Thu01182018

Last update01:57:25 AM

Back You are here: Home स्थानीय समाचार

स्थानीय समाचार

स्थानीय समाचार

जेष्ठ नागरिकहरुलाई सम्मान
नारायणगढ, १८ असोज । गीतानगर गाविसले २२ औ“ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसका अवसरमा विहीबार गाविसका जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ ।
स्थानीय विकास अधिकारी बन्धुप्रसाद बास्तोला प्रमुख अतिथी रहेको कार्यक्रममा ९५ वर्È पुगेका १३ जना वृद्धवृद्धाहरुलाई सम्मान गरिएको थियो ।
गाविस सचिव प्रदीपकुमार थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एकीकृत नेकपा माओवादीका भगिरथ तिमिल्सिना, नेपाली का“ग्रेस गीतानगरका सचिव डिल्लीराम अधिकारी, नेकपा एमाले गीतानगरका अध्यÔ वेदप्रसाद लामिछाने, मेलमिलाप सेवा समिति गीतानगरका स्थानीय संयोजक काशिप्रसाद श्रेष्ठलगायतले मन्तव्य राखेका थिए ।


Read more...

स्थानीय समाचार

एमालेको जनप्रदर्शन तयारी तिब्र
नारायणगढ १७ असोज । प्रधानमन्त्रीको राजीनामा र सहमति सरकार गठनको माग गर्दै एमाले चितवनले शुक्रबार गर्ने जनप्रदर्शनको व्यापक तयारी गरिरहेको छ । दिनहुँ पार्टीका विभिन्न कमिटीस्तरका बैठक तथा भेलाहरु सम्पन्न भैरहेका छन् ।
उक्त कार्यक्रमको तयारीका लागि बुधबार एमालेका क्षेत्रीय कमिटी र जनवर्गीय संगठनस“ग छलफल गरेको छ । ‘असंवैधानिक सरकार राष्ट्रिय सरकारको लागि ढोका खोल’ भन्ने नाराका साथ प्रदर्शन गर्न लागेको एमाले चितवनका अध्यक्ष जगन्नाथ थपलियाले जानकारी दिए ।
विरोधसभाको तयारीको लागि विशेष नगर समन्वय कमिटीको वैठक बसेर तयारीलाई तिब्र पारिएको एमालेले जनाएको छ । दिउसो २ बजे चौबीसकोठीमा भेला भई नारायणगढको शहीदचोकमा पुगेर सभामा परिणत हुने कार्यक्रम तय भएको छ ।
भेलामा एमालेका पोलिटब्युरो सदस्य काशिनाथ अधिकारी, केन्द्रीय सदस्य जगन्नाथ खतिवडा, देवी ज्ञवालीलगायतले सम्वोधन गर्ने कार्यक्रम रहेको जानकारी दिइएको छ । उक्त कार्यक्रममा जिल्लाभरका कार्यकर्ताहरुलाई उतारेर व्यापक जन प्रदर्शन गर्ने एमालले जनाएको छ ।  

Read more...

स्थानीय समाचार

लुटेरा नियन्त्रणमा लिन दवाव दिँदै एकघण्टा बन्द
नारायणगढ,९ असोज । पूर्वी चितवनको पर्सामा सोमबार आईएमईका शाखा सञ्चालकमाथि भएको आक्रमणको विरोधमा पर्सा र टाँडीमा एकघण्टा राजमार्ग बन्द गरिएको छ ।
लुम्बिनी बंैकबाट रकम झिकेर आईएमईको कार्यालय जाने क्रममा लुटेराहरुले सञ्चालक हेमराज आचार्यमाथि खुकुरी प्रहार गरी पााच लाख ३० हजार नगद लुटपाट गरेका थिए । लुटेराहरुलाई पक्राउ गरी कडा कारवाही गर्नुपर्ने माग गर्दै पीडित पक्षले बिहान एकघण्टा बन्द गरेका हुन् ।
बिहान ८ बजेबाट शुरु भएको चक्काजाम ९ बजे खुलेको थियो । पीडित पक्षले संघर्ष समिति नै गठन गरेर लुटेरालाई पक्राउ गर्न दबाब दिएका छन् । संघर्ष समितिले पर्सामा बजार, यातायात र टाँडीमा बजार बन्द गराएको प्रहरीले जनाएको छ ।
हातमा चोट लागेका आचार्यको काठमाडौंमा उपचार भैरहेको छ । लुटेराहरुको अझै पहिचान समेत हुन सकेको छैन । घटनापछि फरार रहेका लुटेराको प्रहरीले खोजी गरिरहेको छ ।

