Thu01182018

Last update01:57:25 AM

Back You are here: Home स्थानीय समाचार

स्थानीय समाचार

स्थानीय समाचार

खोपको कारण बालिकाको मृत्यु भएको आरोप

नारायणगढ १७ माघ । डीपीडी खोप लगाउदा वालिकाको मृत्यु भएको भन्दै मृतकका आफन्तले दोषीलाई कार्वाही गर्ने माग गरेका छन् ।
गोरखाको सौरपानी घर भइ भरतपुरको क्षेत्रपुरमा वस्दै आएका सुमित्रा पनेरुको तीन महिनाको छोरी प्रसंसाको खोप लगाएपछि मृत्यु भएपछि दोषीलाई कार्वाही गर्न माग गरेका हुन् । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनको खोप केन्द्रमा मंगलबार दिउसो डीपीडी खोप लगाएकी वालिकाको राति १ बजे मृत्यु भएको थियो । डीपीडी लगाएर घर गएपछि विस्तारै विरामी हुदै सिकिस्त भएपछि अस्पताल ल्याउदै गर्दा बाटोमानै मृत्यु भएको वालिकाका आफन्त पुष्प वगालेले बताए ।
खोप लगाएको केहि घण्टादेखि वालिका विरामी परेकाले खोपमा खरावी भएको मृतकका वुवा प्रदीप पनेरुले बताए । मेरी छोरी सामान्य अवस्थामा थिइ खोपकै कारण मृत्यु भएको हो उनले भने । खोप लगाउने कर्मचारीलाइ कार्वाही गर्नु पर्छ उसैले कमजोरी गरेको हो । मेरी छोरीको मृत्यु भयो यहा आउने अरुको सन्तान मर्न नपाउन लापरवाही गर्नेलाई दण्डित गरिनु पर्छ पनेरुले भने । कर्मचारीको लापरवाहीका कारण वालिकाको मृत्यु भएको आफन्तको भनाइ रहेको छ । उपचारको लागि भरतपुर अस्पतलामा वालिकालाई ल्याइएको थियो ।
खोप लगाएको १२ घण्टासम्म सामान्य रहेको वालिका खोपकै कारण मृत्यु हुन नसक्ने जिल्ला जन स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । वालिकाको मृत्यु भइसकेकाले के कारणले घटना भएको हो हामील वुझिराखेका छौ जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख केहरसिंह गोदराले भने ।
‘अनुसन्धान भइराखेकाले चिकित्सकको रिपोर्ट आएपछि मात्र हामी भन्न सक्छौ उनले भने । मानिसको मृत्यु भएकाले आफन्तले खोपको कारण मृत्यु भएको भन्न सक्नु हुन्छ तर वास्तिविक के भएको हो अनुसनधानले देखाउछ गोदारले भने । भरतपुर अस्पतालका चिकित्सकले मृत्युको कारणवारे अनुसन्धान गरिरहनु भएको छ त्यसपछि मात्र हामी सार्वजनिक गछौ उनले भने ।
चिकित्सकले मृतक वालिकाको स्वास्थ्य अवस्था वारे रिर्पोट लिइसकेपछि वुधबार दाहसस्कार गरिएको छ । मृतकका आफन्तले वालिकाको पोष्टमार्टम गर्न दिएनन् । खोपको कारण मृत्यु भएको हो पोष्टमार्टम गरेपनि कमजोरी स्वीकादैन् किन चिरफार गर्ने हामी दाहसस्कार गछौ आफन्त पुष्प वगालेले बताए । खोपको कारणले मृत्यु भएकाले केन्द्रका कर्मचारीलाई कार्वाही र कार्यालयका प्रमुखले माफी माग्नु पर्ने पीडितले बताएका छन् ।

भ्रष्टाचार विरुद्ध पैदल यात्र
नारायणगढ १७ माघ । भ्रष्टाचार, अपराध र आतंकवाद विरुद्धको सचेतना जगाउँदै मेची–महाकाली यात्रामा हिँडेको पैदलयात्री टोली बुधबार चितवन आइपुगेका छन् ।
भ्रष्टाचारीलाई सामाजिक बहिस्कार गरौं भन्ने मुलनाराका साथ म्याक्याट नेपाल नामक संस्थाको आयोजनामा उनीहरुले पैदल यात्रा शुरु गरेका हुन् । माघ ७ गते महाकालीबाट शुरु गरेको यात्रा बुधबार चितवन आइपुगेका हुन् ।
टोलीमा आठजना सदस्य रहेको र उनीहरुले आर्थिक अनियमितता गर्नेहरु बिरुद्ध आन्दोलित बनौं भन्ने सन्देश दिएको टोली संयोजक विकास लकाई खड्काले जानकारी दिए । उनीहरुले दिनमा २० देखि ३० किलोमिटर पैदल हिड्ने गरेका बताए ।
आफ्नो व्यक्तिगत खर्चमा देशव्यापी अभियानमा निस्केको टोलीले यात्राको सम्पूर्ण खर्चको विषयमा इन्टरनेटमार्फत सार्वजनिक जानकारी दिने बताएका छन् ।

