Thu01182018

Last update01:57:25 AM

Back You are here: Home स्थानीय समाचार

स्थानीय समाचार

स्थानीय समाचार

 देशभरीमा हजार माओवादी लडाकुले फारम भरे
शक्तिखोर, २३ भदौ । नेपाली सेनामा समायोजनका लागि शनिबारसम्ममा देशैभरबाट झण्डै एक हजार जना माओवादी पुर्वलडाकुहरुले भर्ना फारम भरेका छन् ।
फारम भरेकाहरूको वेयरिङ्ग परीक्षणसँगै हाइजम्प लङ्गजम्पलगायत भर्ना छनोटका आवश्यक परीक्षणसमेत शुरु भएको सेना समायोजन विशेष समिति सचिवालयका संयोजक बालानन्द शर्माले जानकारी दिए । संयोजक शर्मा  चितवनको शक्तिखोर शिविरमै छन् ।
शर्माका अनुसार शनिबार साँझसम्ममा शक्तिखोर शिविरका दुई सय दुई जना, नवलपरासीमा एक सय ५५, इलाममा ८२, सिन्धुलीमा एक सय दुई, कैलालीमा ९५, सुर्खेतमा दुई सय ३४, रोल्पामा एक सय नौ जना पूर्वलडाकुले फारम भरेका छन् ।
यसअघिको छनोटमा समायोजनका लागि देशैभरबाट तीन हजार एक सय २३ जनाले नाम दर्ता गराएका थिए । यसअघि पहिलो दिन यही भदौ २१ गते दुई सय तीन र दोस्रो दिन छ सय जनाले फारम भरेका थिए ।
छनोटमा विशेष समिति सचिवालयका सदस्य, नेपाली सेना र लोकसेवा आयोगका पदाधिकारीहरू सहभागी छन् । सुवेदारस्तरसम्मको छनोट प्रक्रिया चलिरहेकाले अधिकृतस्तरको छनोट भने भदौ २७ गतेदेखि चितवनको शम्शेरदल गण र चैनपुरमा रहेको सैनिक महाविद्यालयमा गरिने संयोजक शर्माले जानकारी दिए ।

Read more...

स्थानीय समाचार

बिद्युत चार्ने २६ जना पक्राउ
चितवन, २२ भदौ । बिद्युत चुहावट नियन्त्रण अभियानअन्र्तगत भरतपुर बितरण केन्द्रले शुक्रबार गरेको छड्के चेकजाँचका क्रममा बिद्युत चोरी गर्ने २६ जनालाई पश्चिम चितवनका बिभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेहरुमा भरतपुर नगपालिकाबाट दुई जना, जगतपुर १२ जना, पटिहानीबाट सात जना, शुक्रनगरबाट चार जना र मंगलपुरबाट एक जना रहेका छन् । पक्राउ पर्नेहरुमा ११ महिला र १५ जना पुरुष रहेका थिए ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा राखिएकोे र जरिवाना तिराएर शुक्रबारै छाडिने भरतपुर बितरण केन्द्रले जनाएको छ । छड्के चेकजाँचका क्रममा एकथान पानी तान्ने मोटरसमेत बरामद भएको भरतपुर बितरण केन्द्रका प्रबक्ता सुरेश पण्डितले जानकारी दिए ।

Read more...

स्थानीय समाचारहरु

आक्रमणकारीलाई कार्वाहीको माग
नारायणगढ, १४ भदौ । नेपाल विद्यार्थी संघ स्कूल अफ हेल्थ साइन्सले एक विज्ञप्ति प्रकाशित गरी आफ्ना अध्यक्षलाई आक्रमण गर्नेमाथि कार्वाहीको माग गरेको छ ।
संघले बिहीबार जारी गरेको विज्ञप्तिमा कलेजका नेविसंघ इकाई अध्यक्ष गोकुल पन्तलाई बुधबार साँझ भरतपुर ओरालोमा नचिनेका व्यक्तिले आक्रमण गरी घाइते बनाएको जनाएको छ ।
आक्रमणकारीलाई खोजविन गरी पक्राउ गर्न र सख्त कार्वाही गर्न संघले स्थानीय प्रशासनसँग जोडदार माग गरेको छ ।

Read more...

