Sun01212018

Last update01:57:25 AM

Back You are here: Home स्थानीय समाचार

स्थानीय समाचार

स्थानीय समाचार

प्रतिनिधि चयन
नारायणगढ, २२ भदौ । अनेरास्ववियु जिल्ला कार्यसमिति चितवनले असोज ३ गतेबाट काठमाडाँैमा हुने २१ औँ महाधिवेशनका लागि शनिबार  पाँच जना प्रतिनिधि चयन गरेको छ ।
अनेरास्ववियुको पूर्ण बैठकले  खुल्लातर्फ केशव कँडेल र देवप्रसाद पाठक, महिलातर्फ सबिना चौलगाई,  उच्चमावितर्फबाट स्वरुप सुयाँल र मावितर्फबाट सुरज थपलियालाई  महाधिवेशन प्रतिनिधि चयन गरेको हो ।

Read more...

स्थानीय समाचार

मेलमिलापबारे छलफल
नारायणगढ, ३० चैत । जिल्ला बार एसोसिएसन चितवनले आयोजना गरेको मेलमिलाप सम्बन्धी एक दिवसीय अन्तरक्रिया कार्यक्रम शुक्रबार भरतपुरमा सम्पन्न भएको छ ।
कार्यक्रममा सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले मेलमिलाप न्यायालयले भित्र्याएको बताए । यस सम्बन्धी ऐनसमेत आइसकेकोले यसको आवश्यकता र महत्व बढेको बताए ।
उनले न्याय माग्न आएकालाई अदालतले न्याय दिनेमात्र नभई न्याय पाएको अनुभूति गराउन सक्नुपर्ने बताए । कार्यक्रममा सहभागी भएका कानुन व्यवसायीहरुलाई न्याय सम्वन्धी निर्देशनसमेत दिएको जिल्ला बार एसोसिएसनका जिल्ला अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए ।

वन हेरालु हिरासतमा
नारायणगढ, ३० चैत । पूर्वीचितवनको जुटपानी–४ मा रहेको उदयपुर सामुदायिक वन उपभोक्ता सममूहले वन सममूहका वन हेरालुहरुलाई निर्दोष अवस्थामा बिहीबारदेखि ईलाका प्रहरी कार्यालय टाँडीको हिरासतमा राखिएको भन्दै गम्भीर ध्यानार्कषण भएको जनाएको छ ।
वन सममूहका अध्यक्ष केशव लामाले शुक्रबार एक विज्ञप्ती जारी गर्दै वन क्षेत्रको गस्ती गर्ने क्रममा बिहीबार दिउँसो काँचो रुख काट्दै गरेको समयमा गस्ती टोलीमा रहेका वन हेरालु चित्रबहादुर वाईवा र रेशम कुमाललाई देखेर रुख काट्ने व्यक्तिहरु भाग्ने क्रममा बुङखहरे खोलामा लड्न गई पदमपुर–८ का केदारसिंह मोक्तान घाईते भएको बताएका छन् । स्वयम् मोक्तानको कमजोरीबाट घाईते भएकोमा निर्दोष वन हेरालुहरुलाई हिरासतमा राखिनु आपत्तिजनक भएको विज्ञप्तिमा जनाइएको छ ।

शुभकामना आदान प्रदान
नारायणगढ, ३० चैत । शहीद स्मृति बहुमुखी क्याम्पसको ब्यवस्थापन संकाय अन्तर्गत स्नातकोत्तर तह प्रथम वर्षमा अध्ययनरत विद्यार्थीले नयाँ वर्षको अवसरमा शुक्रबार शुभकामना आदान प्रदान तथा परिचात्मक कार्यक्रम सम्पन्न गरेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि सुरेन्द्रनाथ रेग्मी, बिशेष अतिथि बोधनाथ गजुरेल, प्राध्यापकहरु दीपक घिमिरे, रामकृष्ण लम्साललगायतले शुभकामना मन्तब्य राखेका थिए । अशोक बरुवालको अध्यक्षतामा भएको कार्यक्रमको संयोजक प्रकाशबाबु खनाल रहेका थिए ।

स्थानीय समाचार

सोमेश्वर गढीको अनुगमन
नारायणगढ, २१ चैत । सोमेश्वर गढी संरक्षण समितिको आयोजनामा वुधबार माडीको ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्र सोमेश्वर गढीको अनुगमन गरिएको छ ।
सीमा अनुगमन तथा पूजा व्यवस्थापनका लागि माडीस्तरीय सर्वपक्षीय मूल समितिले त्यस क्षेत्रको अनुगमन गरेको हो । ३० जना सदस्य रहेको उक्त टोलीमा सोमेश्वर गढी संरक्षण समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो । भ्रमणका क्रममा त्यस क्षेत्रमा भारतीय पक्षले नेपाली भूमिमा व्यापारिक प्रयोजनका लागि आठ वटा टहरा निर्माण गरेको पाईएको छ । आउंदै गरेको चैते दशैंका लागि पनि मन्दिरलाई रंगरोगन गरिएको छ ।
समितिका अध्यक्ष माधवप्रसाद चापागार्इंको अध्यक्षतामा बुधबार बसेको बैठकले सोमेश्वर गढीको विकास र संरक्षणका लागि विभिन्न निर्णय गरेको छ । बैठकले तत्काल मन्दिर र मूर्तिहरुको जिर्णोद्धार गर्नुपर्ने आवश्यकता रहेको निष्कर्ष निकालेको छ । मन्दिरमा पूजा व्यवस्थापनका लागि तीन जना पुजारी राख्ने निर्णय गरिएको छ ।
सोमेश्वरको विकास र प्रवर्धनका लागि माडीको सर्वपक्षीय समितिले बिहीबार प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराउने भएको छ । सोमेश्वर क्षेत्रमा नेपाल र भारतको सिमानामा नेपाली सिमा सुरक्षा बलको स्थापनाका लागि आग्रह गरिने समितिले जनाएको छ ।

Read more...