बोटे जाति परम्परागत पेशाबाट विस्थापित हँुदै
नारायणगढ १७ माघ । नारायणी नदीमा माछा मारेर जिविकोपार्जन गर्दै आएका नवलपरासीका बोटे, माझी र मुसहर समुदायहरु विस्थापित हुन थालेका छन् ।
चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा माछा मार्नको लागि लाईसेन्स अनिवार्य गरेपछि उनीहरु समस्यामा परेका हुन् । निकुञ्जमा धाएर कतिपयले लाईसेन्स लिने गरेपनि ठूला जाल निकुञ्जका कर्मचारीले खोसिदिने हुँदा स–साना जाल र ढडियाबाट माछा मारेर जिविकोपार्जनका लागि समस्या परेको अग्यौलीका झरबहादुर बोटेले बताए ।
विहान वेलुकीको छाक टार्नैको लागि नदी किनारमा रातै विताएर माछा मारी जिविकोपार्जन गर्ने माझी मुसहर अहिले निकुञ्जले अनावश्यक दुख दिन थालेपछि विस्थापित हुन लागेका हुन ।
अहिले नवलपरासीमा सात सय बोटे माझी मुसहरसँग माछा मार्ने लाईसेन्स भएको र त्यसमध्ये चारसय घरपरिवारको आफ्नो जग्गा नहँुदा उनीहरुको जिविकोपार्जनको मुख्य आधार नै माछा मारेर बेच्नु रहेको छ ।

रत्ननगरमा जिआई पार्क सन्चालनको तयारीमा
नारायणगढ १७ माघ । जिल्लाका विभिन्न ब्यवसायिक घरानाहरुको सामुहिक लगानीमा पूर्वी चितवनको रत्ननगर–३, शान्तिचोकमा जिआई पार्क सञ्चालनको तयारीमा पुगेको छ ।
बालउद्यान, पार्क, रिसोर्ट र अवासीय सुविधासहित १८ कठ्ठा क्षेत्रफलमा पार्क सञ्चालनमा ल्याउन लागिएको हो । पूर्वाधार निर्माण कार्य अन्तिम चरणमा पुगेकाले आगामी १५ दिनभित्रमा सञ्चालनमा ल्याइने पार्कका प्रवन्ध निर्देशक गौरिश्वर सापकोटाले जानकारी दिए । बसको प्रयोगबाट आकर्षक तरिकाले तयार भएका कोठाहरु सहित सात वटा कटेज निर्माण गरिएको छ ।
पार्कमा वालवालिकाका लागि मनोरञ्जनका सामाग्रीहरुको ब्यबस्था मिलाइएको छ । करिव ६० जना क्षमताको सभाकक्ष पनि तयार गरिएको छ । वरिपरि पोखरीले घेरिएको पार्क निर्माण गर्न एककरोड रुपैयाँ खर्च भएको प्रवन्ध निर्देशक सापकोटाले बताए । उक्त पार्कमा जिल्लाका १६ जना ब्यवसायीहरुले लगानी गरेका छन् ।
ग्रिनपार्क निर्माण गरेकै समूहसहित ४९ जनाको समूहले रत्ननगरको सौराहाचोकमा हंश मनोरन्जन केन्द्रको निर्माण पनि गरिरहेको छ । पाँच करोडको लगानीमा निर्माण भइरहेको केन्द्रको आगामी बैशाख १ गतेबाट सञ्चालनको लक्ष्य राखिएको छ । मनोरन्जन केन्द्रमा तीन वटा स्विमिङ पुल, रेष्टुरेण्ट र बालउद्यान रहने सञ्चालकहरुले बताए ।