स्थानीय समाचार

न्याय सम्पादनका विषयमा छलफल
नारायणगढ, २० भदौ । अदालती कार्वाही प्रकृया तथा न्याय सम्पादनका विषयमा बुधबार जिल्ला अदालतमा छलफल भएको छ ।
छिटो र छरितो न्याय सम्पादन गर्ने विषयमा वार एशोसियशन, अदालतका पदाधिकारीहरुबीच छलफल भएको थियो । चितवन जिल्ला अदालत र वार एशोसियशनको आयोजनामा भएको छलफलमा माननीय जिल्ला न्यायधिश भोलानाथ चौलागाई, जिल्ला न्यायधिस लेखनाथ ढकाल, जिल्ला न्यायधिवक्ता संजीवराज रेग्मी, वारका पूर्व अध्यक्षहरुलगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम वार एशोसियशनका अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Read more...

स्थानीय समाचारहरु

उच्चमाविमा तोडफोड
रत्ननगर १३ भदौ । रत्ननगर नगरपालिका ६ मा रहेको मोहना उच्च माध्यमिक विद्यालयमा बुधबार  विद्यार्थीहरुले तोडफोड गरेका छन् ।
अघिल्लो वर्ष निःशुल्क पठन–पाठन गराएको उच्चमाविले यो शैक्षिकसत्रमा मासिक शुल्क लिएको भन्दै विद्यार्थीहरुले विद्यालयमा तोडफोड गरेका हुन् । अखिल क्रान्तिकारी सम्बद्ध विद्यार्थीको समूहले उच्चमाविको प्राचार्यको कार्यकक्ष तोडफोड गरेको विद्यालयले जनाएको छ ।
तोडफोडमा अन्य कलेजका विद्यार्थी पनि सहभागी रहेको उच्चमाविका प्राचार्य दयाराम ढकालले जानकारी दिए । विद्यार्थीहरुले टेवुल र झ्यालका सिसा फुटाउनुका साथै पङ्खा लगायतमा पनि क्षति पु¥याएको बताइएको छ । अघिल्लो वर्षबाट उच्चमावि शुुरु गरेको विद्यालयले विद्यार्थी आकर्षित गर्न निःशुल्क पठन पाठन गराएपनि दिगो आर्थिकस्रोत नभएपछि यस वर्षबाट पा“च सय रुपैयाँ शुल्क लिन शुरु गरेको थियो ।


Read more...

स्थानीय समाचारहरु

दुर्घटनामा तीनजना घाइते
नारायणगढ, १६ भदौ । भरतपुरको त्रिचोकमा शनिबार दिउसो भएको सवारी दुर्घटनामा परी तीन जना घाईते भएका छन् ।
नारायणगढबाट मेघौलीका लागि छुटेको ना ३ ख ५८९२ नम्बरको बसले ना ३० प २३५० नम्बरको स्कुटी र साईकल यात्रीलार्ई ठक्कर दिँदा एक जना साईकल यात्रीसहित तीनजना घाईते भएका छन् ।
घाईते हुनेहरुमा स्कुटी चालक भरतपुर ६ बस्ने १९ वर्षका प्रदीप कँडेल, बसमा सवार चन्द्रकला पौडेल र साईकल यात्री महोत्तरी घर भई हाल भनपा ४ बस्ने ३० वर्षका मोक्तार कोईरी रहेका छन् ।
बसको ठक्करबाट घाईते भएका स्कुटी चालकको अवस्था गम्भिर रहेको छ । घाईतेहरु सबैको भरतपुरको मेडिकल कलेजमा उपचार भईरहेको छ । बस, बसका चालक जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा रहेका छ ।

Read more...

