Thu01182018

Last update01:57:25 AM

Back You are here: Home स्थानीय समाचार

स्थानीय समाचार

स्थानीय समाचार

पश्चिममा तरकारी तथा फलफल बिक्री केन्द्र

चितवन, पुस कृषि बजारको अभावमा उत्पादनले मूल्य पाउन नसकेको गुनासो गरेका पश्चिम चितवनका कृषकले अब आफ्ना उत्पादन सहज रुपमा बिक्री गर्न पाउने भएका छन्

गुञ्जनगर गाविसको भीमनगरमा ताजा तरकारी तथा फलफल बिक्री केन्द्रको शुभारम्भ गरिएपछि सो क्षेत्रका किसानलाई उत्पादित बस्तु बिक्री गर्न सहज भएको हो कृषि उपज बजार समिती गुञ्जनगरले उक्त बिक्री केन्द्रको सुरुवात गरेको हो

पश्चिम चितवनको विभिन्न क्षेत्रमा लगाइएको तरकारी तथा फलफूल सोहि केन्द्रबाट बिक्री बितरण गर्न सकिने व्यबस्था मिलाइएको बताइन्छ त्यसका लागि करीब नौ लाख रुपैयाँको लागतमा व्यवस्थित भवनसमेत निर्माण गरिएको

भवनको बुधबार एक कार्यक्रमका बीच कृषि विभागका महानिर्देशक खेम शर्मा पौडेलले उद्घाटन गरेका थिए गुञ्जनगर सहकारी संस्थाका अध्यक्ष बाबुराम श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख जगन्नाथ तिवारी, जिल्ला सहकारीका अध्यक्ष नारायण कोइराला, कृषि उपज बजार व्यवस्थापन समितीका अध्यक्ष पूर्णचन्द्र अर्याललगायतले मन्तव्य राखेका थिए


चेपाङ घरलाई नगरपालिकाको सहयोग

चितवन, पुस जयमंगलामा रहेको गामवेशीको चेपाङ संरक्षण केन्द्रमा आश्रित वालवालिकाका लागि रत्ननगर नगरपालिकाले खाद्यान्न सामाग्री सहयोग गरेको

केन्द्रमा खाद्यान्न समागं्रीको अभाव भएपछि नगरपालिकाले सहयोग गरेको हो केन्द्रमा बुधबार आयोजित कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत पुरुषेत्तम सापकोटाले केन्द्रका अध्यक्ष केपीकिरण शर्मालाई २९ हजार बरावरको चामल, तरकारी लगायतका सामाग्री हस्तान्तरण गरेका थियो

केन्द्रमा आश्रित अपाङ्ग वालिका सुमित्रा चेपाङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नगरपालिकाका सामुदायिक विकास शाखा प्रमुख तोरणराज पौडेल, लोकगायक मिलन लामा, स्वास्थ्यकर्मी भोजराज खनाल, विन्ध्यश्वरी गामवेशीको चेपाङ घरका अध्यक्ष अनिल लामालगायतले मन्तव्य राखेका थिए


अन्तत्र्रिmया कार्यक्रम

चितवन, पुस अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) चितवनको आयोजनामा मंगलबार शुक्रनगरको सोसीमा मानवअधिकार संरक्षणमा सरोकारवालाहरुको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको

गाउको विकासमा सरोकारवाला निकायहरुको भूमिका नागरिकहरुलाई दिने सेवा सुविधा बारेमा स्थानीयलाई जानकारी दिन उक्त अन्तत्र्रिmया कार्यक्रम गरेको इन्सेक चितवनका कार्यक्रम संयोजक मुकुन्द दहालले बताए

अन्तत्र्रिmया कार्यक्रममा शुक्रनगर गाविसका सचिव कपिलदास सुवेदीले गाविसबाट आयोजना गरिने विकास निर्माणमा सबै पक्षको सहभागिता गराउँदै आएको बताउँदै आगामी गाविस परिषद्मा पनि योजना निर्माण कार्य सबै पक्षको सहभागितामा गर्ने बताए  

कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतितिधीहरु, इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक कैलाश चौधरी, सामुदायिक संस्थाका प्रतिनिधिहरु, बिभिन्न विद्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो

स्थानीय समाचार

सहयोगको अपिल

नारायणगढ, पौष दुबै मृगौला बिग्रन गई उपचार गराई रहेका पूर्वी चितवनको बिरेन्द्रनगर पाकडीबासका दिनेश अधिकारीका परिवारले उनको उपचारका लागि सहयोग गर्न सबैसँग अपिल गरेका छन्

अधिकारीलाई उनका दाजु राजन अधिकारीले मृगौला दिने भएपनि प्रत्यारोपणका लागि १० लाख खर्च लाग्ने भएकाले परिवारका सदस्यले सहयोगको अपिल गरेका हुन् तीन वर्षदेखि मृगौलाको उपचार गराई रहेका अधिकारीको उपचारका लागि अहिलेसम्म लाख रुपैयाँ खर्च भैसकेकोले मृगौला प्रत्यारोपण गर्न १० लाख रुपैयाँ जुटाउन नसकिएको पीडितका दाजु नवराज अधिकारीले जानकारी दिए

उपचारका लागि अहिले आफूहरुसँग करिब डेढ लाख रुपैयाँ मात्र रहेको प्रत्यारोपण गर्न ढिला भए डायग्लोसिस गर्दा गर्दै रकम सकिने भएकाले सहयोगका लागि अपिल गरिएको उनले जानकारी दिए अधिकारीलाई सहयोग गर्न चाहने महानुभावले हिमालयन बैक पर्सा शाखामा खेलिएको दिनेश अधिकारीको खाता ०३००४१३८०५००१३ मा रकम जम्मा गर्न सक्ने बताइएको

Read more...