स्थानीय समाचार

योग ध्यान विज्ञान शिविर शुरु
नारायणगढ, २६ चैत । वागेश्वरी आध्यात्मिक परिषद् योगी नरहरीनाथ आश्रमको आयोजनामा देवघाटधामको वागेशवरीमा सोमबारदेखि सात दिने गोरख योग ध्यान विज्ञान शिविर शुरु भएको छ ।
शिविरको सोमबार बिहान एक कार्यक्रमबीच चितनवन जिल्लाका न्यायाधीश भोलानाथ चौलागाईले उद्घाटन गरे । शिविर आगामी बैशाख १ गतेसम्म सञ्चालन गरिने शिविरका संयोजक शैलेन्द्रकुमार पियाले जानकारी दिए । हरेक दिन बिहान साढे पाँच बजेदेखि दुई घण्टासम्म चल्ने शिविरमा युवा विद्वान श्रीचैतन्य कृष्ण, योगी सोमराज र धर्म महारसले ध्यान र योग गराउने कार्यक्रम छ । शिविरमा विभिन्न प्रकारका जडिवुटीको उपयोगिताबारे पनि प्रकाश पारिने बताइएको छ ।

परीक्षामा लापर्वाहीको गुनासो
चितवन, २६ चैत । चितवनमा सञ्चालन भैरहेको ब्याचलर नर्सिङ (बीएन) बिषयको परीक्षामा लापर्वाही भैरहेको गुनासो आएको छ ।
चितवनमा बालकुमारी उच्चमावि परीक्षा केन्द्रमा बीएनको परीक्षा सञ्चालन भैरहेको छ । उक्त केन्द्रका केन्द्राध्यक्ष दयाराम पौडेलकै सम्लग्नतामा विद्यार्थीहरुलाई चीट चोराउने काम भैरहेको बताइन्छ ।
परीक्षामा अनियमितता भैरहँदा त्यसको निगरानी, अनुगमन र मूल्याङ्कन गर्नुपर्ने जिम्मेवार मानिएका प्रमुख जिल्ला अधिकारी र जिल्ला शिक्षा अधिकारी कहाँ गुनासो पु¥याउँदा पनि उनीहरुले नसुनेको बताइन्छ ।

स्थानीय समाचार

पञ्चकन्याको स्वर्ण महोत्सव
चितवन, २० चैत । रत्ननगर नगरपालिकामा रहेको पञ्चकन्या उच्चमाविले स्वर्ण महोत्सव मनाउने भएको छ ।
विद्यालय स्थापनाको ५५ वर्ष पुरा भई ५६ वर्ष प्रवेश गरेको अवशरमा विद्यालयले स्वर्ण महोत्सव मनाउने भएको हो । विद्यालयले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानाकारी दिएको छ ।
स्वर्ण महोत्सवको अवशरमा चैत २१ गतेदेखि २९ गतेसम्म नौ दिवसीय कार्यक्रमहरु गरिने विद्यालयका प्राचार्य मेघनाथ दुवाडीले जानकारी दिए । उक्त अवशरमा आध्यात्मिक प्रवचन, मोटरसाइकल -याली, नगर स्तरीय हाजिरिजवाफ प्रतियोगिता, बक्तृत्वकला प्रतियोगिता, शैक्षिक सामाग्री निर्माण कार्यशाला, सरसफाई कार्यक्रम, पूर्व विद्यार्थी, शिक्षक कर्मचारीहरुको पुनर्मिलनलगायत कार्यक्रमहरु गरिने बताइएको छ ।
महोत्सवको अवशरमा स्वर्ण स्मारिका प्रकाशन, स्वर्ण स्तम्भ निर्माण र नामावली प्रकाशन, विद्यालयको इतिहासमा योगदान पु¥याउने व्यक्तिलाई सम्मान कार्यक्रमसमेत रहेको उक्त अवशरमा जानकारी दिइएको थियो । स्वर्ण महोत्सव पुरा गर्नका लागि १० लाख रुपैंया खर्च लाग्ने र उक्त महोत्सवको चर्चित हाँस्य कलाकार जोडी हरिबंश आचार्य र मदनकृष्ण श्रेष्ठले गर्ने बताइएको थियो ।

Read more...

स्थानीय समाचार

विपीको शालिकमा माल्यार्पण
नारायणगढ, २४ चैत । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले क्यान्सर अस्पतालको समृद्धिका लागि आफ्नो पार्टी जस्तोसुकै सहयोग गर्न तयार रहेको बताएका छन् ।
क्यान्सर अस्पताल भरतपुरको परिसरमा रहेको विपी कोइरालाको शालिकमा शनिबार विहान माल्यार्पण गर्न पुगेका कोइरालाले अस्पतालका कर्मचारीहरुलाई संवोधन गर्दै यस्तो प्रतिवद्धता ब्यक्त गरे । उनले विपीको नाम जोडिएको अस्पतालको साख र गरिमालाई अझ उचाईमा पु¥याउनु कांग्रेसको दायित्व समेत भएको बताए । सभापति कोइरालालाई अस्पतालका डेपुटी डाइरेक्टर विजयराज न्यौपानेलगायतले स्वागत गरेका थिए ।
पार्टी प्रवक्ता दिलेन्द्र बडु, केन्द्रीय सदस्य आनन्द ढुंगाना र जिल्लाका नेताहरु सहित अस्पताल पुगेका कोइराला कांग्रेस चितवनका पूर्वसभापति कृष्णलाल सापकोटा र मुक्तिलाल चुकेलाई भेट गरी शनिबार काठमाडौं फर्किएको जिल्ला सचिव जितनारायण श्रेष्ठले जानकारी दिए ।

