Sun01212018

Last update01:57:25 AM

Back You are here: Home स्थानीय समाचार स्थानीय समाचारहरु

स्थानीय समाचार

स्थानीय समाचारहरु

एमालेको प्रशिक्षण कार्यक्रम

नारायणगढ, २८ चैत । नेकपा एमाले भरतपुर १२ ले शनिबार एक कार्यक्रमबीच पार्टी सिद्धान्तका बारेमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि एमाले केन्द्रीय वैकल्पिक सदस्य कृष्णप्रसाद खनालले पार्टीको नवौं महाधिवेशनले तय गरेका नीति र सिद्धान्त एवम् पार्टी विधानका बारेमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा जिल्ला अध्यक्ष जेएन थपलिया, उपाध्यक्ष तथा चितवन क्षेत्र नंं. ३ का सभासद् कृष्णभक्त पोखरेल, सचिव तेजेन्द्रबहादुर खड्काले पार्टी राजनीति, संविधानसभामा पार्टीले खेलेको भूमिका तथा पार्टीको आन्तरिक जीवनको बारेमा प्रशिक्षण दिएका थिए ।
वडा अध्यक्ष गोपाल शाहीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य विजय सुवेदी, जिल्ला सचिवालय सदस्य अरुण पीडित भण्डारी, वडाका उपाध्यक्ष इन्द्रादेवी रिमाललगायतले मन्तव्य राखेका थिए ।


चित्रवनमा बालबचतकर्ताको भेला
नारायणगढ, २८ चैत । चित्रवन बचत तथा ऋण सहकारी संस्थाको वार्षिक कार्यक्रम अनुरुप बालबचतकर्ताहरुको भेला, ¥याली तथा पुरस्कार वितरण कार्यक्रम संस्थाको शिक्षा उप–समिति सदस्यसीता रग्मीको अध्यक्षता तथा संस्थापक अध्यक्ष तथा सल्लाहकार सदस्य सोमराज खनियाँको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भएको छ ।
कार्यक्रममा अध्यक्ष राजेन्द्रमणी काफ्लेले संस्थाको परिचय प्रस्तुत गरेकोे कार्यक्रममा संस्थाका सञ्चालक सदस्य शारदा पौडेलले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । कार्यक्रम समग्रमा बालबचतकर्ताहरुलाई बचत गर्न प्रोत्साहन तथा संस्थाप्रति अपनत्वको विकास गर्ने उद्देश्यले राखिएको थियो । कार्यक्रममा बालबचतकर्ताहरुलाई विभिन्न खेलकुद कार्यक्रम गराई पुरस्कार वितरण गरिएको थियो ।


आगलागीबाट तीन घर जलेर नष्ट
नवलपरासी, २८ चैत । नवलपरासीको बैदौली–८, बसैयामा शनिबार आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् ।
इलाका प्रहरी कार्यालय बेलाटारीका अनुसार, आगलागीबाट स्थानीय बासिन्दा जैसी कुर्मी, गुडु पासी र राजु पासीको घर जलेर नष्ट भएको छ । कुर्मीको घरबाट शुरु भएको आगलागीमा प्रेम पासीको गोरु समेत जलेको छ । लत्ताकपडा र खाद्यान्नसहित दुई लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । स्थानीयबासिन्दा, सशस्त्र प्रहरी र जनपथ प्रहरीको प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो ।

तामाङ घेदुङको राष्ट्रिय महाधिवेशन चितवनमा
नारायणगढ, २८ चैत । नेपाल तमाङ घेदुङ महासंघको आठौँ राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ ।
संघले शनिबार भरतपुरमा पत्रकार सम्मलेन गरी महाधिवेशन आगामी बैशाख १२ देखि १५ गतेसम्म चितवनमा हुने जानकारी दिएको छ । महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको महासंघका केन्द्रीय महासचिव कुमार वनले जानकारी दिए । महाधिवेशनमा ५२ जिल्लाका र भातृसंगठनका गरी पाँच सय ४६ जना प्रतिनीधिको सहभागिता रहने बताइएको छ ।
महाधिवेशन ताम्सालिङसहितको संघीय संविधान निर्माणका लागि दबाब दिन सार्थक हुने विश्वास लिइएको छ । महाधिवेशनले आगामी तीन बर्षे कार्यकालका लागि ९१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।