Mon12112017

Last update01:57:25 AM

Back You are here: Home साहित्य

साहित्य

भाग्यले बाँचेकाहरु हेर्न पाइने

नारायणगढ, ३० साउन । प्रेस चौतारी चितवनले पत्रकार कल्याणकारी कोष स्थापनाका लागि भदौ १४ गते नारायणगढमा भाग्यले बाँचेकाहरु नामक वृत्तचित्र प्रदर्शन गर्ने भएको छ ।
पत्रकार गणेश पाण्डेद्वारा निर्देशित वृत्तचित्र भाग्यले बाँचेकाहरूको प्रदर्शनीबाट उठेको रकम पत्रकार कल्याणकारी कोषमा राखिनेछ । वृत्तचित्रमा धरहरा ढल्दै गरेको प्रत्यक्ष भिडियोदेखि बैशाख १२ गतेको महाभूकम्पमा परेर बाँच्न सफल सात जनाको कथालाई समेटिएको छ । यसको निर्माण शारदा गैरे, छायाँकन विनोद विष्ट, सम्पादन कुमार शाह, लेखन दीपक कोइराला र अंग्रेजी अनुवाद विकास बस्नेतले गरेका छन् ।
साइन मिडिया प्रालिद्वारा निर्मित वृत्तचित्रमा जुगल डंगोलले संगीत भरेका छन् भने सम्राट मुभिजले पोष्ट प्रडक्सन गरेको छ । डकुमेन्ट्रीमा बैशाख १२ को विनाशकारी भूकम्पमा परेर पनि आश्चर्यजनक रुपमा नयाँ जीवन पाएका सात जना लगायत अन्य नेपालीहरुको कथा छ ।
काठमाडौँको सुन्धारास्थित काठमाडौँ मल अगाडि ट्राफिक प्रहरी करण भण्डारीलाई बचाउने हिरामाया नेपाली, पाँचतले घरले पुरिएर २२ घण्टापछि जीवितै उद्दार गरिएका भक्तपुरका सोनिस अवाल, सोनिसलाई जीवितै उद्दार गर्ने नेपाली सेनाका सुबेदार दीपक राई र सिपाही विकास केसीको कथा वृत्तचित्रमा समेटिएको छ । यसैगरी, धराहराबाट खसेर बाँच्न सफल लमजुङकी बबिता सेढाई, काठमाडौँको नयाँ बसपार्कबाट १ सय १२ घण्टापछि सकुशल उद्धार गरिएका नुवाकोटका पेम्बा तामाङ, काठमाडौँको बसपार्कमै सात तले घरले थिचिँदा ८२ घण्टासम्म आफ्नै पिसाब खाएर बाँचेका अर्घाखाँचीका ऋषि खनालको कथा वृत्तचित्रमा छ ।
काठमाडौँको बसपार्कमै होटलमा किचिएर दुबै खुट्टा गुमाएका दैलेख बाँसीका रमेश खत्री, भूकम्प आएपछि इनारमा पुरिएपछि जीवितै उद्धार गरिएकी भक्तपुरकी ७५ बर्षीया शिवकुमारी खागी, आफ्नै बाबुले सिकाए अनुसार भूकम्प आएपछि खाटमुनि छिरेर जीवन गुमाएकी नुवाकोट तुप्चेकी उत्सना शर्मा र काठमाडौँको काभ्रेस्थलीमा छिमेकीको घरले किच्दा एउटा खुट्टा गुमाएकी मकवानपुरकी प्रिया विकको पीडादायी कथा वृत्तचित्रमा हेर्न पाइन्छ ।
भूकम्पमा परेकालाई जीवितै उद्धार गरेर वाहवाही कमाएका सशस्त्र प्रहरी निरीक्षक लक्ष्मण बस्नेत, नेपाल प्रहरीका निरीक्षक प्रदीप क्षेत्री र एउटै चितामा पाँच–सात जनाको शव जलाउनु पर्दा विक्षिप्त बनेका भक्तपुरका सविन ख्याँजुको कथा–व्यथादेखि भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारी तथा १९९० साल र २०७२ सालका दुई ठूला भूकम्प देखेका राष्ट्रकवि माधवप्रसाद घिमिरेसम्मका अनुभवलाई पर्दामा उतारिएको छ ।