शिक्षा कार्यालयको घुम्ती बैठक
नारायणगढ, १७ माघ । पिठुवा श्रोत केन्द्र पिठुवाको आयोजनामा जिल्ला शिक्षा कार्यालय चितवनको घुम्ती बैठक एवम् अन्र्तक्रिया कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
कार्यक्रममा शिक्षक दरबन्दी मिलान, शिक्षा कार्यालयबाट सञ्चालित कार्यक्रमको प्रभावकारिता र विद्यालय सुधारका विषयमा छलफल गरिएको पिठुवा श्रोत केन्द्रका श्रोतव्यक्ति रामकृष्ण लम्सालले जानकारी दिए । कार्यक्रममा चितवनका जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्मा, उपसचिवहरु रामकुमार श्रेष्ठ, हुमनाथ शर्मालगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा ३३ वटा सामुदायिक र १५ वटा संस्थागत विद्यालयका अध्यक्ष एवम् प्रधानाध्यापकहरुको सहभागिता रहेको लम्सालले बताए । कार्यक्रम पिठुवा श्रोतकेन्द्र व्यवस्थापन समितिका अध्यक्ष रत्नबहादुर मिश्रको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रचण्डको ठुली आमाको निधन
नारायणगढ, १७ माघ । एकीकृत नेकपा माओवादीका नेता तथा पूर्व सभासद् नारायण दाहाललाई मातृशोक परेको छ ।
दाहालकी आमा देउरुपा दाहालको मंगलबारराति निधन भएको हो । लामो समयदेखि पेटको उपचार गराईरहेकी ८० वर्Èीय दाहालको शिवनगरस्थित घरमा निधन भएको उनका नाति समीरले जानकारी दिए ।
देउरुपाको बुधबार पवित्र तीर्थस्थल देवघाटमा अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

स्थानीय समाचार

आन्दोलनका कारण विद्यालय बन्द
नारायणगढ १६ माघ । लामो समयदेखि आफूहरुले तलब नपाएको भन्दै माडी बाँदरझुला निमाविका शिक्षकले विद्यालय बन्द गराएका छन् ।
शिक्षकको आन्दोलनका कारण माडी अयोध्यापुरी– ९ मा रहेको बाँदरझुला निमावि विगत पाँच दिनदेखि बन्द हुन पुगेको छ । १० महिनादेखि तलब नपाएकाले आफूहरु गत शुक्रबारदेखि विद्यालय नै बन्द गरेर आन्दोलनमा उत्रनु परेको शिक्षक माधव पौडेलले बताए । उनले आफ्ना मागहरुको सम्बन्धमा व्यवस्थापन समितिसँग छलफल भइरहेको भए पनि निष्कर्षमा नपुगेको बताए ।
विद्यालयमा एकजना राहत कोटा र चार जना निजी स्रोतका शिक्षक छन् भने एक जना सहयोगी रहेका छन् । शिक्षकले प्रतिव्यक्ति मासिक आठ हजार दुई सयका दरले १० महिनाको तलब पाउनुपर्ने माग गरेका छन् । विगत पाँच दिनदेखि विद्यालय ठप्प हुदा यहा अध्ययनरत करिब चार विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।

Read more...

स्थानीय समाचार

माडी उपत्यकामा ब्राम्हणको समिति

नारायणगढ, २० पुस ब्राह्मण जातिलाई पनि अन्य जातजाति सरह आदिवासीमा सुचिकृत गरिनुपर्नेमा एक कार्यक्रमका अधिकाँश वक्ताहरुले जोड दिएका छन्

नेपाल ब्राह्मण समाज माडीको आयोजनामा शुक्रबार माडीको वसन्तपुरमा आयोजित भेलामा बोल्ने अधिकांश वक्ताहरुले राज्यले अन्य जातजातिसरह ब्राह्मणलाई पनि आरक्षणको व्यवस्था अधिकार दिईनुपर्ने भन्दै यसतर्फ राज्य गम्भिर बन्नुपर्नेमा जोड दिए

भेलाले माडीका चार वटै गाविसमा ब्राह्मण समाज गठन गर्नुका साथै महेश्वर पौडेलको अध्यक्षतामा क्षेत्रीय कमीटी पनि गठन गरेको समितिको उपाध्यक्षमा रघुनाथ अधिकारी, सचिवमा विकास भुषाल कोषाध्यक्षमा गंगाधर चापागाईं चयन भएका छन्

ब्राह्मण समाज नेपालका जिल्ला अध्यक्ष काशीराम शर्मा प्रमुख आतिथि रहेको उक्त कार्यक्रम ब्राह्मण समाज माडीका अध्यक्ष महेश्वर पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो

Read more...