स्थानीय समाचारहरु

संक्रमण न्यूनिकरण गर्न समन्वय बैठक
नारायणगढ, १२ भदौ । एचआईभी संक्रमणको न्यूनिकरण गर्न र संक्रमित बालबालिकाको लागि विशेष कार्यक्रम गर्नुपर्नेमा जिल्लास्थित सरोकारवालाले जोड दिएका छन् ।
जिल्ला एड्स समन्वय समिति चितवनले मंगलबार गरेको समन्वय बैठकका सहभागिहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले एचआईभीको न्यूनिकरण गर्न संक्रमित बालबालिकाको पुनःस्थापना गर्नु जरुरी रहेको बताए । कार्यक्रममा स्थानीय विकास अधिकारी एवम् जिल्ला एड्स समन्वय समितिका संयोजक बन्धुप्रसाद बास्तोलाले चितवन जिविसले शुरु गर्ने पञ्चवर्षीय योजनामा बालबालिका पुनःस्थापनको कार्यक्रम पनि समावेश गरिने बताए ।
बैठकमा जिल्ला एड्स समन्वय समितिका कार्यक्रम संयोजक रामहरि न्यौपाने, चितवन सक्रीय समूहको एक्सन एड परियोजनाकी संयोजक सुजाता बर्तौलालगायले मन्तव्य राखेका थिए ।

Read more...

स्थानीय समाचारहरु

नारायणी नदी संरक्षणका लागि समिति
नारायणगढ, १५ भदौ । नारायणी नदी संरक्षण एवम् विकासका गर्नका लागि सरोकारवाला निकायका पदाधिकारीहरुको शुक्रबार सम्पन्न भेलाले रामप्रसाद श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय तदर्थ समिति गठन गरेको छ ।
उद्योग वाणिज्य संघ–चितवन, जिल्ला विकास समिति चितवन र भरतपुर नगरपालिकाका पदाधिकारीहरु सम्मिलित भेलाले उद्योग वाणिज्य संघ–चितवनका पूर्व अध्यक्ष श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको हो ।
समितिमा स्थानीय विकास अधिकारी बन्धुप्रसाद बास्तोला र जिविस चितवनका योजना अधिकृत दुर्गाभक्त ढकाल, भरतपुर नगरपालिकाका प्रशासकीय अधिकृत टीकाराम कँडेल र ईञ्जिनियर भोजराज कौडेलका साथै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष डा. तिलचन्द्र भट्टराई र निवर्तमान अध्यक्ष उत्तमलाल चुके रहेका छन् ।
तदर्थ समितिले संस्थाको विधान तयार पारी दर्ताको प्रक्रिया अगाडि बढाउनुका साथै अन्य आवश्यक कार्य गर्ने बताइएको छ । समितिले अबदेखि नदी किनारमा कुनैपनि कार्यक्रम तथा क्रियाकलाप गर्दा अनिवार्य रुपमा समितिको स्वीकृती लिन सम्वन्धित सबैमा आग्रह गरेको छ ।

Read more...

स्थानीय समाचारहरु

सुपथ मूल्यका पसललाई प्रतिष्पर्धा गर्न गाह्रो
चितवन, ११ भदौ । स्थानीय व्यवसायीसँग प्रतिष्पर्धा गर्न चितवनका सुपथ मूल्यका पसललाई धौधौ परेको छ । जसका कारण प्रतिष्पर्धा गर्न नसक्दा यहाँका विभिन्न चार वटा सुपथ मूल्यका पसल बन्द भएका छन् ।
चितवनको शक्तिखोर, सिद्धि, दाहखानी र शिवनगर गाविसमा सञ्चालित चारवटा सुपथ मूल्यका पसल बन्द हुन पुगेको सहकारी डिभिजन कार्यालय चितवनका सूचना अधिकृत श्रीकृष्ण नेपालले जानकारी दिए ।
नेपाल सरकारले गत वर्ष ‘गाउँगाउँमा सहकारी घरघरमा रोजगारी’ भन्ने नाराकासाथ सर्वसाधारणलाई कम मूल्यमा सामान बिक्री गर्ने गरी यस्ता सहकारी खुलेका थिए ।
उक्त सहकारी खुलाउन सरकारले एक लाख रुपैयाँ अनुदानसमेत दिएको थियो । जिल्लामा रहेका ४२ सुपथ मूल्यका पसलमध्ये चार वटा बन्द भएपनि अन्यको कारोवार राम्रो रहेको नेपालले जानकारी दिए । बन्द भएका पसललाई थप अनुदानको आवश्यकता रहेको बताईएको छ ।

Read more...