Thu01182018

Last update01:57:25 AM

Back You are here: Home स्थानीय समाचार

स्थानीय समाचार

स्थानीय समाचारहरु

बेसो च्यानल र हाम्रो एफएम विजयी
गैंडाकोट, ३० साउन । विजय एफएमको नवाँै बार्षिकोत्सवका अवसरमा आयोजित अन्तरसञ्चार संस्था भलिबल प्रतियोगिताको बुधबार भएको खेलमा बेसो च्यानल नारायणगढ र हाम्रो एफएम भरतपुर बिजयी भएका छन् ।
बेसो च्यानलले बुधबारको पहिलो खेलमा पत्रकार महासंघ नवलपरासीलाई २२–२५, २५–२० र २५–२२ ले पराजित गरेको हो । त्यस्तै दोश्रो खेलमा हाम्रो एफएमले क्रिष्टल टेलिभिजनलाई २५–१० र २५–१२ को सोझो सेटमा पराजित ग¥यो ।
विभिन्न सञ्चार संस्थाका आठ टिम सहभागी प्रतियोगितमा बिहीबार दोश्रो चरणका खेलहरु हुनेछन् । बिहीबार पहिलो खेलमा सिनर्जी एफएम भरतपुर र मध्यबिन्दु एफएम कावासोती भिड्ने छन् । दोश्रो खेलमा हाम्रो एफएम भरतपुर र बेसो च्यानल भरतपुरबीच प्रतिस्पर्धा हुने आयोजक बिजय एफएमले जनाएको छ ।

Read more...

स्थानीय समाचारहरु

लेखा तालिम सम्पन्न
नारायणगढ, ३० साउन । उद्योग वाणिज्य संघ–चितवनको आयोजनामा दुई दिने आधारभुत लेखा तालिम सम्पन्न भएको छ ।
संघका कार्यसमिति सदस्य तथा तालिम समितिका संयोजक चुननारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष कल्याण जोशी, रजिष्टर्ड अडिटर सूर्यनाथ अधिकारी र उवासंघ–चितवनका राजस्व समितिका सदस्य घनश्याम भट्टराईले मन्तव्य राखेका थिए ।

Read more...

स्थानिय समाचार

ऐलानीमा बस्न पाउनुपर्ने माग
नारायणगढ, २६ साउन । सरकारी वनको जमिनमा निर्माण गरेको घर जिल्ला वन कार्यालयले भत्काएको भन्दै शक्तिखोरका एकजना चेपाङले आपत्ति जनाएका छन् ।
शक्तिखोर –७ चिसापानीका लक्ष्मण चेपाङले आफ्नो घर कार्यालयका कर्मचारीले भत्काएको भन्दै आपत्ति जनाए । शुक्रबार भरतपुरमा पत्रकारहरुसँग कुरा गर्दै उनले चिसापानी वन क्षेत्रमा अन्य व्यक्तिले घर टहरा बनाएर बस्दै आएपनि आफूलाई मात्र दुःख दिएको बताए ।
जिल्ला वन कार्यालयले सरकारी वन क्षेत्रमा घर टहरा निर्माण गरेको भन्दै मंगलबार चेपाङको घर भत्काएको थियो । चिसापानी वन क्षेत्रमा दर्जनौ पक्की तथा कच्ची घरहरु रहेका छन् ।

Read more...

स्थानीय समाचारहरु

सुशिल कोईराला गैंडाकोट आउँदै
गैंडाकोट, २७ साउन । नेपाली काँग्रेसका सभापति सुशिल कोईराला नेपाली काँग्रेस गाउँ समिति गैंडकोटको भवन शिलान्यास गर्नका लागि गैंडाकोट आउने भएका छन् ।
काँग्रेस गैंडाकोटले एक करोड ३१ लाखको लागतमा गैंडाकोटको काँग्रेसचोकमा निर्माण गर्न लागेको चार तल्ले कार्यालय भवनको सभापति कोइरालाले शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।
गैंडाकोटको गणेश मन्दिरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा भवन निमार्ण समितिका संयोजक ओमप्रसाद सापकोटाले यसअघि पार्टीले खरिद गरेको तीन कट्ठा छ धुर क्षेत्रफल जग्गामा निमार्ण हुने भवन आगामी नौ महिनामा सम्पन्न गर्ने बताए ।
भवनका लागि हालसम्म एक सय ९३ जनाबाट २९ लाखमात्र उठेको बताउँदै बाँकी रकम स्वैच्छिक रुपमा आफ्ना सहयोगी कार्यकर्ताहरुबाट उठाइने उनले बताए ।
सभापति कोईरालाले यहि श्रावण २९ गते बिहान भवनको शिलान्यास गर्ने र त्यसपछि जनक कलेजको खेल मैदानमा आयोजित आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको गैंडाकोट काँग्रेसका सभापति तारापति खरेलले जानकारी दिए ।

Read more...

स्थानिय समाचार

महिलाको सिक्री लुट्ने पक्राउ
नारायणगढ, २५ साउन । नवलपरासी गैंडाकोटमा रहेको मौलाकालिका मन्दिर जाने दर्शनार्थीको सुनको सिक्री चोर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मौलाकालिका मन्दिर जानेक्रममा महत बिसौनी नजिकैबाट लुटेराहरुले चितवन गुन्जानगरकी जमुना घिमिरेकोे डेढ तोलाको सिक्री चोरेर भागेको थिए । फरार रहेका लुटेराहरुलाई प्रहरीले हर्दी केलादीबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भरतपुर –६ धर्मचोकका मनोज गुरुङ र मकवानपुर पदमपोखरी –७ का सिद्धार्थ लामा रहेका छन् । उनीहरुले आफूहरुले सिक्री चोरेको प्रहरी समक्ष स्वीकार गरेको र लुटेरालाई ईलाका प्रहरी कार्यालय गैंडाकोटको नियन्त्रणमा राखिएको प्रहरी निरीक्षक बिरेन्द्र थापाले बताए ।

Read more...