Thu01182018

Last update01:57:25 AM

Back You are here: Home स्थानीय समाचार

स्थानीय समाचार

स्थानीय समाचारहरु

अर्थतन्त्रको विकास भएन
नारायणगढ, ९ भदौ । सरकारले सहकारीमा लगानी नगर्दा देशको अर्थतन्त्रको विकास हुन नसकेको शनिबार भरतपुरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
शरद–गौरी बचत तथा ऋण सहकारी संस्था गौरीगञ्जको १४ औं साधारण सभामा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् । सहकारीलाई अर्थतन्त्रको मेरुदण्ड भनिए पनि सरकारले लगानी नगर्दा सहकारीहरु धरासायी बन्दै गएको उनीहरुको भनाई थियो ।
कार्यक्रमका वक्ताहरुले पछिल्लो समयमा राजनैतिक अस्थिरताले सहकारीमा ठूलो असर पु¥याएको भन्दै सहकारी विकासका लागि राजनैतिक स्थिरता आवश्यक रहेको बताए ।
एसओएस बालग्राम चितवनका प्रमुख भोलानाथ पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बालग्रामका प्राचार्य गंगाबहादुर गुरुङ, रविकिरण वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रजापति सापकोटा, ज्योति यूवा क्लवका अध्यक्ष शोभाकर कँडेल, संस्थाकी उपाध्यक्ष भगवती लामिछानेलगायतले बोलेका थिए ।
संस्थाका अध्यक्ष मनहरि कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका कोषाध्यक्ष दिलिप न्यौपानेले वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Read more...

स्थानीय समाचारहरु

काँग्रेस चितवनको चुनावी सरगर्मी बढ्यो
नारायणगढ, ८ भदौ । नेपाल काँग्रेस चितवनको १२ औ जिल्ला अधिवेशन नजिदै गर्दा चुनावी सरगर्मी वढेको छ । जिल्ला नेतृत्व हत्याउनको लागि छुट्टा छुट्टै प्रचारवाजी गरेका छन् ।
सभापति पदका एक उमेद्वार विकास कोइरालाले शुक्रबार भरतपुरमा सञ्चारकर्मीहरुसँग आफ्नो उमेद्वारी अन्यायका विरुद्ध भएको प्रतिक्रिया दिएका छन् । उनले केन्द्रीय समितिले निर्वाचित जिल्ला कार्य समितिलार्ई बिना दोष अन्याय पूर्ण ढंगबाट भंग गरेकोले न्यायका लागि सबै कार्यकर्ताले भाद्र १५ गते हुने जिल्ला अधिबेशनमा मत दिने विश्वास ब्यक्त गरेका छन् ।
चितवनका केही नेताले केन्द्रीय समितिका नेतालार्ई बिन्ती भाउ बिसाएर कार्य समिति भंग गर्न लगाएको भन्दै पुरानतबादी सोचका बिरुद्ध जित हात पार्नका लागि उम्मेदवार दिएको बताए ।
आफूले कसैको पनि दासत्व स्वीकार नगर्ने बताउदै निवर्तमान सभापतिसमेत रहेका काइरालाले, नया र युवा साथीहरुको मनोबल बढाउनका लागी युवा शक्तिमा उर्जा दिने काम आफुले गर्ने दाबी गरे । आफ्नो उम्मेदवारी घोषणा ११ गते गर्ने उनले बताए । अधिवेशनमा काँग्रेसका पाँच सय ७६ जना प्रतिनिधिले मत हाल्नेछन् ।

Read more...

स्थानीय समाचारहरु

लोडसेडिङ फेरि बढ्यो
नारायणगढ, ४ भदौं । नेपाल विद्युुत् प्राधिकरणले सोमबारदेखि लागु हुनेगरी लोडसेडिङको समय फेरि बढाएको छ ।
प्राधिकरणका अनुसार अब हप्तामा ४६ घन्टा लोडसेडिङ हुनेछ । असार १३ गतेदेखि हप्तामा ३५ घण्टा लोडसेडिङ्ग हँुदै आएकोमा सोमबारदेखि हप्तामा ११ घन्टा थप भई ४६ घन्टा पुगेको छ ।
कुलेखानीमा पोहोरको तुलनामा यस पटक पानीको सतह घटेको, भारतबाट साविकमा आइरहेको विद्युत् आपूर्तिमा कटौती भएको र विद्युत्को माग पनि बढेका कारण लोडसेडिङ बढाउनु परेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको तालिका अनुसार अब हप्तामा चार दिन सात÷सात घण्टा र तीन दिन छ÷छ घण्टा लोडसेडिङ्ग हुनेछ ।

Read more...