Read more...

स्थानीय समाचार

डाक्टरद्वारा अभद्र व्यवहार भएको जानकारी
नारायणगढ, १६ असोज । चितवन अस्पताल प्रा.लि.का अध्यक्ष एवम् भरतपुर अस्पतालका फिजिसियन डाक्टर विजय पौडेलद्वारा आफूमाथि कुटपीट र अभद्र व्यवहार भएको चितवन एकेडेमी फर टेक्निकल एजुकेशन प्रा.लि.का प्रबन्ध निर्देशक शम्भुप्रसाद सुवेदीले बताएका छन् ।
सुवेदीले मंगलबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी आफूमाथि अभद्र व्यवहार गर्ने डाक्टर पौडेललाई कानूनी कारवाही गर्नुपर्ने माग गरेका छन् । उनले डाक्टर पौडेललाई कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेको जानकारी दिए ।
सोमबार दिउसो जुटपानीमा भएको झडपमा परेर घाइते भएका विद्यार्थीहरुको अवस्था जानकारी लिन आफू चितवन अस्पतालमा गएको उनले बताए । उनले डाक्टर पौडेललाई भेटेर नमस्कार गर्नासाथ आफूमाथि एक्कासी लात्ती एवम् मुक्का प्रहार गरेको, शिरको टोपी फालेको बताए ।
उक्त घटनाका प्रत्यक्षदर्शी रामसिंह विश्वकर्माले डाक्टर विजय जस्तो व्यक्तिले त्यसरी कसैमाथि जाइलाग्ने कुरा आफूले कल्पनासम्म नगरेको बताए । उनले डाक्टर विजयले विना कारण सुवेदीमाथि साङ्घातिक आक्रमण गरेको बताउँदै अपराध गर्नेलाई कार्वाही हुनुपर्ने बताए ।

Read more...

स्थानीय समाचार

आर्थिक अनियमितता छानविन गरिने
पिठुवा, ८ असोज । एकिकृत नेकपा माओवादीभित्रको आर्थिक अवस्थाबारे छानविन गर्न चितवनमा पनि समिति गठन भएको छ ।
एकिकृत नेकपा माओवादी चितवनका सह–सेक्रेटरी यमबहादुर परियार ‘इन्द्रजीत’को संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन भएको हो । समितिमा प्रभु महतो र कुलप्रसाद भुषाल सदस्य रहेका छन् ।
समितिले चितवनमा रहेको एकिकृत नेकपा माओवादीका जिल्लास्तरका नेता कार्यकर्ताको सम्पत्तिका बारेमा छानविन गर्ने बताइएको छ । समितिले छिट्टै आफ्नो कार्य शुरु गर्ने संयोजक परियारले जानकारी दिए ।
एकिकृत नेकपा माओवादीभित्र आर्थिक अनियमितता भएको भन्दै कार्यकर्ताले नै छानविन गर्नुपर्ने माग गरेपछि केन्द्रिय स्तरमा नै नेता अमिक शेरचनको संयोजकत्वमा सम्पत्ति छानविन समिति गठन भएको थियो ।

Read more...