नेविसंघको इकाइ गठन
नारायणगढ, २४ चैत । पञ्चकन्या उच्च माध्यमिक विद्यालय जयमंगलामा शनिबार सम्पन्न भेलाले नेवि संघ इकाइ गठन गरेको छ ।
भेलाले नविन श्रेष्ठको अध्यक्षतामा १० सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा आदेश बानिया र एलिन भट्ट, सचिवमा रोशन दंगाल, कोषाध्यक्षमा शान्ता श्रेष्ठ, एवं सहसचिवमा आशिष नेपाल रहेका छन् । कार्यक्रममा दीपक पराजुली, उदय भण्डारीलगायतले मन्तव्य राखेका थिए ।

सरकारी गाडी दुरुपयोग
नारायणगढ, २४ चैत । नेकपा माओवादी र अखिल क्रान्तिकारी चितवनले सार्वजनिक विदाका दिन सरकारी सवारी साधनको दुरुपायोग गरेको भन्दै शनिबार सुनसरीका स्थानीय विकास अधिकारी चढेको गाडी नियन्त्रणमा लिएर प्रहरीलाई वुझाएका छन् ।
पूर्वी चितवनको शहिद स्मृति वहुमुखी क्याम्पस अगाडिबाट सुनसरी जिल्लाका स्थानीय विकास अधिकारी राजेन्द्र पाण्डे चढेको को १ झ ३३३ नम्बरको गाडी नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रत्ननगरमा वुझाएका हुन् । शनिबार सार्वजनिक विदाको दिन सरकारी सम्पत्ति दुरुपयोग गरेकोले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइएको अखिल क्रान्तिकारी चितवनका उपाध्यक्ष सरोज भण्डारीले जानकारी दिए ।

सत्संग समारोह
नारायणगढ, २४ चैत । अद्धैत संस्था देवघाट अचार्य पिठद्वारा तनहुँमा गण्डकी अञ्चल स्तरीय विशेष सत्संग समारोह शनिबार सम्पन्न भएको छ ।
सहचारी अनन्तलाल सरस्वतीले दीप प्रज्ज्वलन गरी उद्घाटन गरेकोे क्रार्यक्रममा ब्रह्माज्ञानी गुरुदेव डाक्टर क्षितिशचन्द्र चक्रवर्तीद्वारा रचित नेपाली उपनिषद्को पाठ पारायण गरिएको थियो । यसैगरी आइतबार भनपा–८ गौरीगञ्जमा र सोमबार गैडाकोटमा नारायणी अञ्चल स्तरीय विशेष सत्संग कार्यक्रम हुने भएको छ ।

होटल व्यवसायीलाई प्रशिक्षण
नारायणगढ, २४ चैत । एसडीवीसी सोसाइटी नेपाल र तराई भूपरिधि ताल कार्यक्रम धनगढीको संयुक्त आयोजनामा वन, वन्यजन्तु र जैविक विविधताको संरक्षणमा होटल व्यवसायीहरुको भूमिका विषयक एकदिने प्रशिक्षण तथा अभिमुखीकरण तालिम शनिबार सौराहामा सम्पन्न भएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत फणिन्द्रराज खरेल प्रमुख अतिथि रहेको कार्यक्रम क्षेत्रीय होटेल संघ सौराहाका अध्यक्ष नारायण भट्राईको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा सहभागी होटल व्यवसायीहरुलाई रवि तिमिल्सिना, अमिर महर्जन, रेञ्जरहरु विष्णुप्रसाद थपलिया, देवी पौडेलले प्रशिक्षण दिएका थिए । कार्यक्रममा कुल ३८ होटल व्यवसायीहरुको सहभागिता रहेको थियो ।

अवैध हतियार बुझाउन आग्रह
नारायणगढ, २४ चैत । इलाका प्रहरी कार्यालय रत्ननगरले अवैध रुपमा राखिएका हातहतियार बुझाउन नगरवासीलाई आग्रह गरेको छ ।
यसअघि गरिएको आग्रहमा कसैले पनि हतियार नबुझाएको भन्दै पुनः सम्पूर्ण नगरवासीमा आग्रह गरिएको इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरीक्षक देवेन्द्रबहादुर पालले जानकारी दिए । कार्यालयले यसअघि फागुनमा हतियार वुझाउन एक महिनाको समय दिएको थियो । दोश्रो पटक आग्रह गरिए अनुसार अब वैशाख १७ गतेसम्म अवैध रुपमा राखिएका हातहतियार वुझाउनु पर्ने उनले बताए । थप गरिएको समयमा हतियार वुझाए कारवाही नहुने र नवुझाएर पछि फेला परे कानुन वमोजिम कारवाही हुने प्रहरी निरीक्षक पालले बताए ।

चाहियो लिम्बुवान राज्य
चितवन, २४ चैत । किराँत याक्थुङ चुम्लुङ केन्द्रीय समितिले चितवनमा आयोजना गरेको दुई दिने प्रशिक्षण कार्यक्रमको समापन समारोहमा बोल्ने वक्ताहरुले लिम्बुवान राज्यको टुंगो नलागेसम्म आफ्ना सवाल कायम राख्ने बताएका छन् ।
चुम्लुङका जिल्ला अध्यक्ष जनक लिम्बुको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा प्रमुख अतिथि चुम्लुङका केन्द्रीय महासचिव लिला सिगक, सचिव प्रेम येकतेन, कोषाध्यक्ष गोविन्द आङ्बुहाङ, केन्द्रीय सदस्य नरेन्द्रकुमार कन्दङ्वा र नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद् चितवनका अध्यक्ष पदमबहादुर गुरुङले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नयाँ संस्थाको पुरानो च्यानल
क्षेत्रपुर, २४ चैत । एकता सञ्चार नेपालले चितवनको पुरानो च्यानल बेसो टेलिभिजन सञ्चालन गर्ने भएको छ ।
सूचना तथा सञ्चार मन्त्रालयबाट केबुलमार्फत् प्रसारण गर्ने इजाजत पाएपछि नयाँ संस्था एकता सञ्चारले डिजिटल प्रविधिबाट केबुल मार्फत पुरानै बेसो च्यानल प्रसारण गर्न लागेको हो ।
एकता सञ्चारले चितवनमा पहिलोपटक प्राप्त गरेको अनुमति अनुसार अब बेसो टेलिभिजन नेपालको जुनसुकै शहरमा प्रसारण गर्न सहज हुने बेसो टेलिभिजनका अध्यक्ष ऋषिराज पाण्डेको भनाई रहेको छ ।
आगामी दिनमा समुदायको सकारात्मक परिवर्तनका लागि कार्य गरिरहने बेसो टेलिभिजनका प्रबन्ध निर्देशक भुपेन्द्र बस्नेतले बताए । चितवन, नवलपरासी र मकवानपुर प्रसारण क्षेत्र रहने गरी प्रसारण ईजाजत पाएको टेलिभिजनले नयाँ बर्षको अवसर पारेर विभिन्न कार्यक्रम ल्याउने तयारी गरेको क्रियटिभ डाईरेक्टर कोमलचन्द्र भगतले जानकारी दिए ।