स्थानीय समाचारहरु

सहुलियतको चिनी बिक्री शुरु
नारायणगढ, ७ भदौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले चितवनमा पनि सहुलियतको चिनी बिक्री बितरण शुरु गरेको छ ।
बजारमा चिनीको अभावले मूल्य आकासिएका बेला त्यसलाई नियन्त्रण गर्न साल्ट ट्रेडिङले भारतबाट सुविधामा आयात गरिएको चिनी बजारमा चिनी पठाएको बताएको छ । लिमिटेडले आफ्नै विक्री कक्ष र सहकारी संस्थामार्फत चिनी विक्री वितरण शुरु गरेको बताएको छ ।
हरेक निर्वाचन क्षेत्रमा एक–एक वटा सहकारी संस्थालाई चिनी बिक्रीका लागि जिम्मेवारी दिइएको छ । नारायणगढ शाखाका प्रमुख बुद्धिविनोद दाहालका अनुसार साल्ट ट्रेडिङले बिक्री गरेको सुविधाको चिनी आफ्नै बिक्री कक्षमा ७४ रुपैयाँ ५० पैसा र सहकारीमा ७६ रुपैयाँ पर्दछ ।
अहिले चितवनमा ५० किलोका चार हजार पाँच सय बोरा चिनी रहेको र केही दिनमा बजारमा चिनी सहज रुपमा उपलब्ध हुने दाहालले बताए ।

Read more...

स्थानीय समाचारहरु

निःशुल्क बाख्रा वितरण
जुटपानी, २ भदौ । उदयपुर सामुदायिक वन उपभोक्ता समिति जुटपानीले आफ्ना ६० जना उपभोक्ता सदस्यहरुलार्ई शनिबार निःशुल्क बाख्रा वितरण गरेको छ ।
शक्तिखोर, जुटपानी र पिठूवा गाविसको १२ वटा वडाका बिपन्न उपभोक्ताहरुलार्ई तीन लाख बराबरको बाख्रा वितरण गरिएको समितिका अध्यक्ष केशव लामाले जानकारी दिए ।
शनिबार आयोजित कार्यक्रममा जिल्ला वन कार्यालयका सहायक वन अधिकृत क्षेत्रविक्रम खाँडले उपभोक्ताहरुलाई बाख्रा हस्तान्तरण गरेका थिए । वनले आफ्ना सदस्यहरुको आयआर्जन बृद्धिका लागि अहिलेसम्म १५ लाख रुपैयाँ लगानी गरिसकेको समितिका अध्यक्ष लामाले जानकारी दिए ।

Read more...

स्थानीय समाचारहरु

पल्लवले साहित्यकारलाई सम्मान गर्ने
नारायणगढ, ६ भदौ । पल्लव साहित्यिक प्रतिष्ठानले आगामी भदौ १० गते विशेष कार्यक्रम गरी विभिन्न विद्याका साहित्यकारलाई सम्मान तथा पुरस्कृत गर्ने भएको छ ।
प्रतिष्ठानका अध्यक्ष गोर्खे साईलोद्वारा जारी विज्ञप्तिमा २४ जना भन्दाबढि जिल्लाका साहित्यकारको सहभागितामा हुने विशेष कार्यक्रममा दुल्र्लभ लामिछाने स्मृति पुरस्कारबाट  धरानका साहित्यकार टङ्कप्रसाद न्यौपानेलाई सम्मान गरिने उल्लेख छ ।
कार्यक्रममा विराटनगरका समालोचक एवम् साहित्यकार दधिराज सुबेदीलाई बोधनाथ–हिमकुमारी लामिछाने स्मृति पुरस्कार, काठमाण्डौंका बाल साहित्यकार ललिता दोषीलाई शेषनाथ लामिछाने स्मृति बाल पुरस्कार प्रदान गरिने जनाइएको छ । तीनवटै पुरस्कारको राशी नगद पा“च हजार एक सय ११ रुपैयाँ रहेको छ ।

Read more...

