Sun01212018

Last update01:57:25 AM

Back You are here: Home खेलकुद अमेरिका नेपालद्वारा आठ विकेटले पराजित

खेलकुद

अमेरिका नेपालद्वारा आठ विकेटले पराजित

अमृत बास्कुने
नारायणगढ, २५ भदौं । नेपालले अपाराजित रहदैं आइसीसी लिग डिभिजन–४ प्रतियोगिता टुङ्ग्याउने क्रममा सोमबार भएको फाइनल खेलमा अमेरिकालाई आठ विकेटले पराजित गरेको छ ।
अमेरिकाले ४८ ओभर एक बलमा अलआउट हुँदै एक सय ४५ रन जोड्दै नेपाल सामु प्रस्तुत गरेको एक सय ४६ रनको बिजय लक्ष्य नेपालले एक सय ३२ बल खेल्न बाँकी छदै २८ ओभरमा दुई विकेटको क्षतीमा पुरा ग¥यो । नेपालले अमेरिकालाई हराउने क्रममा कप्तान पारस खड्काले २५ र सुवास खकुरेलले नट आउट ४० रन जोडे । नेपालका ओपनर ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले ६६ रनमा आउट भए अनिल मण्डलले नेपालका लागि तीन रन जोडे ।
डिभिजन–४ को फाइनल खेलमा नेपाल सामु अमेरिकी बलर तथा ब्याट्सम्यान सबै निरिह सावित भएका थिए । उनीहरुले प्रयोग गरेको कुनै पनि शुत्र सफल हुन नसक्दा २८ औं ओभरमा जितका लागि आवश्यक रहेको १२ मध्ये सुवास खकुरेलले एक रन लिएर स्ट्राइकमा पठाएका पारस खड्काले दुई चौका र दुई पटक दुईदुई गरी १२ रन बटुल्दै ओभरको अन्तिम बलमा जित निकाले ।


नेपालले सोमबारको प्रतियोगितामा अमेरिकालाई हराउने क्रममा बसन्त रेग्मीले नौं ओभर एक बलमा २० रन खर्चेर पाँच विकेट लिए । त्यस्तै शक्ति गौचनले दुई र पारस खड्का, बसन्त रेग्मी सञ्जय रेग्मी र बिनोद दासले एकएक विकेट लिएका थिए । अमेरिकाका लागि स्टेभन टेलरले ११, मिश्राले २८, नदाकर्नी र बेकरले समान ३९ रन बनाए भने अन्यले त्यत्ति राम्रो रन जोड्न सकेनन् ।
लिग चरणको पहिलो खेलमा नेपालले सिंगापुरलाई पाँच विकेटले पराजित गरेर लिग चरणको खेल थालेको थियो । दोस्रो खेलमा नेपालले तान्जानियालाई आठ विकेटले पराजित ग¥यो भने तेस्रो खेलमा आयोजक मलेसियालाई १० विकेटले पराजित गरेको थियो । त्यस्तै गरी लिग चरणको चौथो खेलमा अमेरिकालाई ३२ रनले पराजित गरेको नेपालले पाँचौ तथा अन्तिम खेलमा डेनमार्कलाई २५ रनले पराजित गर्दै आफ्नो लिग चरणको यात्रालाई अपराजित भएर टुङ्ग्याएको थियो ।
नेपालले डेनमार्कलाई जितेका कारण अमेरिका नेट रन रेटका आधारमा डिभिजन–३ मा उक्लने मौका पायो । नेपाल पाँच खेलमा अपराजित रहँदै १० अंकसहित माथि उक्लीयो भने अमेरिका, डेनमार्क र सिंगापुरको समान छ अंक भएपनि रन रेटका आधारमा अमेरिकाले डिभिजन–३ मा उक्लने मौका पाएको थियो ।
यस प्रतियोगिताको सफलतासँगै नेपालको विश्वकप क्रिकेट २०१५ को ढोका पनि खुलेको छ । आगामी अप्रिलमा बर्मुडामा हुने डिभिजन–३ प्रतियोगितामा उत्कृष्ट–२ मा स्थान बनाएरमाथि उक्लिएमा नेपालले डिभिजन–२ का दुई देशसँगै १० टोलीमा उत्कृष्ट दुईमा पर्दै विश्वकप क्रिकेट खेल्ने अवसर पाउने छ । २०१५ मा क्रिकेट प्रतियोगिता अष्ट्रेलिया र न्यूजिल्याण्डमा हुँदैछ ।
डिभिजन–३ मा डिभिजन–२ बाट रेलिगेसनमा परेर झरेको युगाण्डा र बर्मुडा, साविकको डिभिजन ३ को तेस्रो र चौथो टोली ओमान र इटाली र डिभिजन–४ को बिजेता नेपाल र उपबिजेता अमेरिका रहेका छन् । उनीहरुबीचको आपसमा प्रतिस्पर्धापछि उत्कृष्ट दुईवटा टिम डिभिजन–२ मा उक्लने छन् ।
विश्वकप छनौटका लागि एक दिवसीय मान्यता प्राप्त देशहरुका तेस्रो, चौथो, पाँचौ, छैठौं, सातौं र आठौं हुने गरी छ देशसँगै डिभिजन–२ का पपुवा न्यूगिनी र हङकङ तथा डिभिजन–३ बाट उक्लिएका दुई गरी १० देश बीच सन् २०१४ मा प्रतिस्पर्धा हुनेछ र विश्वकपका लागि दुई टिम छनौट हुनेछन् । विश्वकपका लागि टेष्ट मान्यता प्राप्त १० राष्ट्र डिभिजन–१ बाट उत्कृष्ट दुई र डिभिजन–२ बाट उत्कृष्ट दुई गरी १४ देशको सहभागिता रहनेछ ।