स्थानीय समाचार

जाडोमा पनि डेङ्गु

नारायणगढ, २५ कात्तिक । जाडो समयमा पनि डेंगु रोग देखा पर्ने भन्दै स्वास्थ्य कर्मीहरुले आवश्यक सावधानी अपनाउनु पर्नेमा जोड दिएका छन् ।

डेंगु सार्ने लामखुट्टे २० देखि ३० डिग्री तापक्रममा पनि सक्रीय हुनसक्ने डा. अरुण सेढाईले बताए । अहिले पनि चितवनमा ज्वरोका विरामी आउने गरेकोले स्वास्थ्यकर्मीहरुले रोगको संक्रमण्लाई निदान गर्न निगरानी आवश्यक भएको बताए ।

दुई वर्अघि चितवनमा डेंगुको महामारी भएको थियो । त्यसपछि वर्Èनी चितवनमा डेंगु देखिंदै आएको छ । यसबर्षको कात्तिकसम्ममा यहा डेंगुका ३७ विरामी भेटिईसकेको छ ।

Read more...

स्थानीय समाचार

राइजिङ स्टारको स्टुडियो राउण्ड शुरु

भरतपुर सिनर्जी राइजिङ स्टारको स्टुडियो राउण्ड शनिबारदेखि शुरु भएको स्टुडियो राउण्डको पहिलो साता शनिबार सहभागी १२ जनामध्ये जना अर्काे चरणमा प्रवेश गरेका छन्

अर्काे चरणमा प्रवेश गर्नेहरुमा दाङकी गीता खरेल, शुक्रनगरका कमल विक, गुञ्जनगरका किरण गुरुङ, भरतपुरका अभिशेख भण्डारी, देवघाटका धिरज भण्डारी मंगलपुरका विनोद बाबु रसाइली रहेका छन्

चार सातासम्म चल्ने स्टुडियो राउण्डमा हरेक साता १२ जना गरी ४८ जना प्रतियोगी सहभागी हुनेछन् स्टुडियो राउण्डको सिनर्जी एफएम बेसो च्यानलले प्रत्यक्ष प्रशारण गरेका थिए

एफएमले आफ्नो स्थापनाको १२ औं बर्ष प्रवेशसँगै सिनर्जी राईजीङ स्टारको तेस्रो संस्करण शुरु गरेको हो सिनर्जी राईजिङ्ग स्टारको उपाधी जित्न सफल गायक या गायिकाको एकल एल्बम, नेपालको चर्चित म्युजिक कम्पनी रिबेल क्रियसनले बजारमा ल्याउनेछ यसैगरी नयाँ राईजिङ्ग स्टारलाई नगद ५० हजार रुपैयाँ पुरस्कार पनि दिइने आयोजकले बताएका छन्

सिनर्जी राईजिङ्ग स्टारको मुख्य प्रायोजकको रुपमा रोमानोभ तथा सहप्रायोजक मेकडोयल प्लाटिनम, फाईन फिड्स, नारायणी मोटर्स, एसस्टार एयरकन्डिसन रहेका छन्

 

Read more...

स्थानीय समाचार

चेतनामूलक श्रव्यदृष्य प्रस्तुत

नारायणगढ, २३ कात्तिक । सुरक्षित वैदेशिक रोजगारका विषयमा ग्रामिण क्षेत्रमा जानकारी पु-याउने उद्देश्यले विहीबार पूर्वी चितवनका विभिन्न विद्यालयहरुमा श्रव्यदृष्य सामाग्री प्रस्तुत गरिएको छ ।

पिपुल फोरमको आयोजनामा पदमपुरको भिमोदय उच्च माध्यमिक विद्यालय, जुटपानी पृथ्वी उच्च माध्यमिक विद्यालय र रत्ननगरको नेपाल उच्च माध्यमिक विद्यालय रत्ननगरमा उक्त श्रव्यदृष्य देखाइएको थियो ।

अरुको हल्लाको भरमा विदेश जाँदा जोखिममा परिने, सम्पत्ति पनि सकिने गरेको चेतनामूलक श्रव्यदृष्य सामाग्रीमा प्रस्तुत गरिएको थियो । सामाग्री हेरेपछि विद्यालयका शिक्षक तथा विद्यार्थीहरुले स्वदेशमा नै रोजगारी गर्न सकिने यदि जानै परेमा वैधानिक बाटो अपनाउनु पर्नेमा जानकारी पाएको बताएका छन् ।

जिल्लाको हरेक विद्यालय र समुदायमा चेतनामूलक सामाग्री प्रस्तुत गर्न सकेमा अनावश्यक ठगिनबाट जोगिन सकिने पिपुल फोरमका जिल्ला संयोजक उर्मीला चापागाईले बताइन् । विद्यार्थी मार्फत श्रव्यदृष्य सामाग्री प्रस्तुत गर्दा धेरै प्रभावकारी हुने उनको भनाई थियो ।

Read more...