बुढ्यौलीमा पहिलो बालप्रेमिकालाई प्रेम

मतिप्रसाद ढकाल

लकाश भन्ने नाम मैले २०३६ सालमा देवघाटमा दुई कक्षा पढ्दा नै सुनेको थिएँ । उनी बलेवा बागलुङका हुन् । उनका पद्याञ्जलि, ‘गीताञ्जली, ‘भावाञ्जली, ‘शौर्यगाथा बहरका लहरहरू नामक साहित्यिक कृतिहरू प्रकाशित भइसकेका छन् । उनको लघुकृतिका रूपमा फेसबुक सन्देश भर्खरै प्रकाशित भएको रहेछ ।

आजको युवापुस्तामात्र होइन, प्रौढपुस्ता पनि फेसबुकमा रमाइरहेका सन्दर्भमा आएको फेसबुक सन्देश नामक मुक्तक सङ्ग्रहको शीर्षकले नै मलाई निकै आकर्षित ग¥यो । प्राध्यापक कपिल अज्ञातको भूमिकाले सजिएको गोजी आकारको यस लघुकृतिमा १ सय ५० मुक्तक सचित्र र शीर्षकसहित समावेश गरिएका छन् । दम्पतीसुख विश्वास दुवै शीर्षकमा एउटै चित्र दोहोरिएको भएपनि अन्यत्र फरकफरक चित्र समावेश गरिनुले यसमा समाविष्ट मुक्तकलाई सहज रूपमा बुझ्न सघाएको छ ।

मङ्गलाचरणबाट ग्रन्थको प्रारम्भ गर्ने पूर्वीय सिद्धान्तलाई यस कृतिले पनि अवलम्बन गरेको देखिन्छ । गुरुवन्दना शीर्षकबाट प्रारम्भ भएको यो कृति जीवनसाथी शीर्षकमा पुगेर अन्त भएको छ ।

गजल

रामकृष्ण पौडेल

पोहर साल आएन भाई अहिले लिन पठाउ“ आमा
घरमै बसी तिजको दिन कसो गरी कटाउ“ आमा ।

रातोसाडी रातोपोते साईली–माईली आ“गनीमा
तेरा माईती खोई भन्दा के भनेर बताउ“ आमा ।

तिम्रो उमेर भरेभोली दाजुभाई बिदेशतिर
मन बुझाउने ठाउ“ पाईन के गरेर खटाउ“ आमा ।

दिदी–बैनी घरका सबै जम्मा हुँदै खा“दा आखिर
अ“गेनाको छेउमा राखी भन्थे घिउ तताउ आमा ।

गजल

अमृत सुवेदी

यहाँ मान्छेको दर्जा पाउन गाह्रो छ

आफ्नै स्वाभिमान बचाउन गाह्रो छ

भयावहले बरु यहाँ मूर्दाहरु जाग्लान्

तर ज्यूँदाहरुलाई ब्यूँझाउन गाह्रो छ

यो देशका नेता देख्दा यस्तो लाग्छ

गधा धोएर गाई बनाउन गाह्रो छ

हामीहरु माटो खाएर बाँचिरहेका छौं

उनीहरुलाई घिऊ पचाउन गाह्रो छ

ए युवा पाखुरी लगाऊ, चट्टान फुटाऊ

सजिलै सपनाहरु फुलाउन गाह्रो छ

तिमी मेरो छेउ आउँदा यस्तो लाग्छ

अव फेरि त्यो जून उदाउन गाह्रो छ ।