Sun01212018

Last update01:57:25 AM

Back You are here: Home खेलकुद नेपालद्वारा अमेरिका ३२ रनले पराजित

खेलकुद

नेपालद्वारा अमेरिका ३२ रनले पराजित

काठमाडौँ, २२ भदौ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन ४ मा नेपालले लगातार चौथो जित हात पारेको छ ।
मलेसियाको किन्रारा ओभल मैदानमा शुक्रबार भएको खेलमा संयुक्त राज्य अमेरिकालाई ३२ रनले हराएपछि नेपालको डिभिजन ३ मा उक्लिने संभावना बलियो बनेको छ ।
खेलमा जितका लागि दुई सय ५९ रनको लक्ष्य पछ्याएको अमेरिकालाई नेपालले ४८.२ ओभरमा दुई सय २६ रन बनाएर अल आउट ग¥यो ।
नेपालका बसन्त रेग्मीले पाँच तथा शक्ति गौचन र सञ्जम रेग्मीले समान दुई–दुई तथा अमृत भट्टराईले एक विकेट लिए ।  
यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले सुवास खकुरेलको शतकीय योगदानको मद्दतमा ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ५८ रन बनाएको थियो ।
सुवासले एक सय ४२ बलको सामना गर्दै १० चौका र दुई छक्काको मद्दतमा एक सय १५ रन बनाए । त्यसैगरी ज्ञानेन्द्र मल्ल ४६ र पारस खड्काले ४१ रन बनाए । ज्ञानेन्द्रले पाँच चौका प्रहार गरेका थिए भने अनिल मण्डलले २० रन बनाएका थिए ।
सबै चार खेल जित्दै नेपाल अङ्क तालिकामा आठ अङ्कसहित पहिलो छ भने छ अङ्कसहित सिङ्गापुर दोस्रो र डेनर्माक तेस्रो स्थानमा छन् ।
नेपालले आइतबार आफ्नो अन्तिम खेलमा डेनमार्कको सामना गर्नेछ । पहिलो स्थानमा रहेको नेपालको रनरेट पनि राम्रो भएका कारण आइतबार डेनर्माकसँगको खेल सामान्य अन्तरले हारे पनि नेपाल डिभिजन –३ मा उक्लिनेछ ।