोगिता, चार गते राष्ट्रिय मुक्तक सम्मेलन, कालिका लघुकथा संग्रह प्रकाशन गरिने अध्यक्ष पाण्डेले जानकारी दिए ।
असोज पाँच गते सेवाबाट निवृत व्यक्तिहरुबीच अन्तरक्रिया तथा प्रतिभा प्रस्फुटन कार्यक्रम, असोज छ गते अन्तरकलेज हाजिरीजवाफ प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा, असोज सात गते अन्तर आमा समूह हाजिरीजवाफ प्रतियोगिता, आठ गते स्रोता क्लबहरुबीच हाजिरीजवाफ प्रतियोगिता हुने उनले जानकारी दिए । असोज ९ देखि २२ गतेसम्म रेडियो कार्यक्रम दशैको बहार, कालिकाको उपहार सञ्चालन हुने, असोज १० र ११ गते एफएमका कर्मचारीबीच डण्डीबियो र कपर्दी खेलकुद प्रतियोगिता गर्ने एफएमले जनाएको छ ।
एफएमले असोज २५ गते राष्ट्रिय कलाकारहरुको सहभागितामा बृहत राष्ट्रिय लोकदोहोरी तथा विविध साँस्कृतिक महोत्सव गर्ने तथा दुर्घटनामा ज्यान गुमाएकी लोक तथा दोहारी गायिका मञ्जु महतलाई मरणोपरान्त सम्मान गरिने अध्यक्ष पाण्डेले जानकारी दिए ।
असोज २६ गते १० औँ कालिका एफएम म्युजिक अवार्ड वितरण तथा वार्षिकोत्सव समापन समारोह गरिने पाण्डेले जानकारी दिए । सोही अवसरमा परीक्षण प्रसारणमा रहेको टिभी कालिकाको उद्घाटन कार्यक्रम गरिने उनले जानकारी दिए । यसबर्षको कालिका एफएम लाईफटाइम एचिभमेन्ट अवार्ड वरिष्ठ गीतकार तथा चलचित्र निर्देशक यादव खरेललाई प्रदान गरिने पाण्डेले जानकारी दिए ।

असोजमा ढकाल साँझ हुने
चितवन, १४ भदौ । चितवनमा पहिलोपटक गायक राकृष्ण ढकालको एकल गायन कार्यक्रम हुने भएको छ ।
सेढाई होल्डीङ्सको आयोजना तथा दाताज् ईभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा असोज २४ गते भरतपुरमा “ढकाल सुमधुर साँझ” हुन लागेको हो । महान पर्व दशैं र तिहारको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रम भरतपुरमा रहेको भरतपुर गार्डन रिसोर्टमा हुने सेढाई होल्डीङ्सका प्रबन्ध निर्देशक एवं कार्यक्रम संयोजक निर्देश सेढाईले जानकारी दिए । कार्यक्रमका लागि एक हजार पाँच सय र दुई हजार पाँच सय रुपैयाँको दुई सय वटा टिकट बिक्री गरिने दाताज् ईभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक दाताराम घिमिरेले जानकारी दिए ।
सहभागीलाई स्न्याक्स र डिनर निःशुल्क उपलब्ध गराईने उनले जानकारी दिए । कार्यक्रम गर्न तीन लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । दाताज् ईभेन्ट म्यानेजमेन्टले स्थापनादेखि अहिलेसम्म एक दर्जन कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।

मञ्चको प्रतिवेदन सार्वजनिक
नारायणगढ, १४ भदौं । नेपाल घर बहाल उपभोक्ता मञ्च चितवनले एक वर्षमा गरेको कामको प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ ।
सार्वजनिक गरिएका प्रगति प्रतिवेदन अनुसार, मञ्चमा एक वर्षभरी घरधनीको विरोधमा एक सय ९ वटा र बहालमा बस्नेको विरोधमा ६ वटा निवेदन परेका थिए । मञ्चका अध्यक्ष श्रीराम गिरीले चितवनमा अहिले घर बहालमा बस्नेहरुले घरबहाल कर तिर्दै आएको र यसलाई घरधनीले तिर्नुपर्ने बताए ।
मञ्चमा निवेदन दर्ता गरिएपनि मञ्चको दवाबमा मौखिक सहमतिबाटै घरधनी र घर बहालमा बस्नेको विवाद मिलाइँदै आएको तथ्याङ्कले देखाउँछ । मञ्चले घरबेटी र घरबहालमा बस्नेबीचको सम्बन्ध सुधारका लागि अन्तरक्रियात्मक कार्यक्रम प्रभावकारी ढंगले गर्न नसकेको पुल्चोकस्थित एक होटल सञ्चालकको गुनासो छ । मञ्चले विवाद मिलाउन आलटाल गर्ने भएकाले पीडित पक्षले मञ्चमा निवेदन कम दर्ता गर्ने गरेको पाइएको छ ।

छोरीबुहारीको प्रसारण
नारायणगढ, १३ भदौ । चितवनका कलाकर्मीहरुको समूहले तयार पारेको नेपाली कथानक टेलिचलचित्र छोरीबुहारीको स्थानीय बेसो टेलिभिजनबाट प्रसारण गरिएको छ ।
एस.एन. इन्टरटेन्टमेन्टको प्रस्तुति छोरीबुहारीमा कथा विपुला दवाडी र संवाद तथा निर्देशन पप्पु रौनियारको रहेको छ । राजेन्द्र कार्कीको छायाँकन र सम्पादन रहेको छोरीबुहारीमा कलाकारहरु लक्ष्मण नेपाल, नविना छन्त्याल, सुजन चापागाइँ, अस्मिता थापा, प्रेम श्रेष्ठ, जमुना रेग्मी, वर्षा अधिकारी लगायतको अभिनय रहेको छ ।
तीजको दिनदेखि पञ्चमीसम्म प्रसारण गरिएको यस टेलिचलचित्रमा बुहारीलाई सासुले छोरीसमान र सासुलाई बुहारीले आमासमान हेर्नुपर्ने विषयबस्तु समेटिएको निर्माता शिवनरेश गुप्ताले जानकारी दिए ।

केरा किसान चिन्तित
नारायणगढ, १३ भदौ । रोग लागेर केरा मर्न थालेपछि चितवनका किसान चिन्तित बनेका छन् ।
व्यवसायिक रुपमा केराखेती गर्दै आएका किसान धमाधम केरा मर्न थालेपछि चिन्तित बन्दै गएका छन् । अधिकांश पुराना केरा बगैंचामा रोगको संक्रमण बढी देखिएको छ । रत्ननगर, पदमपुर, जुटपानी क्षेत्रका केरा किसान मारमा परेका हुन् । करीब तीन सय बिघामा लगाइएको केराखेतीमा रोगले असर पु¥याएको छ ।
चितवन केरा व्यवसायी समितिले कृषि अनुसन्धान केन्द्र, इलाम हेल्भेटस लगायतका सस्थावाट आएको प्राविधिक टोलीले केरामा लागेको रोगको अवलोकन गरेका जानकारी दिएको छ ।
सुरुमा गानाबाट आउने,पात भाँचिने, बोट पहेंलिने र अन्त्यमा मर्ने, कुभो कुहिने जस्ता समस्यामा केरा बोटमा देखा पर्नथालेको छ ।चितवन केरा व्यवसायी समितिका अध्यक्ष यज्ञप्रसाद सुवेदीले रोगको पहिचानका लागि पहल भइरहेको जानकारी दिए ।