स्थानीय समाचार

हिन्दी भाषा रोकेकोमा आपत्ति
नारायणगढ, १३ असोज । नेकपा माओवादी राष्ट्रिय जनस्वयम् सेवक ताम्सालिङ राज्य समितिले चितवनका सञ्चार माध्यममा हिन्दी भाषाका कार्यक्रम प्रशारण गर्न रोक लगाएकोमा चितवनका पत्रकारितास“ग सम्वन्धित संघ–संस्थाले बिरोध जनाएका छन् ।
नेपाल बहु भाषिक, बहु धार्मिक र बहु साँस्कृतिक मुलुक भएको र संविधानले हरेक नागरिकको सूचनाको हकलाई ग्यारेन्टी गरेको उल्लेख गर्दै नेकपा माओवादीको पछिल्लो निर्णयले नागरिकको अधिकारलाई कुण्ठित गरेको ठहर विज्ञप्तीमा गरिएको छ । यसैगरी विज्ञप्तीमा सम्पूर्ण सञ्चार माध्यमहरुलाई कसैको अनुचित दवावमा नपर्न र स्वतन्त्र सञ्चारमाध्यमहरुलाई अनुचित दवाव नगर्न सम्बन्धित सबैसँग आग्रह गरिएको छ ।
विज्ञप्तीमा पत्रकार महासंघ चितवनका अध्यक्ष जनक अर्याल, प्रेस चौतारी चितवनका अध्यक्ष शालिग्राम नेपाल, क्रान्तिकारी पत्रकार संघ चितवनका संयोजक सुरेशचन्द्र अधिकारी, प्रेस युनियन चितवनका उपाध्यक्ष नारायण अधिकारी र स्वतन्त्र पत्रकार संघका उपाध्यक्ष विनोदबाबु रिजालले हस्ताक्षर गरेका थिए ।

Read more...

स्थानीय समाचार

संरक्षित वन समुदायमा हस्तान्तरण गर्न माग
जुटपानी, ६ असोज । स्थानीय समूहले संरक्षण गरेका वनको क्षेत्र समुदायमै हस्तान्तरण हुनुपर्ने शनिबार पूर्वी चितवनमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
उदयपुर सामुदायिक वन उपभोक्ता समूहको ९ औं वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा वक्ताले बिभिन्न कारण देखाउदै तत्कालका लागि एकसय ९९ हेक्टर क्षेत्रफलमात्र हस्तान्तरण गरिएपनि बा“की क्षेत्र हस्तान्तरण गर्न सरकारी निकायले आनाकानी गरेको गुनासो गरेका छन् ।
साधारणसभाको उद्घाटन सत्रमा बोल्दै जिल्ला वन कार्यालय चितवनका प्रमुख डाक्टर ईन्द्रप्रसाद सापकोटाले सामुदायिक वनको क्षेत्र विस्तारभन्दा वनमा वन पैदावारको उत्पादन बिस्तारमा जोड दिए । एकसय ९९ हेक्टरमा पचास हजार क्युफिट काठ उत्पादन गर्न सकिने भएकाले चार हजार घर धुरीसम्मको माग पूरा गर्न सक्ने दावी गरे ।
समूहका अध्यक्ष केशव लामाको अध्यक्षतामा भएको कार्यक्रममा एकीकृत नेकपा माओवादी पिताम्बर पौडेल, नेपाली काँग्रेसका सञ्जिव पोखरेल, नेकपा एमालेका राजेन्द्र पोखरेल, राष्ट्रिय जनमोर्चाका नारायण चालिसेलगायतले बोलेका थिए । कार्यक्रममा अनुगमन संयोजक हिमलाल खतिवडा, संस्थापक सल्लाहकार खु्मनारायण श्रेष्ठ, सल्लाहकार संयोजक कृष्णप्रसाद ढकाल, समुहका उपाध्यक्ष झनक गुरुङलगायतले मन्तव्य राखेका थिए ।

Read more...

