Sun01212018

Last update01:57:25 AM

Back You are here: Home स्थानीय समाचार ब्रोइलर कुखुरापालकको भेला

स्थानीय समाचार

ब्रोइलर कुखुरापालकको भेला

नारायणगढ, २८ चैत । नेपाल कुखुरापालक किसान संघ चितवनको आयोजनामा ब्रोइलर कुखुरापालक किसानहरूको भेला शनिबार गैँडाकोटमा सम्पन्न भएको छ ।
कुखुरा व्यवसायी शालिकराम आचार्यको अध्यक्षता र नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष एवं नेपाल कुखुरा व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष चन्द्रमान श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल कुखुरापालक किसान संघका संयोजक प्रकाशबाबु खनाल, नेपाल कुखुरा बजार व्यवस्थापन संघका उपाध्यक्ष भिमसेन राउत, चितवन नवलपुर दाना वितरक संघका निवर्तमान अध्यक्ष बलराम राउत, नेपाल ह्याचरी उद्योग संघ चितवन शाखाका सचिव परशुराम अधिकारी, नेपाल दाना उद्योग संघ चितवन शाखाका उपाध्यक्ष प्रेम गिरी, कुखुरापालक किसानहरू तोयनाथ अर्याल, बिष्णुप्रसाद अधिकारी, उमापति कँडेलले पोल्ट्री व्यवसायको वर्तमान अवस्थाबारे मन्तव्य व्यक्त गरेका थिए ।
एक सय जना ब्रोइलर कुखुरापालक किसान सहभागी उक्त भेलाले तीन जना पछि थप गर्ने गरी १३ जनाको कार्यसमितिको चयन गरेको छ । समितिको संयोजकमा शालिकराम आचार्य र सदस्यमा तेजबहादुर गुरूङ, राजु कुँवर, नन्दबहादुर रानाभाट, कृष्ण नेपाल, सोमनाथ बस्ताकोटी, बिष्णुप्रसाद अधिकारी, धनकुमारी पौडेल, लेखनाथ शर्मा पौडेल र रामपुकार पाठक रहेका छन् ।