स्थानीय समाचार

मेलमिलापकर्ताको साधारणसभा

चितवन, २९ मङ्सिर सामुदायिक मेलमिलापकर्ता समाज चितवनको तेश्रो साधारणसभा शुक्रबार सम्पन्न भएको

चितवनमा २०६० सालबाट शुरु गरिएको यो सेवा जिल्लाका ११ वटा गाउँ विकास समिती दुई नगरपालिकामा सञ्चालित छन्

कार्यक्रममा समाजका सचिव असोककुमार अधिकारीले सागंठनिक प्रतिवेदन तथा कोषाध्यक्ष मानबहादुर खड्काले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए

समाजका अध्यक्ष भक्तिप्रसाद तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय विकास अधिकारी बन्धुप्रसाद बास्तोला, भरतपुर नगरपालिकाका निमित्त प्रमुख टीकाराम कँडेल, सामाजिक विकास अधिकृत रामकृष्ण ढकाल तथा समाजका उपाध्यक्ष सूर्यप्रसाद अधिकारी लगायतले बोलेका थिए

 

Read more...

स्थानीय समाचार

साधारणसभाको अन्तिम तयारी

नारायणगढ, २२ कात्तिक । नेपाल पत्रकार महासंघ चितवन शाखाको वार्षिक साधारणसभाको तयारी अन्तिम चरणमा पुगेको छ ।

साधारणसभाका लागि अतिथि र सदस्यहरुलाई निमन्त्रणा गर्ने कामदेखि आन्तरिक व्यवस्थापनको कामसमेत तिब्र रुपमा अघिबढिरहेको महासंघका सचिव राधेश्याम खतिवडाले जानकारी दिए ।

कात्तिक २५ गते जिल्ला विकास समितिको सभाहलमा हुने कार्यक्रमका लागि सम्पूर्ण सदस्यलाई उपस्थित हुन उनले आग्रह गरे ।

Read more...

स्थानीय समाचार

बाल अधिकार दिवसको अवसरमा खेलकूद

रत्ननगर, ६ मङ्सिर । नारी जागरण केन्द्र रत्ननगरले बाल अधिकार दिवसको अवसरमा बाल केन्द्रित शहरी अनौपचारिक बालशिक्षामा सहभागी घरेलु श्रमिक बालबालिका बीच खेलकूद प्रतियोगिता गरेको छ ।

दौड प्रतियोगितामा मनकुमार चौधरी प्रथम, सागर आलम दोश्रा र अमिर आलम तेश्रा भएका थिए । यसैगरी तालो आलुतर्फ कञ्चन तिमिल्सिना प्रथम, सुस्मिता गौतम दोश्रा र रोहन लामा तेश्रा भएको संस्थाकी महासचिव रमा रेग्मीले जानकारी दिइन् ।

संस्थाकी अध्यक्ष बिमला दुवाडीको अध्यक्षता सम्पन्न कार्यक्रममा रत्ननगर नगरपालिकाकी प्रतिनिधि शारदा वाग्ले, कार्यक्रम संयोजक एन्जिला कँुवर, नगरस्तरीय टोल विकास संस्था समन्वय समितिका अध्यक्ष बाबुराम गौतम लगायतले मन्तव्य राखेका थिए ।

Read more...

स्थानीय समाचार

सचेतना सडक नाटक मञ्चन

नारायणगढ, २१ कात्तिक । सुरक्षित वैदेशिक रोजगारीका विषयमा सचेतना जनाउने उद्देश्यले मंगलबार नारायणगढमा सडक नाटक ‘लहैलहैमा’को मञ्चन गरिएको छ ।

यस्तै सडक नाटक देशव्यापीरुपमा गरिने बताइको छ । अरुको लहैलहैमा वैदेशिक रोजगारीमा गए कस्तो प्रकारको दुःख पाइन्छ भन्ने विषयमा नाटक प्रस्तुत गरिएको छ । वैदेशिक रोजगारीमा जाँदा आवश्यक सवै जानकारी लिएरमात्र जानुपर्ने नाटकको सन्देश रहेको छ ।

पूर्वमा झापाबाट सोमबारदेखि शुरु भएको सडक नाटक चितवन, नवलपरासी, कञ्चनपुर हँुदै सिन्धुपाल्चोकमा पुगेर सकिने नाटक निर्देशक राजन उप्रेतीले जानकारी दिए । सडक नाटकको पिपुल फोरम तथा हिमालयन टेलिभिजनको सहकार्यमा आयोजना गरिएको पिपुल फोरमका जिल्ला संयोजक उर्मिला चापागाईले जानकारी दिइन् ।

Read more...