गैँडाकोटमा स्वास्थ्य शिविर
गैंडाकोट, २४ चैत । गैँडाकोट जेसिसको आयोजनामा शनिबार गैँडाकोट ३ ढोडेनीमा एकदिने निःशुल्क स्त्री तथा प्रसुति रोग सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
भरतपुर अस्पतालका स्त्री तथा प्रसुति विभागका प्रमुख डा. सुनिलमणि पोखरेल, डा. विनिता थापा र डा. अरुण गुरुङले शिविरमा एक सय ७४ जना महिलाको स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा विशेषगरी पाठेघर, महिनाबारी सम्बन्धी समस्या र आङ् खस्ने समस्या भएका महिलाहरुको सङ्ख्या बढी रहेको चिकित्सकहरुले बताए ।
आङ् खस्ने समस्या भएकाहरुलाई भरतपुर सामुदायिक अस्पताल र भरतपुर सरकारी अस्पतालमा निःशुल्क शल्यक्रियाको व्यवस्था गरिने गैँडाकोट जेसिसका अध्यक्ष मधुसुदन पाण्डेले जानकारी दिए ।

थरुहटको अध्यक्षमा रुक्मिणी
माडी, २४ चैत । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटको माडीमा सम्पन्न पहिलो राष्ट्रिय महाधिवेशनले अध्यक्षमा रुक्मिणी थारुलाई चयन गरेको छ  ।
नयाँ केन्द्रीय कार्यसमितिको महासचिवमा लिला गम्भीर, कोषाध्यक्षमा ललित चौधरी र प्रवक्तामा प्रदिप चौधरी रहेका छन् । चितवनको माडीमा आयोजना गरिएको पहिलो राष्ट्रिय महाधिवेशनले संविधानसभा निर्वाचनमा भाग लिने निर्णय गरेको छ । निर्वाचनमा पार्टीका केन्द्रीय अध्यक्ष रुक्मिणी थारुको उमेदवारीलाई पार्टीको मुख्य ऐजेन्डा बनाउने निर्णय गरिएको छ ।
महाधिवेशनमा २२ जिल्लाबाट ४ सयभन्दा बढी प्रतिनिधि र पर्यवेक्षकको सहभागिता रहेको थियो । जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक प्रतिनिधित्वको माग गर्दै आएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट ) पार्टीले उपत्यकासहित २२ जिल्लामा आफ्नो कार्यसमिति बिस्तार गरेको छ ।
 
जेएमसीको साधारणसभा
चनौली, २४ चैत । जेएमसी बचत तथा क्रृण सहकारी संस्था चनौलीको छौठौ साधारणसभा शनिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष चुडामणि उपाध्यायको अध्यक्षतामा सम्पन्न सभामा गुञ्जनगर गाविसका अध्यक्ष पदमप्रसाद ढकाल प्रमुख अतिथि रहेका थिए । सभामा संस्थाका सचिव महेन्द्र गुरुङले प्रगति प्रतिवेदन र भवी कार्ययोजना एवं लेखा संयोजक ओमप्रसाद लामिछानेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

विद्यालयमा नयाँ समिति
रत्ननगर, २४ चैत । नेपाल उच्च माध्यमिक विद्यालय रत्ननगरमा शनिबार नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ ।
कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत गठन गरिएको हो । कार्यसमितिको सदस्यहरुमा मेघराज ढकाल, वालसिंह चौधरी, भरथी महतो, रामबाबु घिमिरे, प्रेमकृष्ण खनाल, माधवप्रसाद भट्टराई, चन्द्रप्रसाद नेपाल, दिवाकर अर्याल, वन्न महतो चयन भएका छन्  । पदेन सदस्यमा वडा सचिव रमेश ताम्राकार र सदस्य सचिवमा गोपाल शर्मा आचार्य रहेका छन् । सल्लाहकार समिति संयोजकमा प्रेमनाथ दुवाडी, सम्पत्ति संरक्षण संयोजकमा शान्ति शर्मा र शिक्षक अभिभावक संघको संयोजकमा नवराज पौडेल चयन भएको निर्वाचन समितिका संयोजक एवम् विद्यालय निरीक्षक गोपाल भण्डारीले जानकारी दिए ।

