Sun01212018

Last update01:57:25 AM

Back You are here: Home खेलकुद मिडिया कप–हाम्रो एफएमलाई उपाधि

खेलकुद

मिडिया कप–हाम्रो एफएमलाई उपाधि

गैंडकोट, २ भदौ । नवलपरासीमा सञ्चालित अन्तर मिडिया कप भलिबल प्रतियोगिताको उपाधि चितवनको हाम्रो एफएमले हात पारेको छ ।
गैँडाकोटस्थित जनक उच्च माविको मैदान काँग्रेसचोकमा शनिबार विहान भएको खेलमा नवलपरासीको रेडियो मध्यबिन्दुलाई पछाडी पार्दै हाम्रो एफएम चितवन विजयी भएको हो ।
नवाँै वार्षिकोत्सवको अवसरमा सामुदायिक रेडियो विजय एफएम १०१.६ ले आयोजना गरेको अन्तर–सञ्चारसंस्था मैत्रिपूर्ण सेमिफाइनलको दोस्रो खेलमा चितवनको सिनर्जि एफएमलाई २५–१७ र २५–२२ को सोझो सेटमा हराउँदै हाम्रो एफएम फाइनलमा पुगेको थियो ।


फाइनल खेलमा रेडियो मध्यबिन्दुलाई २१–२५, २६–२४ र २५–२० को सेटमा पराजित गर्दै हाम्रो एफएमले उपाधि उचालेको हो । यसअधि बेसो च्यानललाई हराउँदै फाइनलमा पुगेको रेडियो मध्यबिन्दुले भने दोस्रो स्थानमा चित्त बुझाएको छ ।
प्रथम र दोस्रो स्थान हासिल गर्ने सञ्चार संस्थालाई शनिबार एक विशेष कार्यक्रमको आयोजना गरी क्रमशः ३० र २५ किलोको खसी वितरण गरिएको छ ।
विजय एफएमले वार्षिकोत्सवको अवसरमा प्रत्येक वर्ष अन्तर–सञ्चारसंस्था मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।
यस वर्ष चितवन र नवलपरासीका विभिन्न आठवटा सञ्चार संस्थाले प्रतियोगिातमा सहभागिता जनाएका थिए ।