स्थानीय समाचार

आन्दोलनका कारण विद्यालय बन्द
नारायणगढ १६ माघ । लामो समयदेखि आफूहरुले तलब नपाएको भन्दै माडी बाँदरझुला निमाविका शिक्षकले विद्यालय बन्द गराएका छन् ।
शिक्षकको आन्दोलनका कारण माडी अयोध्यापुरी– ९ मा रहेको बाँदरझुला निमावि विगत पाँच दिनदेखि बन्द हुन पुगेको छ । १० महिनादेखि तलब नपाएकाले आफूहरु गत शुक्रबारदेखि विद्यालय नै बन्द गरेर आन्दोलनमा उत्रनु परेको शिक्षक माधव पौडेलले बताए । उनले आफ्ना मागहरुको सम्बन्धमा व्यवस्थापन समितिसँग छलफल भइरहेको भए पनि निष्कर्षमा नपुगेको बताए ।
विद्यालयमा एकजना राहत कोटा र चार जना निजी स्रोतका शिक्षक छन् भने एक जना सहयोगी रहेका छन् । शिक्षकले प्रतिव्यक्ति मासिक आठ हजार दुई सयका दरले १० महिनाको तलब पाउनुपर्ने माग गरेका छन् । विगत पाँच दिनदेखि विद्यालय ठप्प हुदा यहा अध्ययनरत करिब चार विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।

Read more...

स्थानीय समाचार

बिमा रकम प्रदान

चितवन, १८ पुस । गएको भदौ १८ गते दुर्घटनामा ज्यान गुमाएका भरतपुर १० का कारमप्रसाद उप्रेतीका परिवारलाई नेपाल लाईफ ईन्सुरेन्स कम्पनीले बिमा रकम प्रदान गरेको छ ।

दुई लाख रुपैयाँको बिमा गरी दुई किस्ताको रकममात्र बुझाएका उप्रेतीका परिवारलाई विमा र बोनस रकममा प्रचलित कर कट्टा गरी दुई लाख १३ हजार एक सय ५३ रुपैयाँ उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

सुनसरीको अध्ययन टोलीलाई स्वागत

चितवन, १८ पुस । सुनसरी उद्योग वाणिज्य संघको अध्ययन अवलोकन टोलीलाई बुधबार रत्ननगर उद्योग वाणिज्य संघले स्वागत गरेको छ ।

सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष मोहनकाजी शाक्यको नेतृत्वमा आएको टोलीलाई उवासंघ रत्ननगरका अध्यक्ष दीपककुमार कर्माचार्यले संघको कार्यकक्षमा स्वागत गरेका थिए ।

उक्त कार्यक्रममा उवासंघ रत्ननगरका पूर्व अध्यक्ष केशवनारायण श्रेष्ठ, धरान नगरपालिकाका वरिष्ठ कर अधिकृत खगेन्द्रप्रसाद खतिवडा लगायतले मन्तव्य राखेका थिए ।

साहित्यिक सम्मान

चितवन, १८ पुस । हाम्रो मझेरी साहित्य प्रतिष्ठान, चितवनले विभिन्न व्यक्तिहरुलाई सम्मान गर्ने भएको छ ।

प्रतिष्ठानको बैठकले हाम्रो मझेरी प्रतिभा सम्मान २०६९ बाट हेटौंडाका कवि याग्रिव आचार्य, चितवनका गजलकार प्रभाकर पण्डित, सञ्चारकर्मी किरण मरहठ्ठालाई सम्मान गर्ने निर्णय गरेको हो ।

यस्तै हाम्रो मझेरी गजल रत्न २०६८ पुरस्कार पुर्वी नेपालका गजलकार विवश बलिभद्र कोईरालालाई र गजल श्री २०६९ पुरस्कार इजरायलमा बस्दै आएकी गजलकार सुचित्रा खनियाँलाई प्रदान गर्न निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष पुष्प अधिकारी अञ्जलीले जानकारी दिए ।

प्रतिष्ठानका अध्यक्ष अञ्जलीको अध्यक्षतामा बसेको बैठकले पुरस्कार प्रदान कार्यक्रमको अवसरमा हाम्रो मझेरीको स्वर्ण अंकसमेत विमोचन गर्ने निर्णय गरेको छ ।

अन्तत्र्रिmया कार्यक्रम सम्पन्न

चितवन, १८ पुस । दलित महिलाका मुद्दालाई योजनाबद्ध ढंगबाट अगाडि सार्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

दलीत महिला संघको आयोजनामा भरतपुरमा सम्पन्न एक कार्यक्रमका अधिकाँश बक्ताहरुले योजनाबद्ध ढंगबाट आएका दलित महिलाको योजनालाई स्थानीय निकायको कार्यक्रममा समेटिनुपर्ने बताएका थिए ।

