Sun01212018

Last update01:57:25 AM

Back You are here: Home खेलकुद जिल्लास्तरीय एथलेटिक्समा आयोजक पहिलो

खेलकुद

जिल्लास्तरीय एथलेटिक्समा आयोजक पहिलो

चितवन, २९ मङ्सिर स्मलहेभन स्कूल कल्याणपुर चितवनमा सम्पन्न जिल्लास्तरीय अन्तर विद्यालय एथलेटिक्स प्रतियोगितामा आयोजक विद्यालय पहिलो भएको

विभिन्न १३ विधामा सम्पन्न प्रतियोगितामा कूल ३६ अंकसहित आयोजक स्मलहेभन स्कूल पहिलो, विजय कोअपरेटिभ स्कूल गैंडाकोट दोश्रा स्मलहेभन मोडेल स्कूल आँपटारी तेश्रा भएको

प्रतियोगितामा बेस्ट एथलेट छात्रतर्फ जनप्रिय पब्लिक स्कूलका प्रेम सुनार छात्रातर्फ स्मल हेभन मोडेल स्कूलकी अन्जिना पाण्डे घोषित भए यसैगरी, वेस्ट मार्चपार्सको उपाधी जनप्रिय इङ्लिस स्कूलले हात पा¥यो भने, अनुशासित विद्यालयको उपाधी अरोमा इङ्लिस स्कूल भरतपुरले प्राप्त ¥यो

वेस्ट कपर्दी खेलाडी स्मल हेभन मोडेल स्कूलकी श्वेता कर्माचार्य, टग अफ वारमा छात्रतर्फ शिक्षा विकास टाँडी छात्राछात्रातर्फ स्मल हेभन स्कूल कल्याणपुरले जित हात पारे विजयी खेलाडीहरुलाई मेडल, शिल्ड तथा प्रमाणपत्र बितरण गरिएको थियो

प्याब्सन चितवनका अध्यक्ष बेलबहादुर गुरुङको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा विद्यालयका प्रार्चाय शान्तिराम तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भएको थियो कार्यक्रममा स्मल हेभन स्कूलका विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए

चितवन जिल्ला गैंडाकोटका विभिन्न नीजि विद्यालयहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए स्मलहेभनले हरेक बर्ष विद्यालयको बार्षिक कार्यक्रमको रुपमा जिल्ला स्तरीय एथलेक्सि प्रतियोगिता गर्दै आएको