Sun01212018

Last update01:57:25 AM

Back You are here: Home खेलकुद महिला लीग राष्ट्रिय फुटबल हुने

खेलकुद

महिला लीग राष्ट्रिय फुटबल हुने

नारायणगढ, २८ भदौ । अखिल नेपाल फुटबल संघको वार्षिक कार्यक्रम अनुसार भदौ ३० गतेदेखि नारायणगढमा महिला लीग राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ ।
चितवन जिल्ला फुटवल संघले भदौ ३० गतेदेखि असोज ८ गतेसम्म नारायणगढको क्याम्पाचौरमा वेष्र्टन युनियन महिला लीग राष्ट्रिय फुटबल प्रतियोगिता–२०७१ गर्न लागेको हो । शनिबार नारायणगढमा पत्रकार सम्मेलन गरी चितवन जिल्ला फुटबल संघले प्रतियोगिताबारे जानकारी गराएको हो ।

संघका अध्यक्ष राजेशराम श्रेष्ठले खेलमा तीन विभागीय टिम र पाँच विकास क्षेत्रका पाँच वटा टिम सहभागी रहने जानकारी दिए । नेपाल एपीएफ, नेपाल प्रहरी र त्रिभुवन आर्मी क्लब गरी तीन विभागीय टिम खेलमा सहभागी रहने छन् । पाँच वटै विकास क्षेत्रबाट छनोट भएका खेलाडीहरुको पाँच टिम प्रतियोगितामा सहभागी हुने श्रेष्ठले जानकारी दिए ।
खेल मैदान व्यवस्थित गर्न, खेलाडीहरुलाई खेलप्रति उत्साह जगाउन, फुटबल विकासका लागि विशेष कार्यक्रम सञ्चालन गर्न तथा चितवनको व्यापार व्यवसायलाई फस्ट्याउन प्रतियोगिता सहयोगी हुने संघका सचिव नारायण ढकालले जानकारी दिए । प्रतियोगिता गर्नका लागि १९ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
प्रतियोगिताको विजयी टिमले नगद दुई लाख रुपैयाँ र द्वितीय हुनेले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट गोल किपर, डिफेन्स, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस महिला फुटबल टिमको विरुद्ध मध्यपश्चिमाञ्चल महिला फुटबल टिमबीच प्रतिस्पर्धा हुनेछ ।
यस राष्ट्रिय खेलमा चितवनका महिला खेलाडी भने सहभागी हुन सकेका छैनन् । जिल्लामा आयोजना गरिएपनि चितवनको खेलाडी भने छनौट चरणबाटै बाहिरिएको कार्यक्रममा जानकारी गराइएको थियो ।