वाइसीएल र अनेमसंघ गठन
रत्ननगर, २४ चैत । रत्ननगर १२ मा शनिवार एकीकृत नेकपा माओवादीको भातृ संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारी र वाइसीएल कमिटी गठन गरिएको छ ।
महिला संघको अध्यक्षमा मिना बास्तोला, उपाध्यक्षमा खुमा लम्साल, सचिवमा मनु थापा, कोषाध्यक्षमा सिर्जना पंगेनी लगायत २१ सदस्यीय वडा कमिटि गठन गरिएको हो । वाइसीएल अध्यक्षमा सुर्य लामा, उपाध्यक्षमा प्रमोद रेग्मी र शिव ढकाल, सचिवमा पिताम्वर देवकोटा, कोषाध्यक्षमा शैलेन्द्र खनाल लगायत ४१ सदस्यीय वडा कमिटि गठन गरिएको विकास पौडेलले जानकारी दिए ।
वडा अध्यक्ष विन्दा खड्काको अध्यक्षतामा भएको कार्यक्रममा एकीकृत नेकपा माओवादीका सदस्य  ईश्वरी भट्टराई प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा एकिकृत नेकपा माओवादीका नगर अध्यक्ष कृष्णप्रसाद सापकोटा, सचिव भिमसेन पौडेल, जिल्ला सल्लाहकार गंगा बास्तोला, वाइसीएल इलाका संयोजक मेघनाथ पौडेल, अखिल क्रान्तिकारी इलाका संयोजक दयाराम पौडेल, वाइसीएल नगर अध्यक्ष शंकर दर्नाल, वडा सचिव टिका थापा, विनोद पंगेनी लगायतले बोलेका थिए ।

फुटबलमा गैंडाकोट प्रथम
चितवन, २४ चैत । पञ्चकन्या उच्च माध्यमिक विद्यालयले स्वर्ण महोत्सवको अवसरमा आयोजना गरेको जिल्ला स्तरीय छात्रा फुटवल प्रतियोगितामा गैडाकोट खेलकुद विकास समिति प्रथम भएको छ ।
शनिवार भएको फाईनल खेलमा आयोजक पञ्चकन्या उच्च माविलाई २–१ गोल अन्तरले पराजित गर्दै गैडाकोट खेलकुद विकास समिति प्रथम भएको हो । प्रतियोगितामा चार वटा टिमको सहभागिता रहेको थियो । विजयी टिमलाई पुरस्कार वितरण गरिएको छ ।
पुरस्कार वितरण कार्यक्रम विद्यालय व्यवस्थापन समितिका सदस्य तीर्थमाया पौडेलको अध्यक्षता तथा नगर विकास खेलकुद समितिका संयोजक मदन डंगोलको प्रमुख आतिथ्यतामा भएको थियो ।
यसैबीच, भुतपूर्व विद्यार्थी तथा पूर्व फुटबल खेलाडी स्वर्गीय दामोदर तिवारीको स्मृतिमा उनका छोरा सुशील तिवारीले एक लाख एक हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । अक्षयकोषको नाम स्वर्गीय दामोदर तिवारी स्मृति खेलकुद अक्षयकोष घोषणा गरिएको विद्यालयले जनाएको छ ।

बस दुर्घटनामा बालिकासहित दुईको मृत्यु
नवलपरासी, २४ चैत । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको माकर– ४ दाउन्नेमा शनिबार बस पल्टिँदा एक बालिकासहित दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ३ ख ३६७८ नम्बरको बस पल्टिँदा बसमा सवार सर्लाही सल्यानपुर– १ की एक वर्षीया मन्सी यादव र रौतहट कुडिया– ६ का १८ वर्षीय रुपन बैडाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी पाँच जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइतेको भरतपुर मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ । दुर्घटनाग्रस्त बसका चालक सम्पर्क बाहिर रहेको प्रहरीले जनाएको छ ।

स्थानीय समाचार

चितवन सांगीतिक उत्सव हुने
नारायणगढ, २१ फागुन । नारायणगढको एटुजेड मोवाईल हाउसले आगामी शनिबार चितवन सांगीतिक उत्सवको आयोजना गर्ने भएको छ ।
चितवन बहिरा संघको सहयोगार्थ मोवाईल हाउसले आफ्नो १० औं वार्षिकोत्सवको अवसरमा उक्त सांगीतिक उत्सव गर्न लागेको बताएको छ । कार्यक्रममा नेपालका चर्चित रक तथा पप ब्याण्ड तथा गायकहरु मन्त्र, द एड्ज, द स्याडोज नेपाल, सविन राई र उनको ब्याण्ड, प्रहर तथा सुवासितको विभिन्न प्रस्तुतिहरु रहने कार्यक्रम संयोजक दिवाकर गुरुङले जानकारी दिए ।

Read more...

स्थानीय समाचार

कालिका एप्लीकेसन सार्वजनिक
भरतपुर, २३ चैत । कालिका एफएमले शुक्रबार पत्रकार सम्मेलन गरी कालिका एफएम एप्लीकेसन सार्वजनिक गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै एफएमका अध्यक्ष बिक्रम पाण्डेले नेपाली रेडियो क्षेत्रमा पहिलोपटक कालिका एफएमले स्मार्टफोनमा प्रयोग गर्न मिल्ने एप्लीकेसन सार्वजनिक गरिएको बताए । यो एप्लीकेसन गुगल प्ले स्टोरबाट निःशुल्क डाउनलोड गर्न सकिने एफएमले जनाएको छ ।
स्मार्टफोनमा एप्लीकेसन डाउनलोड गरेपछि कालिका एफएम प्रत्यक्ष सुन्न सकिन्छ । यसबाहेक एप्लीकेसनमा रहेको म्युजिक ग्यालरीमा गएर चाहेको बेला नेपाली गीत सुन्न सकिने, एफएमको कार्यक्रममा गीत फर्माइस गर्न सकिने एफएमले जनाएको छ ।

नवलपरासीमा अवैध हतियार संकलन
गैँडाकोट, २३ चैत । जिल्ला प्रहरी कार्यालय नवलपरासीले जिल्लाका विभिन्न स्थानबाट अवैध रुपमा राखिएका २५ थान हातहतियार संकलन गरेको छ ।
ईलाका प्रहरी कार्यालय गैँडाकोटमा १० थान र ईलाका प्रहरी कार्यालय डेढगाँउमा १५ थान हतियार संकलन भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरीक्षक विरेन्द्र थापाले जानकारी दिए । जनताले यसरी स्वस्फूर्त रुपमा बुझाएका हतियार सबै भरुवा वन्दुक रहेको प्रहरी निरीक्षक थापाले बताए । प्रहरीले गाउँमा रहेका अवैध हतियार बुझाउन पटकपटक सूचना जारी गरिरहेको छ ।
नवलपरासीको गैँडाकोट, मुकुन्दपुर, रतनपुर, कोटथर, डेढगाँउलगायतका क्षेत्रबाट हतियार संकलन भएको प्रहरी भनाई छ । अन्य क्षेत्रमा ठूलो मात्रामा हतियार भएपनि अभैm बुझाउन नआएको प्रहरीको भनाई छ । प्रहरीले नवलपरासीमा ठूलो मात्रामा हतियार हुन सक्ने भन्दै हतियार बुझाउने समय ३० दिन थप गरेको छ । 