उक्त कार्यक्रममा मन्तव्य राख्दै जिल्ला विकास समिती चितवनका सामाजिक विकास अधिकृत कृष्णजयन्ती पौडेलले जिल्लाका बिभिन्न आयोजनाहरुमा दलित महिलाका सिर्जशील कामलाई पनि समेट्न सकिने बताए ।

कार्यक्रममा भरतपुर नगरपालिकाका सामाजिक शाखा प्रमुख रामकृष्ण ढकाल, मंगलपुर गाविसका सचिव बुद्धिप्रसाद गौतम, दलित महिला संघकी अध्यक्ष कल्पना नेपाली लगायतले मन्तव्य राखेका थिए ।

स्थानीय समाचार

जिल्लास्तरीय भलिवल प्रतियोगिता गरिने

चितवन, माघ पश्चिम चितवनको पटिहानीमा जिल्लास्तरीय खुल्ला नकआउट भलिबल प्रतियोगिता हुने भएको

पदमोदय युवा क्लव पटिहानीको आयोजनामा शिवरात्रीको अवसरमा आगामी फागुन २६ गतेदेखि सञ्चालन गरिने उक्त प्रतियोगिता तीन दिनसम्म चल्ने आयोजकले जनाएका छन्

उक्त प्रतियोगिता सञ्चालन गर्नका लागि क्लवका अध्यक्ष रामहरि सेढाँइको संयोजकत्वमा दुई सय एक सदस्यीय मुल आयोजक समिति १४ वटा उपसमिति गठन गरिएका छन्

१६ वटा टिम सहभागी हुने प्रतियोगिताका विजयी टोलीलाई २० हजार उपविजेताले १३ हजार रुपैयाँ पुरस्कार, ट्रफि प्रमाणपत्र प्रदान गरिने अध्यक्ष सेढाँइले जानकारी दिए

Read more...

स्थानीय समाचार

चेपाङ संरक्षण केन्द्रलाई सहयोग

नारायणगढ, पुस पूर्वी चितवनको रत्ननगर १३ जयमंगलामा रहेको गामवेशीको चेपाङ संरक्षण केन्द्रमा आश्रित बालवालिकाका लागि डल्लाकोटी तथा कसिस पोल्ट्री फर्म ज्यामिरेले खाद्यान्न सामाग्री सहयोग गरेको

केन्द्रमा शुक्रबार आयोजित कार्यक्रममा फर्मका सञ्चालक एवम् नेपाल अण्डा उत्पादक संघका केन्द्रीय सदस्य केदारनाथ डल्लाकोटीले केन्द्रका अध्यक्ष केपीकिरण शर्मालाई १५ हजार रुपैयाँ बराबरको चामल, तरकारी लगायत सामाग्री हस्तान्तरण गरेका थिए  

केन्द्रमा आश्रित अपाङ्ग बालिका सुमित्रा चेपाङको अध्यक्षतामा भएको कार्यक्रममा संरक्षण केन्द्रका अध्यक्ष केपी किरण शर्मा, प्रेस चौतारीका जिल्ला उपाध्यक्ष शिशिर सिंखडालगायतले मन्तव्य राखेका थिए

Read more...

स्थानीय समाचार

फूड फेष्टिबल सकियो

नारायणगढ, माघ चितवन महोत्सवको अवसरमा आइतबारबाट पोखरा बसर्पाक नारायणगढमा शुरु भएको फुड फेष्टिबल मंगलबार सकिएको

फेष्टिबलको अन्तिम दिन मंगलबार पनि नयाँ मीठा परिकार खान तथा विविध साँस्कृतिक कार्यक्रममा रमाउन दर्शकहरुको भीड लागेको थियो

एकसयभन्दा बढी स्टल रहेको फूड फेष्टिबलमा विभिन्न जाजजातिका परिकार साँस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो

Read more...

स्थानीय समाचार

अभिमुखिकरण कार्यक्रम

सौराहा, ५ पुस । नेपाल आदिवासी जनजाती महासंघ जलवायु परिवर्तन रेड साझेदारी कार्यक्रमले आयोजना गरेको तीन दिने अभिमुखिकरण तथा अनुभव आदानप्रदान कार्यक्रम विहीबारबाट सौराहामा शुरु भएको छ ।

उक्त अभिमुखिकरण कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय महासचिव आङकाजी शेर्पाले रेड परियोजनाको नीति तथा नियमहरु निर्माण गर्दा आदिवासी जनजातिको जीवनलाई प्रतिकुल हुनेगरी बनाउन नहुने बताए ।

Read more...