स्थानीय समाचार

आधारभूत लेखा तालिम सकियो
रत्ननगर, १० असोज । रत्ननगर क्षेत्रका व्यवसायीलाई हिसाब किताबलाई व्यवस्थित रुपमा राख्न सिकाउने उद्देश्यले आयोजना गरिएको दुई दिने आधारभुत लेखा तालिम बुधबार सकिएको छ ।
रत्ननगर उद्योग वाणिज्य संघले आयोजना गरेको उक्त तालिममा ४२ जना व्यवसायीहरुको सहभागिता रहेको थियो । समापन कार्यक्रममा संघका पूर्व अध्यक्ष एवम् कर तथा राजश्व समितिका संयोजक नारायणकाजी श्रेष्ठले व्यवसायीको क्षमतामा विकास गरी व्यवसाय अभिवृद्धि गर्न आधारभूत लेखा तालिम आयोजना गरिएको बताए ।
कार्यक्रममा वस्तुगत समितिका संयोजक रघु भट्ट, सहभागीहरुको तर्फबाट भवानी पाठक र कपडा व्यवसायी समितिका अध्यक्ष सलिम महमद शेखले मन्तव्य राखेका थिए । कार्यक्रम संयोजक नारायणकाजी श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । तालिममा कर परामर्शदाता घनश्याम भट्टराईले प्रशिक्षण दिएका थिए ।

भुमि अधिकार मञ्चको परिषद् बैठक
ठिमुरा, १० असोज । राष्ट्रिय भुमि अधिकार मञ्चको तेस्रो राष्ट्रिय परिषद् बैठक बुधबारबाट ठिमुरामा शुरु भएको छ । मञ्चका अध्यक्ष सोमप्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रमुख अतिथि चितवनका सहायक प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल रहेका थिए ।
कार्यक्रममा जिल्ला विकास समिति चितवनका सुचना अधिकृत बलराम लुईटेल, पत्रकार महासंघ चितवनका उपाध्यक्ष रमेशकुमार पौडेल, मञ्चकी उपाध्यक्ष गुलाबदेवी राम, संरक्षक बलदेव रामलगायतले शुभकामना मनतब्य व्यक्त गरेका थिए ।
तीन दिनसम्म चल्ने उक्त बैठकले भुमि अधिकार, भुमि सुधार र जग्गाको स्वामित्वका बारेमा जनमुखि कार्यक्रम निर्माण गर्न सरकारलाई दवाव दिने उद्देश्यले विभिन्न कार्यक्रमहरु निर्माण गर्ने अध्यक्ष भण्डारीले जानकारी दिए ।

स्थानीय समाचार

आँखा अस्पताललाई दुई करोड सहयोग
नारायणगढ, ४ असोज । नारायणगढका समाजसेवी महेन्द्रलाल प्रधानले भरतपुरमा आँखा शिक्षण अस्पताल निर्माण गर्न दुई करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएका छन् । प्रधान नारायणगढका एक प्रतिष्ठित व्यवसायी हुन् ।
भरतपुर आँखा अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्न उक्त सहयोग रकम खर्चिने बताइएको छ । बुवा हीरालाल र आमा सन्तुदेवीका नाममा स्थापना गरिने हीरालाल–सन्तुदेवी प्रधान आँखा शिक्षण अस्पताल निर्माणका लागि प्रधानले उक्त रकम सहयोग गर्न लागेको भरतपुर आँखा अस्पतालकी प्रशासक छाँया श्रेष्ठले जानकारी दिइन् ।
आर्थिक सहयोगका सम्बन्धमा कागजी प्रक्रिया पुरा गरी थप गृहकार्य अगाडि बढाइने बताइएको छ । भरतपुर आँखा अस्पताललाई शिक्षण अस्पतालका रुपमा विकास गर्न व्यक्तिगत रुपमा आर्थिक सहयोग गरिएको यो सबैभन्दा ठूलो रकम हो ।

Read more...