तीस अभियुक्त हिरासतमा
नारायणगढ, २३ चैत । जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न अभियोगमा पक्राउ परेका ३० जना अभियुक्तलाई कार्यालयको हिरासतमा राखेको छ ।
कुनै अभियोगमा किटानी जाहेरी परेपछि नियन्त्रणमा लिई अनुसन्धानमा सहजताको लागि प्रहरीले आफ्नो हिरासतमा राख्ने नियम अनुरुप नियन्त्रणमा राखेको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीÔक टंकप्रसाद भट्टराईले जानकारी दिए । साधारण अभियोगमा २५ दिन र लागुऔÈध अभियोगमा ९० दिनसम्म हिरासतमा राख्न सकिने कानुनी प्रावधान छ । प्रहरी हिरासतमा सार्वजनिक अपराधका १२, लागुऔÈधका सात, मोटरसाईकल चोरीका ६, जबरजस्ती करणीका दुई, सवारी ज्यान मुद्दाका दुई र अपहरण तथा शरीर बन्धक उद्योगका एक आरोपीहरु छन् ।

नयाँ चरा भेटियो
नारायणगढ, २३ चैत । चितवनको सिद्धि गाविसस्थित ज्यानदाला जंगलमा मुसे लेकचरी नामको नयाँ चरा भेटिएको छ ।
बर्ड एजुकेसन सोसाईटी चितवनका निवर्तमान अध्यक्ष बासु बिडारीले शुक्रबार नयाँ चरा भेटिएको बताएका छन् । बर्ड एजुकेशन सोसाईटीका संस्थापक सचिव रमेश चौधरीले स्विडेनका दुई जना पर्यटकलाई चरा अवलोकनमा लैजाँदा उक्त चरा भेटिएको बताए ।
अब चितवनमा पाईने चराको संख्या ५ सय ६९ प्रजाति पुगेको छ । नयाँ चरा भँगेराभन्दा अलि ठुलो र छातीमा खैरो, फ्ुस्रो तथा जुरो आएको रहेको छ ।

गाविसमा ज्ञापनपत्र
नारायणगढ, २३ चैत । पद्मोदय युवा क्लब पटिहानीले नौ बुँदे माग राखी शुक्रबार पटिहानी गाविसमा ज्ञापनपत्र बुझाएको छ ।
युवाहरुको मुद्दालाई सम्बोधन गर्दै गाविस स्तरीय सर्वपक्षीय युवा सञ्जाल गठन गरिनु पर्ने, युवा गतिविधि सञ्चालनका लागि वार्षिक रुपमा बजेट विनियोजन गरिनु पर्ने, लागुपदार्थ दुव्र्यसनी र यौन व्यवसाय नियन्त्रणका लागि ठोस कार्यक्रम ल्याइनु पर्ने लगायतका माग राख्दै क्लबका अध्यक्ष रामहरी सेढाईले गाविस सचिव दामोदर भटराईलाई  ज्ञापनपत्र बुझाएका हुन् ।

स्थानीय समाचार

राईजिङ स्टारको शिर्ष पाँच छनौट
चितवन, १९ फागुन । सिनर्जी राईजिङ स्टार अन्तर्गत शिर्ष पाँच गायक छान्ने काम शनिबार सम्पन्न भएको छ ।
शिर्ष १० जना प्रतिस्पर्धीहरुबाट छानिएका पाँच जना गायकहरुमा गुञ्जनगरका किरण गुरुङ, नवलपरासीकी निर्मला गोदामी, नवलपरासीका जितु थापा, मंगलपुरका विनोदबाबु रसाइली र रत्ननगरकी सुषमा विक रहेका छन् ।
शिर्ष १० प्रतिस्पर्धीहरुको स्टुडियो प्रस्तुति, नारायणी कला मन्दिरमा भएको लाइभ इन कन्सर्ट, निर्णायकहरुको मुल्याङ्कन र एसएमएस भोटिङका आधारमा उनीहरुलाई छनौट गरिएको बताइएको छ ।
अहिले छनौट गरिएका शिर्ष पाँच मध्येबाट आगामी चैत ८ गते सिनर्जी राइजिङ स्टारको घोषणा गरिने बताइएको छ । नारायणी कला मन्दिर नारायणगढमा विशेष कार्यक्रम गरी तेश्रो सिनर्जी राइजिङ स्टारको घोषणा गरिने बताइएको छ ।
राइजिङ स्टारका निर्णायकहरुमा गायक तथा संगीतकारहरु प्रसाद श्रेष्ठ , सहन प्रधान र दिपक प्रधान रहेका छन् । सिनर्जी राईजिङ्ग स्टारको उपाधी जित्न सफल प्रतिस्पर्धीको एकल एल्बम बजारमा ल्याइने र नयाँ राईजिङ्ग स्टारलाई नगद ५० हजार रुपैया पुरस्कार प्रदान गरिने एफएमका स्टेसन म्यानेजर अमर प्रधानले बताए ।