स्थानीय समाचारहरु

सौराहाको मजदुर आन्दोलन फिर्ता
सौराहा, १ भदौ । सौराहाका हात्ती फनित माउतेहरुले सञ्चालन गरेको आन्दोलन शुक्रबारदेखि फिर्ता भएको छ ।
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन र मातहतका संगठनले शनिबार विज्ञप्ती जारी गरी आन्दोलन फिर्ता गरेको बताए ।
सौराहाका युनाइटेड हात्ती सहकारीका पदाधिकारीहरु र आन्दोलनरत मजदुर संगठनबीचको वार्ताले आन्दोलनका क्रममा निष्कासनमा परेका मजदुरलाई पुनःबहाली, श्रम ऐन अनुसार सुविधा प्रदान गर्ने र आन्दोलनका क्रममा मजदुरहरुलाई कुटपीट गरिएकोमा क्षमायाचना गरिएको बताइएको छ ।
हात्ती सञ्चालन सहकारीका अध्यक्ष बलराम दाहालको अध्यक्षतामा भएको बैठकमा नेकपा माओवादीका राज्य समिति सचिव अनिल शर्मा बिरही, जिल्ला कमिटी सचिव मधुर नेपाल विप्लव, मजदुर नेता सूर्य बराल क्षितिजलगायतको उपस्थिति रहेको थियो ।

Read more...

स्थानीय समाचारहरु

अखिलको सुझाव संकलन
नारायणगढ, ५ भदौ । अनेरास्ववियुले काठमाण्डौंमा गर्न लागेको विधान सम्मेलनको लागि नारायणी अञ्चल समन्वय कमिटीले सुझाव संकलन गरेको छ । भरतपुरमा मंगलबार बसेको अनेरास्ववियु नारायणी अञ्चल समन्वय कमिटीकोे बैठकले सुझाव संकलन गरेको हो ।
हाल केन्द्रीय कमिटीमा तीन सय ५३ जना सदस्य रहने व्यवस्थालाई हटाएर ९९ सदस्य बनाउनु पर्ने, एघार सदस्य रहने केन्द्रीय पदाधिकारीलाई घटाएर छदेखि सात बनाउनु पर्ने, उमेर र शैक्षिक योग्यताको हदबन्दी लागु गर्नुपर्ने सुझाव संकलन गरेको अनेरास्ववियु केन्द्रीय सदस्य निरज भट्टले जानकारी दिए ।
अञ्चल समन्वय कमिटीका संयोजक शिवजीप्रसाद गुप्ताको अध्यक्षतामा बसेको बैठकले शैक्षिक क्षेत्रमा देखिएको समस्यालाई हटाउनको लागि सशक्त रुपमा अगाडि बढ्ने योजनासमेत बनाएको भट्टले बताए । एमाले चितवनका अध्यक्ष कृष्णप्रसाद खनाल प्रमुख अतिथि रहेको बैठकमा पार्टीले खेल्नुपर्ने भूमिकामा बोलेका थिए । विधान सम्मेलन यही भदौ ९ देखि ११ गतेसम्म काठमाण्डौंमा हँुदैछ ।

Read more...

स्थानीय समाचारहरु

बिकु देशैकै उत्कृष्ट सहकारी : नेप्स्कुन
गैंडाकोट, ३२ साउन । नवलपरासीको गैंडाकोटमा रहेको बिकु बचत तथा ऋण सहकारी संस्था देशकै उत्कृष्ट बचत तथा ऋण सहकारी संस्था घोषित भएको छ ।
२५ औं स्थापना दिवसका अवसरमा काठमाण्डौंमा आयोजित घोषणासभामा नेप्स्कुनले बिहीबार बिकुलाई सर्वोत्कृष्ट सहकारी घोषणा गरेको हो ।
पहँच, पुँजी संरचना, सुशासन, भौतिक पुर्वाधार, व्यवस्थापन, सदस्य संख्या, सदस्य सन्तुष्टि, कार्यसम्पादन र गैरवित्तीय सेवाहरुको आधारमा प्रदान गरिएको अंकका आधारमा बिकुलाई देशकै सर्वोत्कृष्ट सहकारीको रुपमा घोषणा गरिएको नेप्स्कुनका केन्द्रीय अध्यक्ष मिनराज कँडेलले जानकारी दिए ।
देशभरबाट छनौटमा परेका उत्कृष्ट चार दर्जन सहकारीबाट बिकु सर्वोेत्कृष्ट बन्न सफल भएको अध्यक्ष कँडेलको भनाइ छ । २०४८ सालमा २६ जनाबाट स्थापना भएको बिकु बचत तथा ऋण सहकारी संस्था यसअघि पश्चिमाञ्चल विकास क्षेत्रको उत्कृष्ट सहकारी संस्था घोषित भएको थियो ।

Read more...