शिक्षक संगठनको अधिवेशन हुने
नारायणगढ, १९ फागुन । नेपाल राष्ट्रिय शिक्षक संगठन चितवनको ११ औं जिल्ला अधिवेशन यही फागुन २५ र २६ गते हुने भएको छ ।
शिक्षकहरुको हक अधिकारलाई राज्यले सम्वोधन गर्न दवाव दिँदै सम्मेलन सम्पन्न हुने संगठनले जनाएको छ । अधिवेशनका विषयमा जानकारी दिने उद्देश्यले शनिबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनीहरुले राहत शिक्षकलाई दरबन्दीमा राखिनु पर्ने, करार नियुक्तिको अन्त्य हुनुपर्ने, पोसाक सवैलाई समान रुपमा दिनुपर्ने लगायत शिक्षकका अधिकारका विषयमा व्यापक रुपमा छलफल गरिने जनाइएको छ ।
दुइदिन सम्म चल्ने अधिवेशनको नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले उद्घाटन गर्ने तय भएको शिक्षक संगठनका अध्यक्ष भानुप्रसाद उपाध्यायले जानकारी दिए । अधिवेशन सम्पन्न गर्नका लागि एकसय ६१ सदस्यीय मूल आयोजक समितिसमेत गठन गरिएको छ ।

अक्षय कोष स्थापना
नारायणगढ, १९ फागुन । सुसुम्ना नाडी घाईतेमैत्री समाजले अक्षयकोष स्थापना गर्ने भएको छ ।
शनिबार नारायणगढमा आयोजना गरिएको अन्तत्र्रिmयामा समाजले मेरुदण्डको समस्याका बिरामीहरुलाई राहत दिने उद्देश्यले अक्षयकोष स्थापना गर्ने जनाएको हो ।
५० लाखको अक्षयकोष स्थापनाको लक्ष्य रहेकोमा एक लाख ५५ हजार सङ्कलन भएको कोषाध्यक्ष नीरकुमारी सुनारले कार्यक्रममा जानकारी दिइन् । विभिन्न दुर्घटनामा परेर मेरुदण्डको समस्याबाट थलिएकाहरुलाई अक्षयकोषको ब्याजबाट प्राप्त रकमबाट उपचार र दैनिकीमा सहयोग गरिने सचिव बिर्खमान गुरुङले जानकारी दिए ।
अन्तत्र्रिmयामा सुसुम्ना नाडी घाईतेहरुले सामाजिक असमानता उन्मुलनका लागि एकता हुनुपर्नेमा सहभागीहरुले जोड दिएका थिए । उनीहरुले हरेक क्षेत्र अपाङ्गमैत्री बनाउन सरकारी एवम् गैह सरकारी निकायलाई अनुरोध गरे ।
सरकारले भौतिक संरचना र कानुन अपाङ्ग मैत्री नबनाएका कारण समाजमा अझै पनि अपहेलित बन्नु परेको समितिका उपाध्यक्ष गजेन्द्र श्रेष्ठले गुनासो गरे । समाजका अध्यक्ष शोभाकला सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी बयोबृद्ध अभिभावक रत्नकला सुवेदी, सदस्य लक्ष्मी अधिकारी साहित्यकार डि.आर पोखरेल लगाएतले बोलेका थिए ।
यसैबीच रोटरी क्लव अफ रत्ननगर र रोट्र्याक क्लव अफ रत्ननगरले भरतपुर अस्पतालका पाँच जना मेरुदण्ड पक्षघात भएका विरामीहरुलाई ह्वीलचियर वितरण गरेको छ । क्लवले अन्तराष्ट्रिय ह्वीलचियर दिवसको अवसरमा उक्त ह्वीलचियर वितरण गरेको हो ।
रोटरी क्लब अफ रत्ननगरका अध्यक्ष डा. विजयराज न्यौपाने, मेरुदण्ड पक्षघात सम्बन्धी विशेषज्ञ डा. कृष्णप्रसाद पौडेल, आयरल्याल्डका नागरिक स्ट्रफन मुल्डनको प्रमुद लगाएतले मन्तव्य राखेका थिए ।

निमावी पिठुवाको अध्यक्षमा सिजापती
चितवन, २१ फागुन । निमावि पिठुवा ९ को शनिबार सम्पन्न अभिभावक भेलाले जीवन सिँजापतिकोे अध्यक्षमा सात सदस्यीय विद्यालय ब्यवस्थापन समिती गठन गरिएको छ ।
समितिको सदस्यमा जगतबहादुर बि.क., नारायण लामिछाने, टीकाराम पोखरेल, बिष्णु लामिछाने, गीता अर्याल र अनिता रेग्मी रहेका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकर देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला शिक्षा कार्यालय चितवनका उपसचिव हुमनाथ शर्मा, श्रोतब्यक्ति रामकृष्ण लम्साल, कृष्णबहादुर नेपाल, दिलबहादुर गुरुङ, जीवन सिँजापती, द्रोणप्रसाद लामिछाने लगायतले मन्तव्य राखेका थिए ।

हस्ताक्षर संकलन
चितवन, १९ फागुन । सुरक्षित बैदेशिक रोजगारीको सुनिश्चतताका लागि राजनीतिक दलहरुलाई दवाव सिर्जना गर्ने उद्देश्यले एम्नेष्टी इन्टरनेशनल नारायणी समूह ३३ ले शनिबार माडीको बसन्तपुरमा हस्ताक्षर संकलन गरेको छ ।
संस्थाका संयोजक अर्जुन अधिकारीको अध्यक्षता एवम् पूर्व केन्द्रीय सदस्य केशव कँडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पाँच सय जनाले हस्ताक्षर गरेका थिए ।
कार्यक्रममा सुरक्षित बैदेशिक रोजगारीका सन्दर्भमा हस्ताक्षर संकलन गरिनुका साथै परामर्शसमेत दिइएको कार्यक्रम संयोजक राजेन्द्र पौडेलले जानकारी दिए ।

निःशुल्क स्वास्थ्य शिविर
चितवन, १९ फागुन । नारायणी सामुदायिक हस्पिटल भरतपुर र मितेरी सहकारी संस्था माडीको संयुक्त आयोजनामा शनिबार बसन्तपुरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
माडी महोत्सवको अवसरमा गरिएको शिविरमा स्वास्थ्य परीक्षणसँगै औषधि बितरण, भिडियो एक्सरे र इसिजी पनि निःशुल्क गरिएको नारायणी सामुदायिक हस्पिटलका प्रवन्ध निर्देशक पुष्पराज शर्माले जानकारी दिए । नौ जना बिशेषज्ञ चिकित्सकसहित ४० जनाको स्वास्थ्य टोली बसन्तपुर गएको उनले जानकारी दिए ।
बरिष्ठ चिकित्सक एवम् हस्पिटलका अध्यक्ष डाक्टर भक्तमान श्रेष्ठसहित फिजिसियन, सर्जन, हाडजोर्नी, स्त्री तथा प्रसुती लगायतका बिशेषज्ञले स्वास्थ्य परीक्षण गरेको शर्माले बताए ।
यसैगरी आशा अस्पताल भरतपुर र क्षत्री समाज नेपाल चितवनको संयुक्त आयोजनामा माडीको बसन्तपुरमा शनिबारै निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शिविरमा स्वास्थ्य परीक्षणका साथै औषधिसमेत निःशुल्क बितरण गरिएको थियो । शिविरमा स्त्री तथा प्रसुती रोग बिशेषज्ञ डाक्टर शारदा कुँवर, डाक्टर दिपेन्द्र र प्रज्वलसिंह कुँवरले स्वास्थ्य परीक्षण गरेका क्षत्री समाज चितवनका अध्यक्ष धनबहादुर क्षत्रीले बताए ।

अनेमसंघमा पुण्यप्रभा
चितवन, १९ फागुन । अखिल नेपाल महिला संघ क्षेत्रीय समिति, चितवन क्षेत्र नम्बर २ को पहिलो अधिवेशनले पुण्यप्रभा अधिकारीको अध्यक्षतामा २१ सदस्यीय समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा रश्मी बर्तौला, सचिवमा पार्बती केसी, सहसचिवमा कविता देवकोटा, कोषध्यक्षमा बसन्त थापा चुनिएका छन् ।
अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य एवम् अञ्चल इन्चार्ज प्रभा बरालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा, नेकपा एमाले चितवनका जिल्ला अध्यक्ष जेएन थपलिया, अनेमसंघ जिल्ला अध्यक्ष सूर्यबदना हमाल, एमाले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य कृष्ण खनाल, जिल्ला कमिटी सदस्यहरु मायादेवी खतिवडा, सुशिला लामिछाने, यादव पाठक लगायतले मन्तव्य राखेका थिए ।

विषादीरहित खेतिसम्बन्धी तालिम
चितवन, १९ फागुन । लोक कल्याणकारी बचत तथा ऋण सहारी संस्था भनपा–६ र एग्रीकेयर नेपालको सहकार्यमा शनिबार विषादीरहित तरकारी तथा फलफूल उत्पादन सम्बन्धी तालिम सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष सालिकराम खरेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नवराज सापकोटाको प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा नारायणप्रसाद कँडेल, शिवहरि पँगेनी, तालिमका संयोजक संगिता दवाडी लगायतले मन्तव्य राखेका थिए ।

रक्तदान कार्यक्रम
चितवन, १९ फागुन । बिक्रम वावा हाउजिङ प्रालिको आयोजनामा पश्चिम चितवनको पटिहानीमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा एक सय २० जनाले रक्तदान गरेका थिए । हाउजिङका अध्यक्ष लेखराज पन्तको अध्यक्षतामा भएको कार्यक्रममा नारायणी जग्गा तथा आवास व्यवसायी संघका पूर्व अध्यक्ष दिनेशकुमार चुके प्रमुख अतिथी रहेका थिए ।
रक्तदान कार्यक्रम सम्पन्न गर्न स्थानीय न्यू गोल्डेन टाइगर, पदमोदय र जनप्रेमी क्लवले सहयोग गरेका थिए ।
यसैगरी माडी महोत्सवको अवसरमा शनिबार कालिका सामुदायिक महिला विकास केन्द्र माडी, चितवनले खुल्ला रक्तादान कार्यक्रम सम्पन्न गरेको छ ।
माडी महोत्सव परिसरमा सम्पन्न कार्यक्रममा माडी महोत्सवको अवलोकन गर्ने अवलोकनकर्ता, संस्थाका कार्यसमिति, साधारण सदस्य, विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिसमेत १६ महिला ४१ पुरुष गरी जम्मा ५७ जनाले रक्तदान गरेका थिए ।
रेडक्रस जिल्ला सदस्य हरि पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको रक्तदान कार्यक्रममा संस्थाकी अध्यक्ष कोपिला सिवाकोटी, सचिव सुशिला दाहाल लगायतले मन्तव्य राखेका थिए ।

एमाले पदमपुरको अधिवेशन
चितवन, १९ फागुन । नेकपा एमाले पदमपुरको १० औं अधिवेशन शनिबार पदमपुरमा शुरु भएको छ ।
उक्त अधिवेशनको एमाले पोलिटब्युरो सदस्य काशिनाथ अधिकारीले उद्घाटन गरेका थिए । गाँउ कमिटीका अध्यक्ष टीकाराज रिजालको अध्यक्षतामा भएको अधिवेशनमा केन्द्रीय सदस्य देवी ज्ञवाली, राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यद्वय विजय सुवेदी, कृष्ण खनाल, जिल्ला कमिटी अध्यक्ष जेएन थपलिया, जिल्ला सदस्य जयन्द्रप्रसाद चौधरी, युवा संघ नेपालका केन्द्रीय लेखा आयोगका अध्यक्ष कमलराज पाठक लगायतले मन्तव्य राखेका थिए ।
उक्त कार्यक्रममा पूर्व सांसद जागृतप्रसाद भेटवाललाई सम्मान गरिएको थियो । अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने कार्यक्रम रहेको छ ।